Home Bibles ☰ Books 1 राजा 20:38 · नेपाली बाइबल
1 राजा 20:38 · नेपाली बाइबल

यसकारण अगमवक्ताले आफ्नो अनुहार एउटा लुगाले छोपे। यस प्रकार उनी को हुन भनी कसैले पनि थाह पाउन सकेन। अगमवक्ता गए अनि बाटोमा राजाको प्रतीक्षा गर्न थाले।

Cross references

2 शमूएल 14:2

यसैले योआबले टुकोमाबाट एउटी ज्ञानी महिलालाई लिन भनेर दूतहरू पठाए। योआबले त्यस ज्ञानी महिलालाई भने, “दया गरी साह्रै शोकित अवस्थाको बहना गर। पहिरण पनि त्यस्तै लगाऊ। चिटिक्क पर्ने काम छैन। धेरै दिनदेखि आफन्त मरेर रोइरहेकी स्त्री झै अभिनय गर।

1 राजा 14:2

यारोबामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इस्राएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हौ भनेर थाह नपाउन्।

1 राजा 22:30

इस्राएलका राजाले यहोशापातलाई भने, “हामी लडाईंका निम्ति तयारी गर्ने छौं। म यस्तो लुगा लगाउने छु जसले गर्दा म राजा जस्तो देखिन्न। तर तपाईंले विशेष लुगा लगाऊ जसले गर्दा तपाईं राजा जस्तो देखिनुहुन्छ।” यसकारण इस्राएलका राजाले राजा जस्तो नदेखिने लुगा लगाएर लडाईं शुरू गरे।

मत्ती 6:16

‘जब तिमीहरू उपवास बस्छौ, तब कपटीहरू जस्ता उदासी नबन्। कपटीहरूले जस्तो आचरण नगर्। आफू उपवास बसेको कुरा माानिसहरूलाई देखाउन तिनीहरू आफ्नो मुखलाई अनौठो देखिने पार्छौ। म तिमीहरूलाई साँचो भन्दछु, ती कपटीहरूले पाउने सबै इनाम यही हो। तिमीहरूले इनाम पाइसकेकाछन्।

Interlinear

Choose Theme