यहूदाले उनीहरूलाई यो संकेत दिएका थिए। “म जुन मानिसलाई म्वाईं खान्छु उही नै येशू हुन्। उनैलाई पक्रनु र उसलाई लानु अनि रक्षा गर्नु।”
Cross references
तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।
यसकारण अब म चाहन्छु कि तिमीहरूले मलाई एक वचन देऊ। म तिमीहरू प्रति दयालु थिएँ अनि तिमीहरूलाई सहायता गरें। यसर्थ परमप्रभु समक्ष वचन देऊ कि तिमीहरू मेरो परिवार प्रति दयालु हुनेछौ। कृपया मलाइ भन कि तिमीहरू यसो गर्नेछौं।
जाऊ र उसको बारे अझ जानकारी लेऊ। दाऊद कहाँ बस्छ थाहा गर। दाऊदलाई त्यहाँ कसले देख्छ त्यो पनि बुझिराख। शाऊलले मनमनै विचारे, ‘दाऊद साह्रै चलाक छ। उसले मलाई छक्याउन सक्छ।’
योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?”तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे।
मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्। तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्।
साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।
यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनू।”
तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!”
अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन्।
म पावल हुँ र यो अभिवादन आफ्नै हातले लेख्दैछु। मैले लेखेको प्रत्येक चिट्ठीमा यो सत्यता चिन्ह हो। यो मेरो लेख्ने तरिका हो।