Home Bibles ☰ Books 1 राजा 1:16 · नेपाली बाइबल
1 राजा 1:16 · नेपाली बाइबल

बतशेबा राजाअघि निहुरिन्। राजाले भने, “म तिम्रोलागि के गर्न सक्छु?”

Cross references

1 शमूएल 20:41

केटो गयो अनि पहाडको अर्को पट्टिबाट दाऊद आए। दाऊदले शिर भूईतिर झुकाएर तीन पटक जोनाथनलाई अभिवादन गरे। त्यसपछि दाऊद र जोनाथनले एक-अर्कामा म्वाई खाए र दुवै रोए। जोनाथन भन्दा दाऊद ज्यादा रोए।

1 शमूएल 24:8

दाऊद गुफाबाट निस्किएर आए र शाऊललाई बोलाउँदै भने, “हे मेरो प्रभु! महाराजा!” शाऊलले पछि फर्केर हेरे। दाऊदले शिर झुकाए।

1 शमूएल 25:23

त्यति नै बेला अबीगेल आइपुगिन्। अबीगेलले दाऊदलाई देख्न साथ गधाबाट ओर्लिन् र दाऊदको अघि शिर झुकाईन्।

1 राजा 1:23

चाकरहरूले राजालाई भने, “अगमवक्ता नातान आउनु भएको छ।” नातानले राजा अघि निहुरिएर ढोग दिए।

1 राजा 2:20

बतशेवाले उनलाई भनिन्, “म तँलाई एउटा सानो कुराका लागि भन्छु। कृपया मलाई हुदैन नभन्नु।” राजाले भने, “आमा, तपाईंले चाहेको कुनै पनि कुरा माग्न सक्नु हुनेछ। म तपाईंलाई नाइनास्ति गर्ने छैन।”

एस्तर 7:2

दोस्रो दिनमा जब राजाले दाखरस पिउँदै थिए उनले एस्तरलाई भने, “तिमी जे पनि निवेदन गर्छौ, रानी एस्तर गर, त्यो तिमीलाई प्रदान गरिनेछ। तिमी जे चाहन्छौ, आधा राज्य पनि तिम्रो लागि दिइन्छ, भन तिम्रो विन्ती के छ?”

मत्ती 20:21

येशूले सोध्नुभयो, “तिमी के चाहन्छौ?”उनले भनिन्, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दहिनेहातपटि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्न पाउन प्रतिज्ञा गर्नुहोस्।”

मत्ती 20:32

येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भन्ने चाहन्छौ?”

Interlinear

Choose Theme