अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन।
Cross references
अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम र घृणा तिस्कारका निम्ति ब्यूँझने छन्।
तिनले यो जीवनमा यी सब भन्दा धेरै पाउनेछ। अनि जब त्यो मानिस मर्छ, त्यसले परमेश्वरसंग संधैंको लागी बस्ने मौका पाउनेछ।”
तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर किनभने तिमीहरू सोच्दछौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ अनि यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ।
जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र संग छन्।”
म तिमीहरूलाई साँचो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ।
तर जसले मेरो शरीर खान्छ र रगत पिउँछ उसको जीवन अनन्त हुन्छ। अन्त्यको दिनमा म उसलाई उठाउनेछु।
शिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “हे प्रभु हामी कसकोमा जाऊँ? तपाईंकोमा वचन छ जसले अनन्त जीवन दिन्छ।
म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।
र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोलदछु पिताले भन्नुभए अनुसार बोल्दछु।”
तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ।
कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैं असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ।
जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।
जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।
यदि कसैले आफनै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ।
तर म प्रति कृपा यसकारणले देखाइयो कि ख्रीष्ट येशूले उहाँका अनन्त धैर्य ममा देखाउन सक्नुभयो। ख्रीष्टले म प्रति ठूलो धैर्य देखाउनु भयो जो पापीहरू मध्ये निकृष्ट थिएँ। ख्रीष्टले मलाई तिनीहरूका निम्ति एउटा उदाहरणको रूपमा लिनुभयो। जसले भविष्य प्रति विश्वास गर्छ अनि अनन्त जीवन चाहन्छ। तिनीहरूको निम्ति ख्रीष्ट मलाई एक उदाहरूण बनाउन चाहनु हुन्थ्यो।