त्यो जीवन हामीमा देखापरेको छ। हामीले त्यसलाई देख्यौं। हामी यस बारे तिमीहरुलाई प्रमाण दिन सक्छौं। अब हामी तिमीहरुलाई त्यो जीवनको विषयमा भनी रहेका छौं। यो त्यो जीवन हो जो चिरस्थायी छ। यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अघि देखा पर्यो।
Cross references
परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो।
संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचनथियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो।
उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।
कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।
मानिसको पुत्र बाहेका कोही कहिल्यै स्वर्ग गएको छैन। उहाँ नै एक हुनुहुन्छ जो स्वर्गबाट तल आउनु भयो।
तर म मात्र उहाँलाई जान्दछु अनि म उहाँबाटै आएको हुँ। उहाँले नै मलाई पठाउनु भएको हो।”
म भनिरहेछु कि जे पिताले मलाई देखाउनु भयो तर तिमीहरूले त्यो काम गर्दछौ जो तिम्रा पिताबाट तिमीहरूले सुन्यौ।”
येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।
येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।
अनि तिमीहरूले मेरो विषयमा मानिसहरूलाई भन किनभने तिमीहरू शुरुदेखिनै मसंग छौ।
म पिताबाट संसारमा आएँ। अब म यो संसार छोडेर पिता कहाँ फर्केर जाँदैछु।”
यो अनन्त जीवन होः मानिसहरूले तपाईंलाई मात्र साँचो परमेश्वर भनेर चिनुन् र येशू ख्रीष्टलाई चिनुन् जसलाई तपाईंले पठाउनु भयो।
अनि अब पिता, मलाई महिमा प्रदान गुर्नहोस् तपाईंसंग। मलाई त्यो महिमा दिनु हवस् तपाईंको जो मसंग संसार बनिनु पहिल्यै थियो।
यस्तो प्रकारले येशूले आफ्नो मृत्यूबाट पुनरूत्थान भएर चेलाहरूसित तेस्रोपल्ट देखा पर्नु भयो।
यो मानिस यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिएको दिनदेखि येशूको स्वर्ग आरोहण भएको दिनसम्म हामीसंग रहेको हुनुपर्छ।”
यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं।
अनि तिमीहरूले एक यस्तो मानिसलाई मार्यो जो जीवन श्रोत हुनुहुन्छ! तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनु भयो। हामी त्यसको गवाही छौं-हामीले आफ्नै आँखाले देखेका हौं।
हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”
तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसंगै खाना-पिना गर्यौं।
व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो।
परमेश्वरको महिमा होस्। परमेश्वरले मात्र तिमीहरूका विश्वासलाई बलियो पार्न सक्नु हुन्छ। उहाँले सुसमाचारको प्रयोग गर्नुसक्नु हुन्छ जुन म तिमीहरूको विश्वास दरिलो बनाउन प्रचार गर्दछु। त्यो सुसमाचार जुन म प्रचार गर्छु त्यो येशू ख्रीष्टको बारेमा छ।
तर उचित समयमा परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो। परमेश्वरका पुत्रले एउटी स्त्रीको कोखमा जन्म लिनुभयो। उहाँ पनि व्यवस्थाको अधिनमा बस्नु भयो।
निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छःउहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो, आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ। उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो, सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो, विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे। अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।
त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशू आउनु भए पछि त्यो देखाइयो। येशूले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाऊनु भयो। हो सुसमाचारद्वारा येशूले हामीलाई अनन्तजीवनको त्यो मार्ग देखाउनु भयो।
त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन।
अब तिमीहरुको समूहमा भएका अग्रजहरुसंग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ।
हामी अब तिमीहरुलाई संसारको सृष्टि अघिबाट जे अस्तित्वमा थियो त्यस विषयमा भन्छौंहामीले यो सुन्यौं हामीले आफ्नै आँखाले देख्यौं, हामीले हेर्यौं यो, हामीले हाम्रा हातले स्पर्श ग्यौं।हामी तिमीहरुलाई त्यो वचनको बारेमा भन्दैछौ जसले जीवन प्रदान गर्छ।
तिमीले जान्दछौ कि ख्रीष्ट मानिसहरुको पापहरु हटाउन आउनु भएको हो। ख्रीष्टमा पाप छैन।
शुरुदेखि नै शैतानले पाप गरिरहेछ। त्यो जसले पाप गरिरहन्छ त्यो शैतानको मानिस हो। परमेश्वरका पुत्र आउनको कारण शैतानको कामहरु नष्ट गर्नु हो।
परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।
अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ।