अहिले पनि हामीले प्रशस्त खान र पिउन पाएका छैनौं अनि हाम्रा लुगा-फाटा पनि प्रशस्त छैन। हामी कहिले-कहीं कुटाई समेत खाँदछौं। हाम्रो घर छैन।
Cross references
हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ, अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो। हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो। हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।
येशूले तिनलाई भन्नुभयो, ‘स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।’
त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भडकाए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले । मानसिहरूले पावललाई मारियो भनी सोचे।
तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!”
हनानिया, प्रधान पूजाहारी पनि त्यहाँ थिए। हननियाले पावलले भनेको सुने र मानिसहरूलाई आदेश दिए जो पावलकै मुखमा हिर्काउन जो छेउमा उभिएका थिए।
ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नागोंपनले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ सक्दैन।
खाने र पिउने हाम्रो अधिकार छ। छैन र?
हामी दुःखै दुःखले घेरिएका छौं, तर हामी किचिएका छैनौं। किहले काँही हामी अल्मलमा पर्छौं र के गर्नु पर्ने जान्दैनौं, तर हामी त्याग्दैनौं।
तर दुःखमा, अप्ठेरोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं
तिनीहरू ख्रीष्टको सेवा गर्छन्? म अझ धेरै गर्छु। म पागल जस्तै बात गरिरहेको छु। तिनीहरूले भन्दा धैरै कठिन-कठिन कामहरू मैले गरेकोछु। म तिनीहरू भन्दा घेरै चोटी जेल भोगेको छु। मैले अझ घेरै कुटाई खाएको छु। धेरै पटक म झण्डै झण्डै मरेको हुँ।
म जान्दछु गरीब हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बस्नु पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशी हुनु मैले सिकेको छु।
तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घटनाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो।