Home Bibles ☰ Books 1 कोरिन्थी 15:38 · नेपाली बाइबल
1 कोरिन्थी 15:38 · नेपाली बाइबल

परमेश्वरले प्रत्येक बिऊलाई उसको शरीर दिनुहुन्छ।

Cross references

उत्पत्ति 1:11

तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस्। फल-रूखहरुले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो।

भजनसंग्रह 104:14

परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो। उहाँले हामीलाई सागपातहरू रोप्नलाई दिनुभयो। जसलाई हामी हुर्काउने काम गछौं। ती सागपातहरूले पृथ्वीदेखि हामीलाई भोजन दिन्छन्।

यशैया 61:11

पृथ्वीले नै बिरूवा उर्माछ। मानिसहरूले त्यसको बीऊ बगैंचामा रोप्दछन्, अनि बगैंचाले त्यसलाई उमार्छ फलाउँछ। त्यसरी नै परमप्रभुले धार्मिकता उमार्नु हुन्छ। परमप्रभुले प्रत्येक जातिबाट महिमा लानुहुन्छ।”

मर्कूस 4:26

त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ।

1 कोरिन्थी 3:7

यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ।

Interlinear

Choose Theme