Home Bibles 1 कोरिन्थी 15:22 · नेपाली बाइबल
1 कोरिन्थी 15:22 · नेपाली बाइबल

आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं।

Cross references

उत्पत्ति 2:17

तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ, किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफै मर्नेछौ।”

उत्पत्ति 3:6

तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरु टिपेर खाई अनि आफूसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।

उत्पत्ति 3:19

तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”

यूहन्ना 5:21

पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।

रोमी 5:12

पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्।

1 कोरिन्थी 15:45

धर्मशास्त्रमा जस्तो लेखिएको छः “प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।”

Interlinear

Choose Theme