Home Bibles ☰ Books 1 कोरिन्थी 14:12 · नेपाली बाइबल
1 कोरिन्थी 14:12 · नेपाली बाइबल

तिमीहरूलाई पनि त्यस्तै हौ। तिमीहरू पनि खुब आत्मिक वरदानको निम्ति इच्छा गर। यसैकारण जुन वरदानले मण्डली अझ दरिलो हुन्छ त्यही पाउने इच्छा गर।

Cross references

1 कोरिन्थी 12:7

प्रत्येकमा आत्माको उपहार देख्न सकिन्छ। आत्माले सबैको भलोको निम्ति उपहार दिन्छ।

1 कोरिन्थी 12:31

तर तिमीहरूले आत्मको अझै ठूलो वरदान लिनु चाहेको हुनुपर्छ।

1 कोरिन्थी 14:1

प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान।

1 कोरिन्थी 14:3

तर जसले अगमवाणीहरू गर्छ उसले मानिसहरूसित बोलिरहेको हुन्छ उसले मानिसहरूलाई बल, उत्साह र सुख दिन्छ।

1 कोरिन्थी 14:26

यसकारण दाज्यू-भाइ दिदी-बहिनीहरू हो। तिमीहरूले के गर्नु पर्छ? जब तिमीहरू भेला हुन्छौ, कसैसित गीत हुन्छ, कसैसित शिक्षा हुन्छ, कसैसित परमेश्वरको नयाँ सत्य हुन्छ, फेरि अर्को एकजनासित विभिन्न भाषा बोल्ने हुन्छ अनि अर्को चाँहि त्यो भाषा व्याख्या गरिदिने हुन्छ। यी सब कुराको उद्धेश्य मण्डलीलाई दरिलो बनाउनु हो।

तीतस 2:14

उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।

Interlinear

Choose Theme