आँखाले हातलाई भन्न सक्दैन। “मलाई तिम्रो खाँचो छैन”अनि टाउकोले खुट्टा हरूलाई “मलाई तिमीहरूको खाँचो छैन” भन्न सक्दैन।
Cross references
तब मोशाले भने, “तपाईंले हामीलाई नछाड्नु होस्। तपाईं हाम्रो पथ प्रदर्शक बन्न सक्नु हुन्छ कारण मरूभूमिको विषयमा हामीले भन्दा बेशी तपाईंले जान्नुहुन्छ।
दाऊदले अबीगेललाई जवाफ दिए, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर। आज उहाँले तिमीलाई म भए कहाँ पठाउनु भएको निम्ति प्रशंसा गर।
जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे। र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए।
त्यस दिन देखि मेरा आधा सेवकहरू पर्खालको काममा जुटे अनि आधाले ढाल, भाला, धनु अनि देह-कवच धारण गरे। अनि अगुवाहरू यहूदाका समस्त मानिसहरूको पछि उभिए।
मैले के भन्दैछु ती कुराहरू मानिसहरूले ध्यान दिएर सुन्थे, अनि मेरो बारेमा असल कुराहरू गर्थे। मैले गरेका कुराहरूलाई तिनीहरू विचार्थे अनि तिनीहरूले मेरो प्रशंसा गर्थे।
यदि जम्मै शरीर एउटा आँखो हुँदो हो त शरीरले कसरी देख्ने थियो। यदि जम्मै शरीर एउटा कान हुँदो हो ता शरीरले कसरी सुन्ने थियो?