हरेक पुरुष जसले शिरलाई छोपेर अगमवाणी गर्दछ वा प्रार्थना गर्दछ उसले शिरलाई अनादर गर्दछ।
Cross references
दाऊद जैतून डाँडा उक्ले। तिनी रोए। टाउको ढाकेर खाली खुट्टै हिंडे। दाऊदका साथमा भएका अन्य मानिसहरूले पनि टाउको ढाके। तिनीहरू पनि रूँदै दाऊदसँग गए।
राजाले अनुहार ढाकेका थिए। हे मेरो छोरा “अब्शालोम, मेरो छोरा भन्दै राजा जोडजोडले रोइरहेका थिए।”
लामो केश राख्नु पुरुषको निम्ति शरमको कुरो हो भन्ने कुरो प्रकृति धरिले हामीलाई सिकाउँछ।
त्यही आत्माले एउटालाई अश्चर्यकर्म गर्ने अनि अर्कोलाई अगमवाणी गर्ने शक्ति, अर्कोलाई शुद्ध र अशुद्ध आत्मा खुट्ट्याउन सक्ने शक्ति दिन्छ। त्यही आत्माले नै एउटालाई विभिन्न भाषा बोल्ने वरदान दिन्छ र कोही अर्कालाई ती भाषाहरू अनुवाद गर्ने वरदान दिन्छ।
अनि मण्डलीमा, परमेश्वरले प्रेरितहरूलाई पहिलो, अगमवक्ताहरूलाई दोस्रो र शिक्षाहरूलाई तेस्रो स्थान दिनु भएको छ। त्यसपछि परमेश्वरले आश्चर्यकर्महरू गर्नेहरूलाई, रोग निको पार्ने वरदान पाएकाहरूलाई, मदद गर्न सक्नेहरूलाई, अगुवाइ गर्ने सक्ने क्षमता भएकाहरूलाई अनि विभिन्न थरिका भाषा बोल्ने वरदान पाएकाहरूलाई स्थान दिनु भएको छ।
प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान।