यदि कसैले त्यो प्रभुको शरीर हो भन्ने नचिनी रोटी खायो र कचौराबाट पियो भने उसको ख्वाई र पियाईले आफैमा न्यायाकोलागि दण्ड निम्त्याउछ।
Cross references
राजाको आज्ञा पालन जसले गर्छ उ सुरक्षित रहन्छ। तर बुद्धिमानीले यसो गर्दा उचित समय जान्दछ, अनि उचित कुरो कहिले गर्ने त्यो पनि जान्दछ।
यसैले जो शासकहरूको विरोधमा जान्छ उ परमेश्वरको नियुक्तिको विरोधमा जान्छ। जो शासकको विरोधमा जान्छ उ दण्डित हुनेछ।
र त्यसको निम्ति धन्यवाद दिनुभयो। अनि उहाँले रोटी भाँच्नु भयो र भन्नुभयो, “यो मेरो शरीर हो, यो तिमीहरूकोलागि हो। यो मेरो समझना को निम्ति गर।”
त्यसैकारण कसैले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ भने, उसले प्रभुको शरीर र रगतको विरुद्ध पाप गर्छ।
त्यसै कारणले तिमीहरूका समाजमा धेरैजना रोगी औ कमजोरीहरू छन् र कति मरेर गए
तर जब प्रभूले हामीलाई जाँच्नु हुन्छ उहाँले सही मार्ग प्रदर्शनको लागि हामीलाई अनुशासित गराउनष्ठ्वु हुन्छ ताकि यो संसारका अरू मानिसहरू सरह तिमीहरूलाई दण्ड नहोस भनी उहाँले यसो गर्नु हुन्छ।
तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।
मेरा भाइ अनि बहिनीहरू, तिमीहरूमध्ये धेरै शिक्षक हुनु हुँदैन। किन? किनभने तिमीहरू जान्दछौ कि हामी जसले शिक्षा दिन्छौं अन्य मानिसहरू भन्दा कठिन प्रकारले जाँच गरिनेछौं।
मेरा दज्यू-भाइ औ दिदी-बहिनीहरू, जब केही गर्न वचन दिन्छौ, तिमीहरूले कसम खानु हुँदैँन। तिमीहरूको वचन प्रमाण गर्न स्वर्ग, पृथ्वी अथवा कुनै चीजको नाउँको उपयोग नगर। जब तिमी बुझ्छौ ‘हो’ भन्ने केवल “हो” मात्र भन। यदि तिमी बुझ्छौ “होइन” भन्ने “होइन” मात्र भन। त्यो गर ताकि तिमीहरू दोषी जँचिने छैनौ।