Home Bibles 1 इतिहास 4:13 · नेपाली बाइबल
1 इतिहास 4:13 · नेपाली बाइबल

कनजका छोराहरू ओत्नीएल अनि सरायाह थिए। ओत्नीएलका छोराहरू हतत अनि मोनोतै थिए।

Cross references

यहोशू 15:17

ओत्निएल कालेबका भाई कनजका छोरा थिए। ओत्निएलले त्यो शहरलाई परास्त गरे, यसकारण कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।

न्यायकर्ता 1:13

कालेबको कनज नाउँको कान्छो भाइ थियो। कनजको ओत्निएल नाउँको एउटा छोरो थियो। ओत्निएलले किर्यत-सेपेर शहरमालाई कब्जा गरे। यसर्थ कालेबले आफ्नी छोरी अक्सालाई उसको पत्नी हुन दिए।

न्यायकर्ता 3:9

तर इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउँन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्निएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्निएलले इस्राएलका मानिसहरूको सेवा गरे।

Interlinear

Choose Theme