न्यायकर्ता 1:13 · नेपाली बाइबल
कालेबको कनज नाउँको कान्छो भाइ थियो। कनजको ओत्निएल नाउँको एउटा छोरो थियो। ओत्निएलले किर्यत-सेपेर शहरमालाई कब्जा गरे। यसर्थ कालेबले आफ्नी छोरी अक्सालाई उसको पत्नी हुन दिए।
Cross references
न्यायकर्ता 3:9
तर इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउँन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्निएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्निएलले इस्राएलका मानिसहरूको सेवा गरे।