हे परमप्रभु तपाई हाम्रा पुर्खा अब्राहाम, इसहाक अनि इस्राएलका परमेश्वर हुनुहुन्छ। कृपया तपाईका मानिसहरूलाई तपाईको काम गर्नमा सहायता गर्नुहोस्। तिनीहरूलाई तपाईप्रति धन्यवादीहुनमा सहायता गर्नुहोस्।
Cross references
परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरुमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरुले मनमा जे चिताउँद थिए सँधै विचारहरु नै दुष्टपूर्ण हुन्थ्यो।
म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।”
परमेश्वरले मोशालाई अझ भन्नुभयो, “तिमीले इस्राएलीहरूलाई के भन्नु पर्छ भने, ‘परमप्रभु तिम्रो पिता-पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। मेरो नाउँ सदैव परमप्रभु रहनेछ। यही रूपमा मानिसहरूले मलाई पुस्तौं-पुस्तासम्म चिन्नेछन्,’ यसैकारण मानिसहरूलाई भन, ‘परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको छ।”‘
तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहुरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिम्रोअधि प्रकट हुनु भएको थियो।”
म तिनीहरूको सोच्ने तरिकामा परिवर्त्तन गर्न चाहन्थें म चाहन्थें तिनीहरूले मेरो सम्मान गरून् र मेरो आज्ञाहरू हृदयबाट पालन गरून्। तब तिनीहरू र तिनीहरूका सन्तानको प्रत्येक चीज राम्रो हुनेछ।
अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।
अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।
यसर्थ संन्देश बाहकहरू राजा अनि अधिकारीहरू राजाले आज्ञा गरे झैं पत्रहरू लिएर इस्राएल अनि यहूदा भरि गए। ती पत्रहरूमा यस्तो भनिएको थियोःइस्राएलका छोरा-छोरीहरू, परमप्रभु, परमेश्वर तर्फ फर्केर आऊ जसका आज्ञा अब्राहाम, इसहाक अनि इस्राएलले पालन गर्दथे। तब परमेश्वरका मानिसहरू तिमीहरू जो अझ सम्म जीवित छौ अनि अश्शूरका राजाको अधिकारबाट उम्केका छौ। तिमीहरू कहाँ परमेश्वर फर्की आउनु हुनेछ।
हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्। उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्!
हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्! मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु, जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्। तर म तपाईंको शिक्षाहरू मन पराउँछु।
हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु। मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें।
हे परमप्रभु! म जान्दछु कि मानिसले आफ्नो जीवन नियन्त्रण गर्दैन। एउटा मानिसले आफ्नै पाइला ठीकसित राख्न सक्तैन।
म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैं सम्मान गर्नेछन्।
परमेश्वरले भन्नुभएको छ, ‘म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, अनि याकूब का परमेश्वर हुँ।’यसको मतलब परमेश्वर मृत मानिसहरूका परमेश्वर हुनुहुन्न तर जिंउदा मानिसहरूसँग हुनु हुन्छ।”
होइन! यो परमेश्वरले गर्नु भएको हो! उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। उहाँ हाम्र सबै पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। उहाँले उहाँका खास सेवक येशूलाई महिमित तुल्याउनु भयो जसलाई तिमीहरूले मार्न भनी सुम्पियौ। पिलातसले येशूलाई मुक्त गरिदिने निर्णय गरेका थिए। तर तिमीहरूले येशूलाई हामी चाहँदैनौ भन्यौ।
परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।
तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किःबुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बडदै जाओस्।
हाम्रो प्रार्थना छ कि हाम्रा पिता परमेश्वर र हाम्रा परमप्रभु येशू ख्रीष्टले तिमीहरूकहाँ आउने बाटो खोलिदिनु हुनेछ।
हामी प्रार्थना गर्छौ कि हाम्रो प्रभु येशू ख्रीष्ट आफैले र हाम्रा पिता परमेश्वरले तिमीहरू प्रत्येक असल कार्य जे गर्छौ अनि भन्छौ तिमीहरूमा उत्साह अनि शक्ति दिनुहुनेछ।
म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।