दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने।
Cross references
राजा सुलेमानले आफ्नो लागि एउटा महल बनाए। उसको महल बनाउनका लागि 13 वर्ष लाग्यो।
केही द्वारपालकहरूले सजाइने सामग्रीहरू अनि सबै पवित्र थालहरूको हेरचाह गर्नलाई थिए। तिनीहरूले पीठो, दाखरस, तेल, धूप अनि विशेष तेलको हेरचाह गर्दथे।
दाऊदले लेवीहरूलाई तीन समूहमा विभाजन गरे। ती लेवीका तीन जना छोराहरू गेर्शोन, कहात र मरारीका परिवार समूहहरू थिए।
हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।
दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेर मैले तिनीहरूलाई दिए।
चौथो दिनमा हामीले हाम्रा परमेश्वरको मन्दिरमा ती चाँदी अनि सुन अनि सामानहरू जोखियौ र ती पूजाहारी उरियाहका छोरा मरेमोत साथै पीनहासका छोरा एलाजार अनि तिनीहरूसित लेवीहरू, येशूअका छोरा योजाबाद अनि बिन्नुईका छोरा नोअदियाहलाई दियौ।