याशोबाम पेरेसका सन्तानहरूमा एक अगुवाजन थिए। याशोबाम पहिलो महीनाको निम्ति सबै सैन्य अधिकारीहरूका प्रमुख थिए।
Cross references
तर त्यस नानीले आफ्नो हात फेरि भित्र पसायो। त्यसपछि दोस्रो नानी पहिले जन्मयो। त्यस बखत सुँडेनीले भनी, “तँ नै पहिले बाहिर आउन समर्थ भइस्।” त्यसकारण उनले त्यस नानीको नाउँ पेरेस राखी।
“हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्। तैंले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्। तेरा दाज्यू-भाइहरू तेरो अघि नतमस्तक हुनेछन्।
यहूदा कुलका नायक अम्मीनादाबका छोरा नहशोनले पहिलो दिन आफ्नो उपहार चढाए।
यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए।
तिनीहरूको कुलसमूह अनुसार यहूदाको सन्तान यस प्रकारको थियोःशेलहबाट शेलानीहरूको कुलसमूह, पेरेसबाट पेरेसीहरूको कुलसमूह, जेरहबाट जेरहातीहरूको कुलसमूह भए।