Home Bibles 1 इतिहास 27:17 · नेपाली बाइबल
1 इतिहास 27:17 · नेपाली बाइबल

लेवीकाः कमूएलका छोरा हशब्याह। हारूनकाः सादोक।

Cross references

1 इतिहास 6:38

कोरह यिसहारका छोरा थिए। यिसहार कहातका छोरा थिए। कहात लेवीका छोरा थिए। लेवी इस्राएलका छोरा थिए।

1 इतिहास 12:27

यहोयादा त्यो समूहमा थिए। तिनी हारून परिवारका अगुवा थिए। यहोयादासित 3,700 मानिसहरू थिए।

1 इतिहास 12:29

बिन्यामीन कुल समूहबाट 3,000 मानिसहरू थिए। तिनीहरू शाऊलका आफन्तहरू थिए। धेरै जसो यी मानिसहरू त्यस बेलासम्म शाऊलका परिवार प्रति विश्वसनीय रहे।

1 इतिहास 24:4

एलाजारका परिवारमा ईतामारका परिवारमा भन्दा धेरै मुखियाहरू थिए। एलाजारका परिवामा सोह्रजना मुखियाहरू थिए अनि ईतामारका परिवारमा आठजना मुखियाहरू थिए।

1 इतिहास 24:31

तिनीहरू विशेष कार्य गर्नका निम्ति चुनिएका थिए। तिनीहरूले पनि आफ्ना पूजाहारीहरूले झैं चिट्ठाहाल्थे। पूजाहारीहरू हारूनका सन्तान थिए। तिनीहरूले राजा दाऊद, सादोक, अहीमेलेक अनि पूजाहारीहरू अगुवाहरू अनि लेवीहरू समक्ष चिट्ठा हाले। जब तिनीहरूलाई कार्य गर्नको निम्ति चुने तर ठूला र साना परिवारहरूलाई एकै प्रकारको व्यहार गरे।संगीतकारहरू

1 इतिहास 26:30

हशब्याह हेब्रोन परिवारका थिए। हशब्याह अनि तिनका आफन्तहरूले परमप्रभुका सबै कार्य गर्दथे अनि इस्राएलको यर्दन नदीको पश्चिम तिर राजाको काम-काजको जिम्मावाला पनि थिए। हशब्याहका समूहमा 1,700 जना योग्य मानिसहरू थिए।

Interlinear

Choose Theme