Home Bibles ☰ Books 1 इतिहास 26:31 · नेपाली बाइबल
1 इतिहास 26:31 · नेपाली बाइबल

हेब्रोन परिवारको वंशावलीले यो देखाउँछ कि यरियाह तिनीहरूका अगुवा थिए। दाऊद राजाको चालीसौं वर्षको शासन कालमा उसले उसको अधिकारीहरूलाई बलवान अनि कुशल मानिसहरूको परिवारिक वंशवाली खोज्ने आज्ञा गरे केही योग्य मानिसहरू हेब्रोनीहरूले बीचमा यारजे र गिलादमा पाए।

Cross references

यहोशू 21:39

हेस्बोन अनि याजेर पनि तिनीहरूलाई दिए। तिनीहरूलाई गादले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए।

1 राजा 2:11

दाऊदले इस्राएलमा 40 वर्षशासन चलाए। उनले हेब्रोनमा सात वर्ष अनि यरूशलेममा 33 वर्ष शासन गरे।

1 इतिहास 6:81

तिनीहरूले ती शहरहरूसगै नजिकका खेतहरू पनि पाए।

1 इतिहास 23:19

हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह, माहिला छोरा अमर्याह थिए। यहजीएल साहिंला छोरा थिए अनि यक्माम कान्छा छोरा थिए।

1 इतिहास 29:27

दाऊद हेब्रोन शहरमा सात वर्षसम्म राज्य गरे। तब उनी यरूशलेम शहरमा तेत्तीस वर्षसम्म राज्य गरे।

यशैया 16:9

“दाखका बोटहरू नष्ट भएकोले गर्दा म याजेर अनि सिब्माको मानिसहरूसित रूनेछ। म हेशबोन र एलालेका मानिसहरूसंग रूनेछ किनभने त्यहाँ फसलहरू हुनेछैन्। त्यहाँ ग्रीष्मऋतुको फलहरू पनि हुने छैन्। अनि त्यहाँ आनन्दको हल्ला पनि हुनेछैन्।

Interlinear

Choose Theme