तिनीहरूले पवित्र पाल साथै पवित्र स्थानको हेरचाह गर्थे। तिनीहरूले आफ्ना पूजाहारी, हारूनका सन्तानहरूलाई सहायता गर्थे। लेवीहरूले परमप्रभुको मन्दिरका कामहरूद्वारा पूजाहारीहरूलाई सहायता गर्थे।
Cross references
तर लेवीहरूले तिनीहरूका छाउनी पवित्र पालकै वरिपरि लगाउन् र यसलाई रक्षा गर्नु पर्छ ताकि करारको पवित्र पाल सुरक्षित रहोस् र परमेश्वरको रिसको प्रकोप इस्राएली समुदायमाथि नपरोस्।”
“लेवी कुलका जम्मै मानिसहरूलाई ल्याऊ अनि पूजाहारी, हारून सामुन्ने हाजिर गराऊ, तिनीहरू सबै हारून पूजाहारीको सहयोगीहरू हुनेछन्।
पवित्र स्थानको पूर्व पट्टि भेट हुने पालको सम्मुख घाम झुल्किने पट्टि मोशा, हारून अनि तिनका छोराहरूले शिविर बसाले। इस्राएली मानिसहरूको निम्ति तिनीहरूले पवित्र स्थान इलाकाको सुरक्षा गरिरहेका थिए। कुनै पनि व्यक्ति जो पवित्र स्थानको नजीक आँउथ्यो त्यसलाई मारिन्थ्यो।
पचास वर्ष अथवा त्यो भन्दा अधिक उमेरका मानिसहरूले भेट हुने पालको सेवा कार्यमा तिनीहरूका दाज्यू-भाइहरूलाई सहायता गर्नु सक्छन्। तर तिनीहरूले भारी काम गर्नु हुँदैन। यस्तो प्रकारले तिमी लेवीहरूलाई काममा खटाउनु पर्छ।”
“तिमीले पवित्र स्थान र वेदीको रक्षकको काम गर्नेछौ ताकि मैले इस्राएलका मानिसहरूसित रिसाउन नपरोस्।
परमप्रभु सम्मुख सेवा गरिरहेका आफ्ना दाज्यू-भाइले पूजाहारी जस्तै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा त्यो लेवी मानिसले पनि परमप्रभुको सेवा गर्न सएछ।
तिनीहरूले भेट हुने पाल अनि पालमा रहेका सबै पवित्र चीज-बीजहरू समेत परमप्रभुको पवित्र सन्दूक सित बोके। लेवीकुहरूले यी सामानहरू बोक्नमा पूजाहारीलाई सघाए।
तिनीहरू परमेश्वरको मन्दिरको रक्षा गर्दै रात भरि जागा रहन्थे। तिनीहरू अनि प्रत्येक बिहान परमेश्वरको मन्दिर खोल्ने काम गर्थे।
तर म तिनीहरूलाई मन्दिर हेरचाह गर्ने काम दिनेछु। तिनीहरूले मन्दिरको काम गर्नेछन् अनि ती सबै काम गर्नेछन् जुन यहाँ गरिन्छ।