Home Bibles ☰ Books 1 इतिहास 2:42 · नेपाली बाइबल
1 इतिहास 2:42 · नेपाली बाइबल

कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।

Cross references

उत्पत्ति 49:3

“रूबेन तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै मेरो शक्तिको पहिलो प्रमाण होस्। तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि अनि शक्तिशाली हुन्छस्।

प्रस्थान 4:22

तब तिमीले फिरऊनलाई भन्नुपर्छ।

यहोशू 15:24

जीप, तेलेम, बालोत,

यहोशू 15:44

कीला, अक्जीब अनि मारेशा। त्यहाँ जम्मा नौंवटा शहर अनि ती वरिपरिका खेतहरू थिए।

यहोशू 15:55

यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइएः माओन, कर्मेल, जीप, यूता,

1 शमूएल 23:19

जीपका बासिन्दाहरू गिबामा शाऊललाई भेट्न आए। तिनीहरूले शाऊललाई भने, “दाऊद हाम्रै क्षेत्रमा लुकेरहेका छन्। ऊ हकीला पहाडको होरेश नाउँको किल्लामा छन्, जो यशीमोनको दक्षिणमा पर्छ।

1 शमूएल 26:1

जीपीका मानिसहरू शाऊललाई भेट्न गिबा गए। तिनीहरूले शाऊललाई भने, “हकीलाको पहाडमा दाऊद लुक्दैछ। यो पहाड यशीमोन देखि पारि पर्छ।”

1 इतिहास 2:9

हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए। रामका सन्तानहरू

1 इतिहास 2:18

कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो। अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।

1 इतिहास 2:23

तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका स-साना शहरहरू थिए। जम्मा साठ्ठीवटा स-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।

1 इतिहास 2:45

शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।

1 इतिहास 2:49

माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्।

1 इतिहास 2:52

शोबाल किर्यात-यारीमका संस्थापक थिए। यो शोबालका सन्तानहरूको सूची हो- हारोए, मनुहोनीहरूका आधा मानिसहरू,

1 इतिहास 8:29

यीएल गिबोनका पिता थिए। तिनी गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो।

एज्रा 2:21

बेतलेहेमका सन्तानहरू 123

नहेम्याह 7:25

गिबोनका कुलहरू 95

रोमी 8:29

यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो।अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउन् भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाईहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो।

हिब्रू 12:23

तिमीहरू परमेश्वरका प्रथम पुत्रहरूका सभामा आइपुगेका छौ जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका निर्णयकर्ता परमेश्वरकहाँ आएकाछौ। अनि तिमीहरू धर्मी मानिसहरूका आत्मा भएको ठाउँमा आएकाछौ जो पूर्ण बनेका छन्।

Interlinear

Choose Theme