Home Bibles ☰ Books 1 इतिहास 18:2 · नेपाली बाइबल
1 इतिहास 18:2 · नेपाली बाइबल

त्यस पछि दाऊदले मोआब देशलाई परास्त गरे। मोआबीहरू दाऊदका सेवक बने। तिनीहरूले दाऊदलाई कर तिर्थे।

Cross references

गन्ती 24:17

“म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन, म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन। एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ, इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ। मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।

न्यायकर्ता 3:29

इस्राएली मानिसहरूले लगभग 10,000 बलवान अनि साहसी मानिसहरूलाई मारे। एकजना मोआबी मानिस पनि उम्किएनन्।

1 शमूएल 10:27

तर कोही बद्‌माशहरूले भने, “यो मानिसले हामीलाई कसरी रक्षा गर्छ?” तिनीहरूले शाऊलको विरूद्धमा नराम्रो भन्न थाले र उपहार नदिनेभए। तर शाऊलबाट कुनै प्रतिक्रिया भएन।अम्मोनीका राजा नाहाशले गाद र रूबेन कुल समूहरूलाई सताईरहेका थिए। नाहाशले प्रत्येक पुरूषको एउटा दाहिने आँखा निकाल्न लगायो। नाहाशले तिनीहरू कसैलाई पनि सहायता गर्न दिएनन्। अम्मोनीका राजा नाहाशले यर्दन नदीको पूर्वतिर बस्ने प्रत्येक इस्राएली मानिसहरूको दाहिने आँखा निकाले। तर 7,000 इस्राएली मानिसहरू अम्मोनीबाट भागेर याबेश गिलाद आए।

2 शमूएल 8:2

दाऊदले मोआबका जनतालाई पनि हराए। तिनीहरूलाई जमिनमा लमतन्न सुत्न बाद्य बनाए। तब तिनले एउटा डोरीले नापे। प्रत्येक दुइ नापभित्र पर्न आएकालाई मार्न अह्राए र तेस्रो नापमा परेकालाई छोडिदिए। यसरी मोआबका मानिसहरू दाऊदका सेवक बनिए। तिनीहरूले उनलाई राजस्व बुझाए।

1 राजा 10:2

तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्।

1 राजा 10:25

प्रत्येक वर्ष मानिसहरू राजालाई हेर्न आउँथे। अनि प्रत्येक मानिसले उपहार ल्याउने गर्दथे। तिनीहरू सुन र चाँदीले बनाएको बस्तुहरू, लुगाफाटा, हतियार, मसाला, घोडाहरू र खच्चर ल्याउने गर्दथे।

2 राजा 3:4

मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेडा थिए। मेशाले एक लाख भेडा र एक लाख भेडाका ऊन इस्राएलका राजालाई दिए।

भजनसंग्रह 60:8

मोआब मेरो खुट्टा धुने बाटा हुनेछ। एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ म पलिस्तीका मानिसहरूलाई परास्त गर्ने छु अनि विजयको स्वर कराउनेछु।”

भजनसंग्रह 68:29

राजाहरूले आफ्नो सम्पत्ति तपाईंको महल यरूशलेममा ल्याउने छन्।

भजनसंग्रह 72:8

उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्। युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!

यशैया 11:14

तर एप्रैम र यहूदाले पलिश्तीहरूमाथि आक्रमण गर्नेछन्। दुवै राष्ट्रहरू मिलेर पूर्वका मानिसहरू जो धनी छन् तिनीहरूलाई एकसाथ ल्याउनेछन्। एप्रैम र यहूदाले एदोम, मोआब अनि अम्मोनीका मानिसहरूमाथि शासन गर्नेछन।

यशैया 16:1

तिमीहरूले त्यस भूमिको राजालाई उपहार पठाउनु पर्नेछ। तिमीहरूले मरूभूमि हुँदा सेलादेखि सियोनको छोरीको पर्वतलाई एउटा थुमा पठाउनु पर्नेछ।

Interlinear

Choose Theme