दाऊद लगातार सफल हुँदैगए। सर्वशक्तिमान परमप्रभु तिनीसित हुनुहुन्थ्यो।
Cross references
शाऊलका परिवार र दाऊदका परिवार माझ धेरै लामो समयसम्म युद्ध भयो। दाऊद दिन दिनै बलिया हुँदैथे। उता शाऊलका परिवारहरू भने कमजोर हुँदै गए।
दाऊद साह्रै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो।
अतीतमा पीनहास द्वारपालहरूका निरीक्षक थिए। पीनहास एलाजारको छोरा थिए। परमप्रभु पीनहासको साथमा हुनुहन्थ्यो।
तिनीहरू मोर्दकैसित डराएका थिए। किनभने मोर्दकै राजा महलमा एक मुख्य व्यक्ति थिए, अनि समस्त प्रान्तमा तिनको प्रभाव अनुभव गरिएको थियो किनभने मोर्दकैका धेरै भन्दा धेरै शक्तिशाली मानिसहरू थिए।
तर इमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्। विधि पूर्वक शुद्ध हात भएको मानिस अझ बलियो बनिन्छ।
सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ! तिमीहरू परास्त हुनेछौ। सुन टाढामा भएका सारा देशहरू! युद्धका लागि तयार हौ। तिमीहरू सबै परास्त हुनेछौ।
उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।
सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
हे बहुमूल्य यहूदा, नडराऊ! मेरा इस्राएलका प्रिय मानिसहरू, भयभीत न हौ म साँच्चि नै तिमीहरूलाई सघाउने छु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नु भएको थियो। इस्राएलका पवित्र परमप्रभु जसले तिमीलाई बचाए उहाँले ती कुराहरू भन्नुभयो
यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?