Home
Bibles
Bible Study with Steffi
Parallel रूथ 4
Aa
Parallel रूथ
Chapter 4
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
बोअज त्यो स्थानमा गए जहाँ शहरद्वारको नजिक मानिसहरू भेला हुन्छन्। बोअजका नजिकको आफन्त पार नभएसम्म बोअज त्यहाँ बसे। बोअजले उनीहरूलाई भने, “यहाँ आऊ साथी! यहाँ बस।”
1
Now Boaz went up to the gate, and sat him down there: and, behold, the near kinsman of whom Boaz spoke came by; to whom he said, Ho, such a one! turn aside, sit down here. He turned aside, and sat down.
2
तब बोअजले केही गवाहीहरू भेला गरे। बोअजले शहरका दशजना अगुवाहरूलाई भेला गरे। तिनले उनीहरूलाई भने, “यहाँ बस्नु होस्।” यसर्थ तिनीहरू बसे।
2
He took ten men of the elders of the city, and said, Sit you down here. They sat down.
3
तब बोअजले त्यो नजिकको आफन्तलाई भने, “नाओमी मोआबको खेतहरूबाट फर्कि आएकी छिन्। उनले त्यो भूमि बिक्री गर्दै छिन् जो हाम्रो आफन्त एलीमेकको हो।
3
He said to the near kinsman, Naomi, who has come back out of the country of Moab, is selling the parcel of land, which was our brother Elimelech's:
4
तिमीलाई यहाँ बसेका मानिसहरू अनि मेरा मानिसहरू बूढा पाका अगुवाहरूका समक्ष भन्ने मैले निश्चय गरें। यदि तिमी त्यो भूमिलाई फर्काउन चाहन्छौ भने तिमी त्यो फर्काउ यदि त्यो भूमि तिमी फिर्ता लिन चाहँदैनौ भने मलाई भन। म जान्दछु कि तिमीपछि त्यो भूमिलाई ऋण मुक्त तुल्याउनु सक्ने अर्को व्यक्ति मै हुँ। यदि तिमी त्यो भूमिलाई किनेर फिर्ता लिन चाहँदैनौ भने म किन्ने छु।”
4
I thought to disclose it to you, saying, Buy it before those who sit here, and before the elders of my people. If you will redeem it, redeem it: but if you will not redeem it, then tell me, that I may know; for there is none to redeem it besides you; and I am after you. He said, I will redeem it.
5
तब बोअजले भने, “यदि तिमीले त्यो भूमि नाओमी बाट किन्यौ भने, तिमीले त्यो मृत व्यक्तिकी पत्नी, मोआबी स्त्री रूथ पनि पाउने छौ। जब रूथको नानी हुन्छ त्यो नानीले त्यो भूमि पाउनेछ। त्यसरी त्यो मृत मानिसको नाम परिवारमा रहेनछ।”
5
Then said Boaz, What day you buy the field of the hand of Naomi, you must buy it also of Ruth the Moabitess, the wife of the dead, to raise up the name of the dead on his inheritance.
6
त्यो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्तिन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्तिन। यदि मैले त्यो किनेभने मैले मेरो आफ्नै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस् किनभने म यो किन्न सत्तिनँ।”
6
The near kinsman said, I can't redeem it for myself, lest I mar my own inheritance: take my right of redemption on you; for I can't redeem it.
7
(धेरै समय अघि इस्राएलमा जब मानिसहरूले सम्पत्ति किन्थे वा ऋण मुक्त गर्थे, एक व्यक्तिले आफ्नो जुत्ता खोल्थ्यो अनि अर्को व्यक्तिलाई दिन्थ्यो। त्यो तिनीहरूको किन बेचको प्रमाण हुन्थ्यो।)
7
Now this was the custom in former time in Israel concerning redeeming and concerning exchanging, to confirm all things: a man drew off his shoe, and gave it to his neighbor; and this was the manner of attestation in Israel.
8
यसर्थ त्यो नजिकको आफन्तले भने, “त्यो भूमि किन।” अनि त्यसपछि त्यो नजिकको आफन्तले आफ्नो जुत्ता खोले र बोअजलाई दिए।
8
So the near kinsman said to Boaz, Buy it for yourself. He drew off his shoe.
9
तब बोअजले अगुवाहरू अनि समस्त मानिसहरूलाई भने, “तपाईंहरू आज साक्षी हुनुहुन्छ कि नाओमीबाट हरेक चीज म किनी रहेछु। जो एलीमेलेक, किल्योन अनि महलोनको थियो।
9
Boaz said to the elders, and to all the people, You are witnesses this day, that I have bought all that was Elimelech's, and all that was Chilion's and Mahlon's, of the hand of Naomi.
10
म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, रूथलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।”
10
Moreover Ruth the Moabitess, the wife of Mahlon, have I purchased to be my wife, to raise up the name of the dead on his inheritance, that the name of the dead not be cut off from among his brothers, and from the gate of his place: you are witnesses this day.
11
यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने,“मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्राएलको वंश निर्माण गरे। तिमी इस्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन।”
11
All the people who were in the gate, and the elders, said, We are witnesses. Yahweh make the woman who has come into your house like Rachel and like Leah, which two built the house of Israel: and do you worthily in Ephrathah, and be famous in Bethlehem:
12
तामारले यहूदाका छोरा पेरेसलाई जन्म दिईन अनि तिनको परिवार महान बन्यो। त्यही प्रकारले परमप्रभुले तिमीलाई रूथद्वारा धेरै-धेरै सन्तानहरू दिउन्। अनि तिम्रो परिवार उहाँको जस्तै महान बनोस्।”
12
and let your house be like the house of Perez, whom Tamar bore to Judah, of the seed which Yahweh shall give you of this young woman.
13
यसर्थ बोअजले रूथलाई बिवाह गरे। परमप्रभुले रूथलाई गर्भवती बन्नदिनु भयो। अनि तिनले एक छोरालाई जन्म दिइन्।
13
So Boaz took Ruth, and she became his wife; and he went in to her, and Yahweh gave her conception, and she bore a son.
14
शहरका स्त्रीहरूले नाओमीलाई भनेः“परमप्रभु हुनुहुन्छ जसले तिमीलाई यो नानी दिनुभयो वहाँ प्रति कृतज्ञ होऊ। ऊ इस्राएलमा प्रसिद्ध होस्।
14
The women said to Naomi, Blessed be Yahweh, who has not left you this day without a near kinsman; and let his name be famous in Israel.
15
यसले तिमीलाई फेरि जीवन दिनेछ अनि तिम्रो वृद्धा अवस्थामा तिम्रो हेरचाह गर्नेछ। तिम्री बुहारीले यस्तो गराउन सकिन् तिनले तिम्रो निम्ति यो बालकलाई गर्भधारण गरिन्। तिनले तिमीलाई प्रेम र्गछिन् अनि तिम्रो निम्ति तिनी सातजना छोराहरू भन्दा उत्तम छिन्।”
15
He shall be to you a restorer of life, and sustain you in your old age, for your daughter-in-law, who loves you, who is better to you than seven sons, has borne him.
16
नाओमीले बालकलाई बोकिन र आफ्नो अंगालोमा लिइन् अनि उसको हेरचाह गरिन्।
16
Naomi took the child, and laid it in her bosom, and became nurse to it.
17
छिमेकीहरूले बालकको नाउँ राखि दिए। ती स्त्रीहरूले भने, “नाओमीको अब एउटा छोरा छ।” अनि तिनीहरूले उसलाई ओबेद नाउँदिए। ओबेद यिशैका पिता थिए। अनि यिशै राजा दाऊदका पिता थिए।
17
The women her neighbors gave it a name, saying, There is a son born to Naomi; and they named him Obed: he is the father of Jesse, the father of David.
18
पेरेसको पारिवारिक इतिहास यो होःपेरेस हेस्रोनका पिता थिए।
18
Now this is the history of the generations of Perez: Perez became the father of Hezron,
19
हेस्रोन एरामका पिता थिए। एराम अम्मीनादाबका पिता थिए।
19
and Hezron became the father of Ram, and Ram became the father of Amminadab,
20
अम्मीनादाब नहशोनका पिता थिए। नहशोन सल्मोनका पिता थिए।
20
and Amminadab became the father of Nahshon, and Nahshon became the father of Salmon,
21
सलमोन बोअजका पिता थिए। बोअज ओबेदका पिता थिए।
21
and Salmon became the father of Boaz, and Boaz became the father of Obed,
22
ओबेद यिशैका पिता थिए। यिशै दाऊदका पिता थिए।
22
and Obed became the father of Jesse, and Jesse became the father of David.
Choose Theme