Home
Bibles
Bible Study with Steffi
Parallel रोमी 10
Aa
Parallel रोमी
Chapter 10
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, यहूदीहरूको उद्धार हुनसकोस् भनेर म हृदयबाटै चाहन्छु। यो मेरो परमेश्वरप्रति प्रार्थना छ।
1
Brothers, my heart's desire and my prayer to God is for Israel, that they may be saved.
2
यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्।
2
For I testify about them that they have a zeal for God, but not according to knowledge.
3
तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्।
3
For being ignorant of God's righteousness, and seeking to establish their own righteousness, they didn't subject themselves to the righteousness of God.
4
ख्रीष्टले व्यवस्था समाप्त गरिदिनुभयो ताकि प्रत्येक मानिस जसले विश्वास गर्छ उ धर्मी हुन सक्छ।
4
For Christ is the fulfillment of the law for righteousness to everyone who believes.
5
व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन्“व्यवस्था अनुसार हिंड्ने मानिस त्यसबाटै बाँच्नेछ।”
5
For Moses writes about the righteousness of the law, "The one who does them will live by them."
6
तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”)
6
But the righteousness which is of faith says this, "Don't say in your heart, 'Who will ascend into heaven?' (that is, to bring Christ down);
7
र नभन, पातालमा को जानेछ?” (जसको अर्थ हुँदछ, “ख्रीष्टलाई मृत्युबाट फर्काउन पातालमा को जानेछ?”)
7
or, 'Who will descend into the abyss?' (that is, to bring Christ up from the dead.)"
8
धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।”यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं।
8
But what does it say? "The word is near you, in your mouth, and in your heart;" that is, the word of faith, which we preach:
9
यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ।
9
that if you will confess with your mouth the Lord Jesus, and believe in your heart that God raised him from the dead, you will be saved.
10
हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो।
10
For with the heart, one believes unto righteousness; and with the mouth confession is made unto salvation.
11
हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, उ लज्जित हुने छैन।”
11
For the Scripture says, "Whoever believes in him will not be disappointed."
12
किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ।
12
For there is no distinction between Jew and Greek; for the same Lord is Lord of all, and is rich to all who call on him.
13
हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।”
13
For, "Whoever will call on the name of the Lord will be saved."
14
तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँ बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ।
14
How then will they call on him in whom they have not believed? How will they believe in him whom they have not heard? How will they hear without a preacher?
15
तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।”
15
And how will they preach unless they are sent? As it is written: "How beautiful are the feet of those who preach the gospel of peace, Who bring glad tidings of good things!"
16
तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?”
16
But they didn't all listen to the glad news. For Isaiah says, "Lord, who has believed our report?"
17
यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।
17
So faith comes by hearing, and hearing by the word of God.
18
तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?’ हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छः“तिनीहरूका आवाज सार संसारमा फैलिउन्। तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्”
18
But I say, didn't they hear? Yes, most assuredly, "Their sound went out into all the earth, Their words to the ends of the world."
19
फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?’हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन्“म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन। एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।”
19
But I ask, didn't Israel know? First Moses says, "I will provoke you to jealousy with that which is no nation, With a nation void of understanding I will make you angry."
20
त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्“जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्, तिनीहरूले मलाई पाए। जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।”
20
Isaiah is very bold, and says, "I was found by those who didn't seek me. I was revealed to those who didn't ask for me."
21
परमेश्वरले यी कुराहरू यशैया द्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ, “सारा दिन मैले ती मानिसहरूलाई पर्खें, तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”
21
But as to Israel he says, "All day long I stretched out my hands to a disobedient and contrary people."
Choose Theme