Home
Bibles
☰ Books
Bible Study with Steffi
Parallel भजनसंग्रह 89
Aa
Parallel भजनसंग्रह
Chapter 89
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
म परमप्रभुको महान् कृपाको प्रशंसा सधैँको निम्ति गाउनेछु, सबै पुस्तासम्म म तपाईंको विश्वस्तता मेरै मुखले जनाउनेछु।
1
A contemplation by Ethan, the Ezrahite. I will sing of the loving kindness of Yahweh forever. With my mouth, I will make known your faithfulness to all generations.
2
तपाईंको कृपा सदाको निम्ति दृढ़ रहिरहनेछ, र स्वर्गमा नै तपाईंले आफ्नो विश्वस्तता स्थिर गर्नुभयो भनी घोषणा गर्नेछु।
2
I indeed declare, "Love stands firm forever. You established the heavens. Your faithfulness is in them."
3
तपाईंले भन्नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु:
3
"I have made a covenant with my chosen one, I have sworn to David, my servant,
4
‘म तेरा सन्तानलाई सदाको निम्ति स्थापना गर्नेछु,र तेरो सिंहासन सारा पुस्तासम्म स्थिर बनाउनेछु’।”
4
'I will establish your seed forever, And build up your throne to all generations.'" Selah.
5
हे परमप्रभु, पवित्र जनहरूको सभामा स्वर्गले तपाईंका आश्चर्यकर्मको र तपाईंका विश्वस्तताको समेत प्रशंसा गर्दछ।
5
The heavens will praise your wonders, Yahweh; Your faithfulness also in the assembly of the holy ones.
6
किनकि आकाशमा परमेश्वरको तुलना कोसँग गर्न सकिन्छ? स्वर्गीय प्राणीहरूमध्ये को परमप्रभुको समान छ।
6
For who in the skies can be compared to Yahweh? Who among the sons of the heavenly beings is like Yahweh,
7
पवित्र जनहरूको सभामा परमेश्वरको भय साह्रै मानिएको छ। उहाँको वरिपरि हुनेहरूमध्ये उहाँ धेरै विस्मयकर हुनुहुन्छ।
7
A very awesome God in the council of the holy ones, To be feared above all those who are around him?
8
हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंजस्तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्छ, हे परमप्रभु, र तपाईंको विश्वस्तता तपाईंको चारैतिर छ।
8
Yahweh, God of hosts, who is a mighty one, like you? Yah, your faithfulness is around you.
9
उर्लंदो समुद्रमाथि तपाईंले नै राज्य गर्नुहुन्छ, जब त्यसका छालहरू उठ्छन्, तपाईंले नै तिनलाई शान्त गराउनुहुन्छ।
9
You rule the pride of the sea. When its waves rise up, you calm them.
10
तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्ट पार्नुभयो, तपाईंले आफ्ना शत्रुहरूलाई आफ्नो बाहुबलले तितरबितर पार्नुभयो।
10
You have broken Rahab in pieces, like one of the slain. You have scattered your enemies with your mighty arm.
11
स्वर्ग तपाईंको हो, र पृथ्वी पनि तपाईंकै हो, संसार र त्यसको सारा पूर्णता तपाईंले नै बसाल्नुभएको हो।
11
The heavens are yours. The earth also is yours; The world and its fullness. You have founded them.
12
उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्।
12
The north and the south, you have created them. Tabor and Hermon rejoice in your name.
13
तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्च पारिएको छ।
13
You have a mighty arm. Your hand is strong, and your right hand is exalted.
14
धार्मिकता र न्याय तपाईंको सिंहासनका जग हुन्, प्रेम र विश्वस्तता तपाईंको अगि जान्छन्।
14
Righteousness and justice are the foundation of your throne. Loving kindness and truth go before your face.
15
ती मानिसहरू धन्य हुन्, जसले तपाईंको प्रशंसा गर्न सिकेका छन्, जुनहरू, हे परमप्रभु, तपाईंका प्रकाशको उपस्थितिमा हिँड्छन्।
15
Blessed are the people who learn to acclaim you. They walk in the light of your presence, Yahweh.
16
तिनीहरू दिनभरि तपाईंको नाउँमा रमाउँछन्, र तिनीहरू तपाईंकै धार्मिकतामा आनन्दले मग्न हुन्छन्।
16
In your name they rejoice all day. In your righteousness, they are exalted.
17
किनकि तपाईं नै तिनीहरूको महिमा र शक्ति हुनुहुन्छ, र तपाईंकै निगाहले हाम्रो सीङ “सीङ” को अर्थ “शक्तिशाली जन” हो। ठाडो पारिदिनुभएको छ।
17
For you are the glory of their strength. In your favor, our horn will be exalted.
18
साँच्चै हाम्रो ढाल परमप्रभुकै हो, र हाम्रा राजा इस्राएलका परमपवित्रकै हुन्।
18
For our shield belongs to Yahweh; Our king to the Holy One of Israel.
19
एक पल्ट तपाईंले आफ्ना पवित्र जनहरूसित दर्शनमा बोल्नुभयो, र भन्नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्च पारेको छु।
19
Then you spoke in vision to your saints, And said, "I have bestowed strength on the warrior. I have exalted a young man from the people.
20
मैले मेरो दास दाऊदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्यसलाई अभिषेक गरेको छु।
20
I have found David, my servant. I have anointed him with my holy oil,
21
मेरो हातले त्यसलाई थाम्नेछ, मेरो पाखुराले त्यसलाई अवश्य बलियो बनाउनेछ।
21
With whom my hand shall be established. My arm will also strengthen him.
22
कुनै शत्रुले त्यसमाथि राजकर तिर्न अधिकार गर्नेछैन, न त कुनै दुष्ट मानिसले त्यसलाई दु:ख दिनेछ।
22
No enemy will tax him. No wicked man will oppress him.
23
त्यसका विरोधीहरूलाई त्यसकै सामनेमा म चूर्ण पार्नेछु, त्यसका विरोधीहरूलाई प्रहार गर्नेछु।
23
I will beat down his adversaries before him, And strike those who hate him.
24
मेरो विश्वस्त प्रेम त्यससँग हुनेछ, र मेरो नाउँद्वारा त्यसको सीङ ठाडो हुनेछ।
24
But my faithfulness and my loving kindness will be with him. In my name, his horn will be exalted.
25
म त्यसको शासन समुद्रसम्म बढ़ाउनेछु, र त्यसको दाहिने बाहुलीको शक्ति नदीहरूमाथि पुर्याउनेछु।
25
I will set his hand also on the sea, And his right hand on the rivers.
26
त्यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्छ, मेरा परमेश्वर र मेरो उद्धारको चट्टान हुनुहुन्छ।’
26
He will call to me, 'You are my Father, My God, and the rock of my salvation!'
27
म त्यसलाई मेरो जेठो पनि तुल्याउनेछु,प्रका १:५ पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च।
27
I will also appoint him my firstborn, The highest of the kings of the earth.
28
म मेरो करुणा त्यसको निम्ति सदासर्वदा राख्नेछु, र त्यससँगको मेरो करार कहिल्यै विफल हुनेछैन।
28
I will keep my loving kindness for him forevermore. My covenant will stand firm with him.
29
त्यसको वंशलाई म सदाको लागि स्थापना गर्नेछु, र त्यसको सिंहासन आकाशको अस्तित्व रहेसम्म राख्नेछु।
29
I will also make his seed endure forever, And his throne as the days of heaven.
30
“यदि त्यसका सन्तानले मेरो व्यवस्था त्यागे भने, र मेरा कानूनहरूमा चलेनन् भने,
30
If his children forsake my law, And don't walk in my ordinances;
31
यदि तिनीहरूले मेरा विधिहरू भङ्ग गरे भने, र मेरा आज्ञाहरू मानेनन् भने,
31
If they break my statutes, And don't keep my commandments;
32
म तिनीहरूका पापको सजाय छड़ीले, र तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु।
32
Then I will punish their sin with the rod, And their iniquity with stripes.
33
तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्वस्तताको कहिल्यै धोकाबाजी गर्नेछु।
33
But I will not completely take my loving kindness from him, Nor allow my faithfulness to fail.
34
म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्केको वचन बद्लनेछैनँ।
34
I will not break my covenant, Nor alter what my lips have uttered.
35
मैले सदाकालको निम्ति आफ्नो पवित्रताको यो शपथ खाएको छु— अनि दाऊदलाई म ढाँट्नेछैनँ—
35
Once have I sworn by my holiness, I will not lie to David.
36
कि त्यसको वंश सदाको निम्ति रहनेछ, र त्यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्थिर रहनेछ।
36
His seed will endure forever, His throne like the sun before me.
37
आकाशमा रहेको विश्वसनीय साक्षी चन्द्रमाझैँ, सदाकालको लागि त्यो स्थापित रहनेछ।”
37
It will be established forever like the moon, The faithful witness in the sky." Selah.
38
तर तपाईंले आफ्ना अभिषिक्तलाई त्याग्नुभएको छ, र तुच्छ ठान्नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ।
38
But you have rejected and spurned. You have been angry with your anointed.
39
तपाईंले आफ्नो दाससँगको करार तोड्नुभएको छ, तपाईंले उनको मुकुट धूलोमा मिलाएर अशुद्ध तुल्याउनुभएको छ।
39
You have renounced the covenant of your servant. You have defiled his crown in the dust.
40
तपाईंले उनका सबै पर्खालहरू भत्काइदिनुभएको छ, र उनका किल्लाहरू नष्ट पारिदिनुभएको छ।
40
You have broken down all his hedges. You have brought his strongholds to ruin.
41
त्यहाँबाट भएर जाने सबैले तिनलाई लुटेका छन्, तिनी आफ्ना छिमेकीहरूका निम्ति हेलाको पात्र भएका छन्।
41
All who pass by the way rob him. He has become a reproach to his neighbors.
42
तपाईंले उनका शत्रुहरूका दाहिने हात उच्च पार्नुभएको छ, तपाईंले उनका सबै शत्रुहरूलाई उल्लसित तुल्याउनुभएको छ।
42
You have exalted the right hand of his adversaries. You have made all of his enemies rejoice.
43
तपाईंले उनका तरवारको धार बोधो तुल्याउनुभएको छ, र लड़ाइँमा उनलाई सहयोग दिनुभएको छैन।
43
Yes, you turn back the edge of his sword, And haven't supported him in battle.
44
तपाईंले तिनको गौरव समाप्त गरिदिनुभएको छ, र तिनका सिंहासन जमिनमा फालिदिनुभएको छ।
44
You have ended his splendor, And thrown his throne down to the ground.
45
उनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ, तपाईंले उनलाई शर्मको ओढ्नेले ढाकिदिनुभएको छ।
45
You have shortened the days of his youth. You have covered him with shame. Selah.
46
कहिलेसम्म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्नुहुन्छ? तपाईंको क्रोध कहिलेसम्म आगोझैँ दन्किरहन्छ?
46
How long, Yahweh? Will you hide yourself forever? Will your wrath burn like fire?
47
स्मरण राख्नुहोस्, मेरो आयु कस्तो क्षणिक छ। तपाईंले सबै मानिसलाई कस्तो निरर्थकताको निम्ति सृजनुभएको छ!
47
Remember how short my time is! For what vanity have you created all the children of men!
48
यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ, र मृत्यु देख्दैन? अथवा कसले आफ्नो प्राणलाई मृत्युको शक्तिबाट छुटकारा दिन सक्छ?
48
What man is he who shall live and not see death, Who shall deliver his soul from the power of Sheol? Selah.
49
हे परमप्रभु, अघिका तपाईंको महान् प्रेम कहाँ गयो, जुन तपाईंले दाऊदसँग आफ्नो विश्वसनीयतामा शपथ खानुभएको थियो
49
Lord, where are your former loving kindnesses, Which you swore to David in your faithfulness?
50
स्मरण गर्नुहोस् परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्नो हृदयमा जातिहरूको तिरस्कार सहँदैछु,
50
Remember, Lord, the reproach of your servants, How I bear in my heart the taunts of all the mighty peoples,
51
हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो तिरस्कार गरेका छन्, तिनीहरूले कसरी कदम-कदममा तपाईंका अभिषिक्तको उपहास गरेका छन्।
51
With which your enemies have mocked, Yahweh, With which they have mocked the footsteps of your anointed one.
52
परमप्रभुको सदासर्वदा प्रशंसा होस्। आमेन अनि आमेन।
52
Blessed be Yahweh forevermore. Amen, and Amen.
Choose Theme