Home
Bibles
Bible Study with Steffi
Parallel हितोपदेश 31
Aa
Parallel हितोपदेश
Chapter 31
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;
1
The words of king Lemuel; the oracle which his mother taught him.
2
तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ।
2
"Oh, my son!" Oh, son of my womb! Oh, son of my vows!
3
स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम।
3
Don't give your strength to women, Nor your ways to that which destroys kings.
4
लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन।
4
It is not for kings, Lemuel; It is not for kings to drink wine; Nor for princes to say, 'Where is strong drink?'
5
तिनीहरूले ज्यादै पिएर यस्तो हुनु सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्।
5
Lest they drink, and forget the law, And pervert the justice due to anyone who is afflicted.
6
गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ।
6
Give strong drink to him who is ready to perish; And wine to the bitter in soul:
7
मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।
7
Let him drink, and forget his poverty, And remember his misery no more.
8
तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ।
8
Open your mouth for the mute, In the cause of all who are left desolate.
9
न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।
9
Open your mouth, judge righteously, And serve justice to the poor and needy."
10
असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।
10
Who can find a worthy woman? For her price is far above rubies.
11
तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ अनि कहिल्यै गरीब हुनु पर्दैन।
11
The heart of her husband trusts in her. He shall have no lack of gain.
12
आदर्श पत्निले आफ्नो पति सित असल व्यवहार र्गछिन् अनि जीवन भरी आफ्नो पतिको निम्ति विपत्ति ल्याउँदिनन्।
12
She does him good, and not harm, All the days of her life.
13
तिनी सधैं ऊनी तथा सूतीको लुगा बनाउनमा व्यस्त रहन्छिन्।
13
She seeks wool and flax, And works eagerly with her hands.
14
तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै, कहीबाट पनि भोजन लिएर घर आउँछिन्।
14
She is like the merchant ships. She brings her bread from afar.
15
तिनी बिहानै उठी भोजन पकाउँछिन्, अनि आफ्नो परिवार र नोकर्नीहरूलाई बाडछिन्।
15
She rises also while it is yet night, Gives food to her household, And portions for her servant girls.
16
तिनी जमीन निरीक्षण र्गछिन् अनि उचित मूल्यमा किन्छिन् आफूले कमाएको पैसाबाट दाख रोप्छिन्।
16
She considers a field, and buys it. With the fruit of her hands, she plants a vineyard.
17
तिनी अत्यन्तै परिश्रमी छिन् अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्।
17
She girds her loins with strength, And makes her arms strong.
18
आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार र्गछिन, र नाफा कमाउँछिन् अनि तिनी रातीसम्मा कडा परिश्रम र्गछिन्।
18
She perceives that her merchandise is profitable. Her lamp doesn't go out by night.
19
तिनीले आफैं धागो कात्छिन अनि आफ्नो घरको लागि लुगा बनाउँछिन्।
19
She lays her hands to the distaff, And her hands hold the spindle.
20
गरीबलाई सधैं दान दिन्छिन् अनि दीन-हीन मानिसहरूको खाँचो पूरा र्गछिन्।
20
She opens her arms to the poor; Yes, she extends her hands to the needy.
21
हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्। तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्।
21
She is not afraid of the snow for her household; For all her household are clothed with scarlet.
22
तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिंजाउँछिन अनि आफूले सुन्दर नरम सुतीको लुगाहरू पहिरिन्छिन्।
22
She makes for herself carpets of tapestry. Her clothing is fine linen and purple.
23
उनका पतिलाई सबैले आदर गर्छन् किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्।
23
Her husband is respected in the gates, When he sits among the elders of the land.
24
तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन् र व्यापारीहरूलाई बेच्छिन्।
24
She makes linen garments and sells them, And delivers sashes to the merchant.
25
तिनी बलीयी अनि मर्यादित छिन्, तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्।
25
Strength and dignity are her clothing. She laughs at the time to come.
26
तिनको बोलीमा ज्ञान छ र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।
26
She opens her mouth with wisdom. Faithful instruction is on her tongue.
27
तिनले आफ्नो परिवारको कामको हेरविचार र्गछिन्। तिनले कहिले अल्छी गर्दिनन्।
27
She looks well to the ways of her household, And doesn't eat the bread of idleness.
28
तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,
28
Her children rise up and call her blessed. Her husband also praises her:
29
“संसारमा धेरै असल स्त्रीहरू छन् तर ती मध्ये तिमी नै सर्वश्रेष्ट हौ।”
29
"Many women do noble things, But you excel them all."
30
आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।
30
Charm is deceitful, and beauty is vain; But a woman who fears Yahweh, she shall be praised.
31
तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ।
31
Give her of the fruit of her hands! Let her works praise her in the gates!
Choose Theme