Home
Bibles
Bible Study with Steffi
Parallel गन्ती 1
Aa
Parallel गन्ती
Chapter 1
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
सीनै मरूभूमिको भेट हुने पालमा इस्राएलीहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको पहिलो दिन मोशासित परमप्रभुले कुरा गर्नुभयो।
1
Yahweh spoke to Moses in the wilderness of Sinai, in the Tent of Meeting, on the first day of the second month, in the second year after they had come out of the land of Egypt, saying,
2
“उहाँले भन्नुभयो, तिनीहरूको परिवार र कुल समूह सहित प्रत्येक व्यक्तिको नाम लेखेर इस्राएली मानिसहरूको गन्ती गर।
2
"Take a census of all the congregation of the children of Israel, by their families, by their fathers' houses, according to the number of the names, every male, one by one;
3
हारून र तिमीले बीस वर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर।
3
from twenty years old and upward, all who are able to go out to war in Israel. You and Aaron shall number them by their divisions.
4
प्रत्येक कुलका एक एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ। यी निम्न लिखित व्यक्तिहरूले तिमीलाई सहायता गर्नेछन्।
4
With you there shall be a man of every tribe; everyone head of his fathers' house.
5
रूबेनको कुलबाट शदेऊरका छोरा एलीसूर
5
These are the names of the men who shall stand with you: Of Reuben: Elizur the son of Shedeur.
6
शिमोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल;
6
Of Simeon: Shelumiel the son of Zurishaddai.
7
यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;
7
Of Judah: Nahshon the son of Amminadab.
8
इस्साकारको कुलबाट सूआरको छोरो नतनेल;
8
Of Issachar: Nethanel the son of Zuar.
9
जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;
9
Of Zebulun: Eliab the son of Helon.
10
यूसुफको उत्तराधिकारीहरूबाट; एप्रैमको कुलबाट अम्मीहूदको छोरो एलीशामा मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;
10
Of the children of Joseph: Of Ephraim: Elishama the son of Ammihud. Of Manasseh: Gamaliel the son of Pedahzur.
11
बिन्यामीनको कुलबाट गिदोनीको छोरो अबीदान;
11
Of Benjamin: Abidan the son of Gideoni.
12
दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर;
12
Of Dan: Ahiezer the son of Ammishaddai.
13
आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;
13
Of Asher: Pagiel the son of Ochran.
14
गादको कुलबाट रूएलको छोरो एल्यासाप;
14
Of Gad: Eliasaph the son of Deuel.
15
नप्तालीको कुलबाट एनानको छोरो अहीरा।”
15
Of Naphtali: Ahira the son of Enan."
16
यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए।
16
These are those who were called of the congregation, the princes of the tribes of their fathers; they were the heads of the thousands of Israel.
17
तब मोशा र हारूनले ती मानिसहरूलाई लिए जसलाई अगुवा बनाएका थिए।
17
Moses and Aaron took these men who are mentioned by name.
18
दोस्रो महीनाको पहिलो दिन तिनीहरूले सबै समुदायलाई एकै चोटी बोलाएर पुस्ता अनि तिनीहरूको सन्तानहरूको नाम दर्त्ता गरेर बीस र बीस भन्दा वेशी उमेरको प्रत्येक व्यक्तिको सूची तयार गरे।
18
They assembled all the congregation together on the first day of the second month; and they declared their ancestry by their families, by their fathers' houses, according to the number of the names, from twenty years old and upward, one by one.
19
परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार तिनले मानिसहरूको गन्ती सीनै मरूभूमिमा गरे।
19
As Yahweh commanded Moses, so he numbered them in the wilderness of Sinai.
20
तिनीहरूले यस्तो प्रकारले संख्या गन्ती गरे इस्राएलको प्रथम जाति रूबेन र तिनको परिवारको गणना गरे। बीस र बीस वर्ष भन्दा वेशी उमेरका व्यक्तिहरू जो सेनामा जान सक्थे तिनीहरूको नामको सूची बनाइयो। तिनीहरूको पिता-पुर्खाको कुल र परिवार अनुसार नाम दर्त्ता गरियो।
20
The children of Reuben, Israel's firstborn, their generations, by their families, by their fathers' houses, according to the number of the names, one by one, every male from twenty years old and upward, all who were able to go out to war;
21
रूबेनको कुलबाट गन्ती गरिएको संख्या 46,500 थियो।
21
those who were numbered of them, of the tribe of Reuben, were forty-six thousand five hundred.
22
तिनीहरूले शिमोनको कुलबाट गन्ती गरे-बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
22
Of the children of Simeon, their generations, by their families, by their fathers' houses, those who were numbered of it, according to the number of the names, one by one, every male from twenty years old and upward, all who were able to go out to war;
23
शिमोनको कुलबाट 59,300 व्यक्तिको गन्ती गर्यो।
23
those who were numbered of them, of the tribe of Simeon, were fifty-nine thousand three hundred.
24
तिनीहरूले गादको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
24
Of the children of Gad, their generations, by their families, by their fathers' houses, according to the number of the names, from twenty years old and upward, all who were able to go out to war;
25
गादको कुलबाट 45,650 व्यक्तिको गन्ती गर्यो।
25
those who were numbered of them, of the tribe of Gad, were forty-five thousand six hundred fifty.
26
तिनीहरूले यहूदाको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।
26
Of the children of Judah, their generations, by their families, by their fathers' houses, according to the number of the names, from twenty years old and upward, all who were able to go out to war;
27
यहूदाको कुलबाट 74,600 व्यक्तिको गन्ती गर्यो।
27
those who were numbered of them, of the tribe of Judah, were sixty-four thousand six hundred.
28
तिनीहरूले इस्साकारको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
28
Of the children of Issachar, their generations, by their families, by their fathers' houses, according to the number of the names, from twenty years old and upward, all who were able to go out to war;
29
इस्साकारको कुलबाट 54,400 व्यक्तिको गन्ती गर्यो।
29
those who were numbered of them, of the tribe of Issachar, were fifty-four thousand four hundred.
30
तिनीहरूले जबूलूनको कुलको गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
30
Of the children of Zebulun, their generations, by their families, by their fathers' houses, according to the number of the names, from twenty years old and upward, all who were able to go out to war;
31
जबूलूनको कुलबाट 57,400 व्यक्तिहरूको गन्ती गरियो।
31
those who were numbered of them, of the tribe of Zebulun, were fifty-seven thousand four hundred.
32
तिनीहरूले एप्रैमको कुल समूहबाट गन्ती गरे। (एप्रैम-यूसुफको छोरो।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
32
Of the children of Joseph, of the children of Ephraim, their generations, by thir families, by their fathers' houses, according to the number of the names, from twenty years old and upward, all who were able to go out to war;
33
एप्रैमको कुलमा गन्ती गरिएको व्यक्तिहरूको सख्या 40,500 थियो।
33
those who were numbered of them, of the tribe of Ephraim, were forty thousand five hundred.
34
तिनीहरूले मनश्शे कुलका मानिसहरूको गन्ती गरे। (मनश्शे पनि यूसुफका छोरा थिए।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
34
Of the children of Manasseh, their generations, by their families, by their fathers' houses, according to the number of the names, from twenty years old and upward, all who were able to go out to war;
35
मनश्शेको कुलमा गन्ती गरिएको मानिसहरूको संख्या 32,200 थियो।
35
those who were numbered of them, of the tribe of Manasseh, were thirty-two thousand two hundred.
36
तिनीहरूले बिन्यामीन कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
36
Of the children of Benjamin, their generations, by their families, by their fathers' houses, according to the number of the names, from twenty years old and upward, all who were able to go out to war;
37
बिन्यामीनको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 35,400 थियो।
37
those who were numbered of them, of the tribe of Benjamin, were thirty-five thousand four hundred.
38
तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो।
38
Of the children of Dan, their generations, by their families, by their fathers' houses, according to the number of the names, from twenty years old and upward, all who were able to go forth to war;
39
दानको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 62,700 थियो।
39
those who were numbered of them, of the tribe of Dan, were sixty-two thousand seven hundred.
40
तिनीहरूले आशेर कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
40
Of the children of Asher, their generations, by their families, by their fathers' houses, according to the number of the names, from twenty years old and upward, all who were able to go forth to war;
41
आशेर कुलमा गणना गरिएका मानिसहरूको संख्या 41,500 थियो।
41
those who were numbered of them, of the tribe of Asher, were forty-one thousand five hundred.
42
नप्ताली कुलका मानिसहरूको तिनीहरूले गणना गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जानु सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
42
Of the children of Naphtali, their generations, by their families, by their fathers' houses, according to the number of the names, from twenty years old and upward, all who were able to go forth to war;
43
नप्ताली कुलमा गणना गरिएको मानिसहरूको संख्या 53,400 थियो।
43
those who were numbered of them, of the tribe of Naphtali, were fifty-three thousand four hundred.
44
मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरूले यी मानिसहरूको गन्ती गरे। (त्यहाँ प्रत्येक कुल समूहबाट एक जना अगुवा थिए।)
44
These are those who were numbered, whom Moses and Aaron numbered, and the princes of Israel, being twelve men: they were each one for his fathers' house.
45
तिनीहरूले बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरूको गन्ती गरे। तिनीहरू प्रत्येकको आफ्नो-आफ्नो परिवार अनुसार गणना गरियो।
45
So all those who were numbered of the children of Israel by their fathers' houses, from twenty years old and upward, all who were able to go out to war in Israel;
46
तिनीहरूको जम्मा संख्या 6,03,550 थियो।
46
even all those who were numbered were six hundred three thousand five hundred fifty.
47
लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन।
47
But the Levites after the tribe of their fathers were not numbered among them.
48
परमप्रभुले मोशालाई भन्नुभएको थियोः
48
For Yahweh spoke to Moses, saying,
49
“लेवीको कुल समूहका मानिसहरूको गणना नगर्नु अथवा तिनीहरूलाई इस्राएलका अरू मानिसहरूसित नमिलाउनु।
49
"Only the tribe of Levi you shall not number, neither shall you take a census of them among the children of Israel;
50
तर तिमीले लेवीहरूलाई करारको पवित्र पाल र यसका सबै वस्तुहरू हेरचाह गर्नुका निम्ति नियुक्त गर्यौ। तिनीहरूले पवित्र पाल र यसका सबै वस्तुहरू बोक्नु पर्छ। अनि तिनीहरूले पवित्र पालको सेवा गर्नुपर्छ र तिनीहरूले उनीहरूको छाउनी यसकै वरिपरि बनाउनु पर्छ।
50
but appoint the Levites over the Tabernacle of the Testimony, and over all its furnishings, and over all that belongs to it. They shall carry the tabernacle, and all its furnishings; and they shall take care of it, and shall encamp around it.
51
जब तिमीले पवित्र पाल सार्थ्यो लेवीहरूले यसलाई तल झार्नु पर्थ्यो जब तिमीहरू रोकिने छौ, लेवीहरूले यसलाई स्थापित गर्नु पर्थ्यो। कुनै जो विदेशी नजिक आउँछ त्यसलाई मार्नु पर्छ।
51
When the tabernacle is to move, the Levites shall take it down; and when the tabernacle is to be set up, the Levites shall set it up. The stranger who comes near shall be put to death.
52
इस्राएलीहरूले आफ्नो आफ्नो दल समूह भित्र र आफ्नै झण्डाको छेउ छाउमा शिविर बनाऊन्।
52
The children of Israel shall pitch their tents, every man by his own camp, and every man by his own standard, according to their divisions.
53
तर लेवीहरूले तिनीहरूका छाउनी पवित्र पालकै वरिपरि लगाउन् र यसलाई रक्षा गर्नु पर्छ ताकि करारको पवित्र पाल सुरक्षित रहोस् र परमेश्वरको रिसको प्रकोप इस्राएली समुदायमाथि नपरोस्।”
53
But the Levites shall encamp around the Tabernacle of the Testimony, that there may be no wrath on the congregation of the children of Israel: and the Levites shall be responsible for the Tabernacle of the Testimony."
54
यसरी इस्राएलका मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिनु भएको सबै आज्ञाहरू पालन गरे।
54
Thus the children of Israel did. According to all that Yahweh commanded Moses, so they did.
Choose Theme