Home
Bibles
Bible Study with Steffi
Parallel मर्कूस 9
Aa
Parallel मर्कूस
Chapter 9
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
त्यसपछि येशूले भन्नुभयो, “म तिमी हरूलाई साँचो भन्दछु, यहाँ उभिरहेका मध्ये कोही मानिसहरूले मर्नभन्दा अघिबाटै परमेश्वरको राज्य आएको देख्नेछन्। परमेश्वरको राज्य शक्तिमा आएको देख्नेछन्”
1
He said to them, "Most assuredly I tell you, there are some standing here who will in no way taste death until they see the Kingdom of God come with power."
2
छ दिनपछि येशू, पत्रुस, याकूब र यूहन्नालाई लिएर अग्लो डाँडामा जानुभयो। त्यहाँ तिनीहरू मात्र थिए। जब ती चेलाहरूले उहाँलाई हेरिरहेका थिए, त्यहाँ येशूको रूप नै बदलियो।
2
After six days Jesus took with him Peter, James, and John, and brought them up onto a high mountain privately by themselves, and he was changed into another form in front of them.
3
येशूको लुगाफाटा उज्यालो अनि चम्किलो भयो। लुगाफाटा यतिसम्म उज्यालो र सेतो भए, कि पृथ्वीको कुनैपनि सेतो पार्नेले त्यति सेतो पार्न सक्तैन ।
3
His clothing became glistening, exceedingly white, like snow, such as no launderer on earth can whiten them.
4
जब तिनीहरूले हेरिरहेका थिए दुईजना मानिसहरू हाजिर भए, अनि तिनीहरू येशूसित बात गरिरहेका थिए। ती मोशा र एलिया थिए।
4
Elijah and Moses appeared to them, and they were talking with Jesus.
5
पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौ।”
5
Peter answered Jesus, "Rabbi, it is good for us to be here. Let's make three tents: one for you, one for Moses, and one for Elijah."
6
के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफै र अरू दूईजना चेलाहरू डराएका थिए।
6
For he didn't know what to say, for they were very afraid.
7
त्यसपछि बादल आएर उनीहरूलाई ढाक्यो। बादलबाट एउटा आवाज आयो, अनि भन्यो, “यो मेरो प्यारो पुत्र हो, अनि म उसलाई माया गर्छु। उसले भनेको पालन गर!”
7
A cloud came, overshadowing them, and a voice came out of the cloud, "This is my beloved Son. Listen to him."
8
अचानक जव पत्रुस, याकूब र यूहन्नाले वरिपरि हेरे तिनीहरूले त्यहाँ कसैलाई पनि देखेनन्। येशू मात्र उनीहरूसित थिए।
8
Suddenly looking around, they saw no one with them any more, except Jesus only.
9
येशू अनि चेलाहरू डाँडाबाट ओर्लंदै हुनुहुन्थ्यो, उहाँले चेलाहरूलाई आज्ञा गर्नुभयो, “डाँडामा देखेका कुराहरूलाई तिमीहरूले कसैलाई नभन्नू। मानिसको पुत्र मृत्युबाट बौरी नउठेसम्म पर्ख। त्यसपछि तिमीहरूले यहाँ जे देख्यौ ती मानिसहरूलाई भन्न सक्छौ।”
9
As they were coming down from the mountain, he charged them that they should tell no one what things they had seen, until after the Son of Man had risen from the dead.
10
तब चेलाहरूले येशूको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशूले भन्नु भएको “मृत्युदेखि बौरनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए।
10
They kept this saying to themselves, questioning what the "rising from the dead" meant.
11
तब तिनीहरूले उहाँलाई सोधे, “किन शास्त्रीहरूले पहिला एलिया आउनुपर्छ भनेका होलान्?”
11
They asked him, saying, "Why do the scribes say that Elijah must come first?"
12
येशूले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछ। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराम्रो व्यवहार गर्नेछन्
12
He said to them, "Elijah indeed comes first, and restores all things. How is it written about the Son of Man, that he should suffer many things and be despised?
13
तर म तिमीहरूलाई भन्दछु, एलिया पहिल्यै नै आइसकेका छन्। अनि मानिसरूले तिनीहरूले चाहे जति उनी प्रति गरे। धर्मशास्त्रमा ऊमाथि यस्तै घटनाहरू हुनेछ भनेर लेखिएको छ।”
13
But I tell you that Elijah has come, and they have also done to him whatever they wanted to, even as it is written about him."
14
त्यसपछि येशू, पत्रुश, याकूब अनि यूहन्ना अरू चेलाहरूसित सामिल भए। उनीहरूले धेरै मानिसहरू आफ्ना वरिपरि देखे। चेलाहरूसंग शास्त्रीहरूको बहस चलिरहेको थियो।
14
Coming to the disciples, he saw a great multitude around them, and scribes questioning them.
15
जब मानिसहरूले येशूलाई देखे, तिनीहरू अत्यन्त छक्क परे। उहाँको स्वागत गर्न तिनीहरू दौडिए।
15
Immediately all the multitude, when they saw him, were greatly amazed, and running to him greeted him.
16
येशूले प्रश्न गर्नुभयो, “शास्त्रीहरूसंग तिमीहरू के को बारेमा बहस गरिरहेका थियौ?”
16
He asked the scribes, "What are you asking them?"
17
भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरूज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएको छु। मेरो छोरालाईं बोल्न धेरै नै वाधा दिइरहेको छ।
17
One of the multitude answered, "Teacher, I brought to you my son, who has a mute spirit;
18
त्यो दुष्टात्माले मेरो छोरोलाई आक्रमण गर्छ अनि भूँइमा बजार्छ। मेरो छोरोले मुखबाट फींज निकाल्छ, दाहा किटछ, अनि कडा हुन्छ। मैले तपाईंको चेलाहरूलाई मेरो छोराबाट त्यस दुष्टात्मालाई हटाइ दिउन् भनी बिन्ती गरे, तर तिनीहरूले सकेनन्।
18
and wherever it seizes him, it throws him down, and he foams at the mouth, and grinds his teeth, and wastes away. I asked your disciples to cast it out, and they weren't able."
19
येशूले उत्तर दिनुभयो, “तिमीहरूले विश्वास नै गर्दैनौ। तब कतिबेर म तिमीहरूसंग बस्नसक्छु? त्यो ठिटोलाई मकहाँ ल्याओ।”
19
He answered him, "Unbelieving generation, how long shall I be with you? How long shall I bear with you? Bring him to me."
20
त्यसपछि चेलाहरूले त्यो ठिटोलाई येशू कहाँ ल्याए। जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यसैबेला त्यसले ठीटोलाई आक्रमण गर्यो। ठिटो भूईंमा लडयो अनि छट्पटाउन लाग्यो। त्यसले मुखबाट फींजहरू निकालिरहेको थियो।
20
They brought him to him, and when he saw him, immediately the spirit convulsed him, and he fell on the ground, wallowing and foaming at the mouth.
21
येशुले त्यस ठिटोको बाबुलाई सोध्नु भयो, “कहिले देखि यो ठिटो पिडित छ?”बाबूले जवाफ दिए, “बाल्याकाल देखि नै।
21
He asked his father, "How long has it been since this has come to him?" He said, "From childhood.
22
दुष्टात्माले घरि घरि त्यसलाई आगोमा अनि पानीमा पछारेर मार्न खोज्छ। यदि तपाईंले त्यसका निम्ति केही गर्नसक्नु हुन्छ भने कृपया हामीमाथि, दया गरी मदत गर्नुहोस।”
22
Often it has cast him both into the fire and into the water, to destroy him. But if you can do anything, have compassion on us, and help us."
23
येशूले ठिटोको बाबूलाई भन्नुभयो, “तिमीले भन्यौ, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने हरेककुरा सम्भव हुन्छ।”
23
Jesus said to him, "If you can believe, all things are possible to him who believes."
24
त्यस ठिटोको बाबु चाँहि यो सुनेर खूबै उत्तेजित भयो। त्यसले भन्यो, “म विश्वास गर्छु। मेरो विश्वस अझ बढाउनमा मलाई मदत गर्नुहोस्।”
24
Immediately the father of the child cried out with tears, "I believe. Help my unbelief!"
25
येशूले देख्नु भयो कि धेरै मानिसहरू त्यहाँ के भइरहेको होला भनेर हेर्नलाई आइरहेका थिए। तब उहाँले दुष्टात्मालाई हकार्दै भन्नुभयो, “तँ दुष्टात्माले यो केटोलाई बहिरो अनि लाटो तुल्याएको छस्। म तँलाई आज्ञा गर्दछु, कि त्यो ठिटोबाट बाहिर निक्लिहाल अनि अब कहिले पनि भित्र नपस्।”
25
When Jesus saw that a multitude came running together, he rebuked the unclean spirit, saying to him, "You mute and deaf spirit, I command you, come out of him, and never enter him again!"
26
त्यो दुष्टात्मा करायो। ठिटोलाई तल भूईंमा फछार्यो। अनि त्यो उसको शरीरबाट बाहिर निस्कियो। ठिटोलाई मरेको जस्तै देखियो। मानिसहरूले भने, “त्यो त मर्यो।”
26
Having cried out, and convulsed greatly, it came out of him. The boy became like one dead; so much that most of them said, "He is dead."
27
तर येशूले ठिटोको हात समात्नु भयो अनि त्यसलाई उठ्नलाई मदत गर्नुभयो।
27
But Jesus took him by the hand, and raised him up; and he arose.
28
त्यसपछि येशू घरतर्फ लाग्नुभयो। उहाँका चेलाहरू मात्र उहाँसंग थिए। तिनीहरूले भने, “हामीले त्यो दुष्टात्मालाई बाहिर निकाल्न नै सकेनौं, किन होला?”
28
When he had come into the house, his disciples asked him privately, "Why couldn't we cast it out?"
29
येशूले भन्नुभयो, “त्यस प्रकारको दुष्टात्मालाई खाली प्रार्थना गरेर मात्र बाहिर निकाल्न सकिन्छ।”
29
He said to them, "This kind can come out by nothing, except by prayer and fasting."
30
त्यसपछि येशू अनि उहाँका चेलाहरूले त्यस ठाउँ छोडनुभयो. तिनीहरू गालील भएर गए। तर येशूले उनीहरू कहाँ छन् भनेर मानिसहरूले पत्तो नपाओस् भन्ने चाहेको थिए।
30
They went out from there, and passed through Galilee. He didn't want anyone to know it.
31
येशूले उनको चेलाहरूलाई मात्र सिकाउन चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मार्न मानिसहरूका हातमा सुम्पिदिनेछन्। तीन दिनपछि म मृत्युबाट बौरी उठ्नेछु।”
31
For he was teaching his disciples, and said to them, "The Son of Man is being handed over to the hands of men, and they will kill him; and when he is killed, on the third day he will rise again."
32
तर चलाहरूले केही बुझेनन् कि येशूले के भन्नुभएको हो। अनि उहाँले के भन्नुभएको हो भनेर सोध्न डराए।
32
But they didn't understand the saying, and were afraid to ask him.
33
येशू र आफ्ना चेलाहरू कफर्नहुम जानूभयो। जब उनीहरू एउटा घरमा थिए। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “यात्रा गर्दै गर्दा तिमीहरूले के बहस गर्दैं थियौ?”
33
He came to Capernaum, and when he was in the house he asked them, "What were you arguing among yourselves on the way?"
34
तर चेलाहरूले जवाफ दिएनन् किनभने तिनीहरूले बाटोमा कुरा गर्दै आउँदा उनीहरूको माझमा सब भन्दा महान को होला भन्ने कुराको चर्चा भएको थियो।
34
But they were silent, for they had disputed one with another on the way about who was the greatest.
35
येशू बस्नु भयो अनि बाह्रजना प्रेरितहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “यदि कसैले आफूलाई पहिलो बनाउन चाहन्छ भने, उसले आफूलाई अरू मानिसहरूलाई भन्दा अन्तिम मानिस बनाउनु पर्छ अनि अरू सबैको सेवा गर्नुपर्छ।”
35
He sat down, and called the twelve; and he said to them, "If any man wants to be first, he shall be last of all, and servant of all."
36
त्यसपछि येशूले एउटा सानो बालकलाई लिएर आउनु भयो। उहाँले त्यस बालकलाई चेलाहरू अघि उभ्याउनु भयो। उहाँले बालकलाइ आफ्नो काखमा लिनुभयो अनि भन्नुभयो,
36
He took a little child, and set him in the midst of them. Taking him in his arms, he said to them,
37
“यदि कसैले मेरो नाउँमा यस्तो बालकहरूलाई ग्रहण गर्छ भने, त्यस मानिसले मलाई पनि ग्रहण गरेको बराबर हुन्छ। यदि कसैले मलाई स्वीकार गर्छ भने, त्यसले जसले मलाई पठाउनु भयो उहाँलाई पनि स्वीकारेको हुनेछ।”
37
"Whoever receives one such little child in my name, receives me, and whoever receives me, doesn't receive me, but him who sent me."
38
यसकारण यूहन्नाले भने “गुरूज्यु, हामीले एकजना मानिसलाई तपाईको नाउँ लिएर अर्को मानिसमा भएका भूतहरू भगाऊँदै गरेको भेट्यौ। त्यो हामीमध्ये कोही पनि थिएन। त्यसैले, त्यसलाई हामीले रोक्यौं, किनभने त्यो हाम्रो दलको मानिस थिएन।”
38
John said to him, "Teacher, we saw someone who doesn't follow us casting out demons in your name; and we forbade him, because he doesn't follow us."
39
येशूले भन्नुभयो, “त्यसलाई नरोक। यदि मेरो नाममा कसैले शक्तिपूर्ण कामहरू गर्छ भने उसले मेरो बारेमा खराब कुरा गरेको हुँदैन।
39
But Jesus said, "Don't forbid him, for there is no one who will do a mighty work in my name, and be able quickly to speak evil of me.
40
यदि कोही मानिस हाम्रो विरुद्धमा छैन भने ऊ हामीसित छ।
40
For whoever is not against us is on our side.
41
म तिमीहरूलाई साँचो भन्दछु। तिमीलाई ख्रीष्टको मानिस मानेर यदि कसैले एक कचौरा पानी दिई सहायाता गर्छ भने, उसले आफ्नो इनाम कहिल्यै गुमाउनेछैन्।
41
For whoever will give you a cup of water to drink in my name, because you are Christ's, most assuredly I tell you, he will in no way lose his reward.
42
“यदि यी मध्ये कुनै एउटा सानो बालकले ममा विश्वाश गर्दछ अनि अर्कोले त्यसलाई पाप गर्न लाउँछ भने उसको लागि यो राम्रो हुनेछ कि आफ्नो घाँटीमा जाँतो बाँधेर समुद्रमा हाम फालोस्।
42
Whoever will cause one of these little ones who believe in me to stumble, it would be better for him if he was thrown into the sea with a millstone hung around his neck.
43
यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊँ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो।
43
If your hand causes you to stumble, cut it off. It is better for you to enter into life maimed, rather than having your two hands to go into Gehenna, into the unquenchable fire,
44
त्यो सल्केको आगो जस्तो हो कहिल्यै निभ्दैन। त्यसलाई काटिदेऊ ।
44
'where their worm doesn't die, and the fire is not quenched.'
45
यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटिदेऊ।
45
If your foot causes you to stumble, cut it off. It is better for you to enter into life lame, rather than having your two feet to be cast into Gehenna, into the fire that will never be quenched�
46
तिम्रो शरीरको एक अंग बिना परमेश्वरको राज्यमा प्रवेश गर्नु, दुवै खुट्टा भएर नरकमा जानु भन्दा उत्तम हो।
46
'where their worm doesn't die, and the fire is not quenched.'
47
यदि तिम्रो आँखाले तिमीलाई पाप गराउँछ भने त्यसलाई निकाल। तिम्रो निम्ति एउटा आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु दुईवटै आँखासंग नरकमा फ्याँकिइनु भन्दा उत्तम हो।
47
If your eye causes you to stumble, cast it out. It is better for you to enter into the Kingdom of God with one eye, rather than having two eyes to be cast into the Gehenna of fire,
48
नरकमा, जसलाई कीरा लाग्दछ त्यो कहिल्यै मर्दैन। नरकमा, आगो पनि कहिल्यै निभ्दैन।
48
'where their worm doesn't die, and the fire is not quenched.'
49
तिमीहरू प्रत्येक मानिस आगोले दण्डित हुनेछौ।
49
For everyone will be salted with fire, and every sacrifice will be seasoned with salt.
50
नुन राम्रो हुन्छ। यदि नूनले नूनको स्वाद नै हराएको छ भने त्यसलाई फेरि नूनिलो बनाउन सकिंदैन। यसैले असल बन, अनि एका अर्कामा शान्ति कायम राख।”
50
Salt is good, but if the salt has lost its saltiness, with what will you season it? Have salt in yourselves, and be at peace with one another."
Choose Theme