Home
Bibles
Bible Study with Steffi
Parallel मर्कूस 10
Aa
Parallel मर्कूस
Chapter 10
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
त्यसपछि येशूले त्यो ठाऊँ छाडनुभयो। उहाँ यहूदीयाको र इलाका औ यर्दन नदिको पारिपट्टि जानुभयो। फेरि अनेकों मानिसहरू उहाँ भएकहाँ आए, अनि उहाँले अघि झैं मानिस हरूलाई सिकाउनुभयो।
1
He arose from there and came into the borders of Judea and beyond the Jordan. Multitudes came together to him again. As he usually did, he was again teaching them.
2
केही फरिसीहरू येशूकहाँ आएर येशूलाई परीक्षा लिने कोशिश गरे। तिनीहरूले उहाँलाई भने, “के कुनै मानिसले आफ्नो पत्नीसंग विवाह विच्छेद गर्नु उचित हो?”
2
Pharisees came to him testing him, and asked him, "Is it lawful for a man to divorce his wife?"
3
येशूले उत्तर दिनुभयो, “मोशाले तिमीहरूलाई कस्तो आज्ञा पालन गर्नु भन्नु भएको छ?”
3
He answered, "What did Moses command you?"
4
फरिसीहरूले भने, “मोशाले अनुमति दिए कि मानिसले एउटा विवाह विच्छेद पत्र लेखेर आफ्नो स्वास्नीसंग विवाहविच्छेद गर्न सक्छ।”
4
They said, "Moses allowed a certificate of divorce to be written, and to divorce her."
5
येशूले भन्नुभयो, “मोशाले त्यो आज्ञा तिमीहरूलाई नै लेखिदिएको हो। किनभने परमेश्वर को शिक्षा ग्रहण गर्न तिमीहरूले चाहेकाछैनौ।
5
But Jesus said to them, "For your hardness of heart, he wrote you this commandment.
6
तर जब परमश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो,
6
But from the beginning of the creation, 'God made them male and female.
7
त्यसकारण कुनै मानिस आफ्नो बाबु र आमा त्याग्छ र आफ्ना स्वस्नीसंग बस्छ।
7
For this cause a man will leave his father and mother, and will join to his wife,
8
अनि तब ती दुइजना एक हुन्छन्।
8
and the two will become one flesh,' so that they are no longer two, but one flesh.
9
यसकारण मानिसहरू अलग हुँदैन जसलाई परमेश्वरले एक बनाएका छन्। तिनी दूइजना रहँदैनन् एक हुन्छन।”
9
What therefore God has joined together, let no man separate."
10
त्यसपछि, येशू र चेलाहरू एउटा घरभित्र थिए। चेलाहरूले येशूलाई फेरि विवाहविच्छेद बारे सोधे।
10
In the house, his disciples asked him again about the same matter.
11
उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसंग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसंग व्यभिचारको पाप गरेको ठरिन्छ।
11
He said to them, "Whoever divorces his wife, and marries another, commits adultery against her.
12
त्यसरी यदि कुनै स्त्रीले आफ्नो लोग्नेसंग विवाह विच्छेद गर्छे अनि अर्को लोग्नेसंग विवाह गर्छे भने त्यो पनि व्यभिचार हो।”
12
If a woman herself divorces her husband, and marries another, she commits adultery."
13
मानिसहरूले तिनीहरूको बालकहरूलाई येशू समक्ष ल्याए, ताकि उहाँले तिनीहरूलाई छोईदिऊन्। तर चेलाहरूले मानिसहरूलाई बालकहरू लिएर आएकोमा हकारे।
13
They were bringing to him little children, that he should touch them, but the disciples rebuked those who were bringing them.
14
त्यहाँ जे घटना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्।
14
But when Jesus saw it, he was moved with indignation, and said to them, "Allow the little children to come to me! Don't forbid them, for the Kingdom of God belongs to such as these.
15
म तिमीहरूलाई साँचो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सो दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्याहाँ पस्न पाउने छैनौ।”
15
Most assuredly I tell you, whoever will not receive the Kingdom of God like a little child, he will in no way enter into it."
16
त्यसपछि येशूले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो।
16
He took them in his arms, and blessed them, laying his hands on them.
17
येशू हिडन लाग्नु भयो, त्यसैबेला एउटा मानिस दगुर्दै आयो, येशूको अघि घुँडा टेक्यो। त्यस मानिसले उहाँलाई भन्यो, हे असल गुरुज्यू अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?”
17
As he was going out into the way, one ran to him, knelt before him, and asked him, "Good Teacher, what shall I do that I may inherit eternal life?"
18
येशूले उत्तर दिनुभयो, “तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन। खाली परमेश्वर मात्र असल हुनुहुन्छ।
18
Jesus said to him, "Why do you call me good? No one is good except one� God.
19
यसैले म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमी आज्ञाहरू त जान्दछौः ‘तिमीले कसैको हत्या गर्नु हुँदैन, कसैलाई व्यभिचार गर्नु हुँदैन, चोर्नु हुँदैन, झूटो साक्षी दिनु हुँदैन, अरूलाई ठग्नु हुँदैन, तिमीले आफ्नो बाबू र आमालाई आदर गर्नैपर्छ।”
19
You know the commandments: 'Do not murder,' 'Do not commit adultery,' 'Do not steal,' 'Do not give false testimony,' 'Do not defraud,' 'Honor your father and mother.'"
20
त्यो मानिसले भन्यो, “गुरूज्यू, मैले यी सब आज्ञाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।”
20
He said to him, "Teacher, I have observed all these things from my youth."
21
येशूले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, “तिमीले पालन गर्नु पर्ने अझै एक अर्को आज्ञा छ। जाऊ अनि आफ्नो सबै चीजहरू बेचिदेऊ, गरीब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि मकहाँ आऊ, अनि मलाई पछ्याऊ।”
21
Jesus looking at him loved him, and said to him, "One thing you lack. Go, sell whatever you have, and give to the poor, and you will have treasure in heaven; and come, follow me, taking up the cross."
22
जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहदैन्थ्यो।
22
But his face fell at that saying, and he went away sorrowful, for he was one who had great possessions.
23
त्यसपछि येशूले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यमा पस्नुलाई एकजना धनी मानिसलाई निकै गाहो पर्छ”
23
Jesus looked around, and said to his disciples, "How difficult it is for those who have riches to enter into the Kingdom of God!"
24
अनि येशूका कुरामा चेलाहरू अचम्भित भए। तर येशूले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्नु अति गाह्रो छ।
24
The disciples were amazed at his words. But Jesus answered again, "Children, how hard is it for those who trust in riches to enter into the Kingdom of God!
25
धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो छ।”
25
It is easier for a camel to go through a needle's eye than for a rich man to enter into the Kingdom of God."
26
चेलाहरू अति अचम्मित भए, अनि एक अर्कामा चर्चा गर्न लागे, “त्योसो भए को चाँहि पस्नुसक्छ?”
26
They were exceedingly astonished, saying to him, "Then who can be saved?"
27
येशूले चेलाहरूलाई हेर्नुभयो अनि भन्नुभयो, “मानिसहरूको निम्ति यी सब असम्भव छ, तर यी सबै परमेश्वरमा असम्भव छैन। किनभने, परमेश्वरको निम्ति यी सबै सम्भव छ।”
27
Jesus, looking at them, said, "With men it is impossible, but not with God, for all things are possible with God."
28
पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।”
28
Peter began to tell him, "Behold, we have left all, and have followed you."
29
येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। प्रत्येक मानिस जसले मेरो निम्ति आफ्नो घर, दाज्यूभाई, दिदी बहिनी, आमा बाबु, बालकहरू वा खेत जमीन छोडेर सुसमाचारमा लागेको छ
29
Jesus said, "Most assuredly I tell you, there is no one who has left house, or brothers, or sisters, or father, or mother, or wife, or children, or land, for my sake, and for the gospel's sake,
30
उसले आफूले त्यागेको भन्दा सयौं गुणा अधिक पाउनेछ। यहाँ यस संसारमा त्यस मानिसले घरहरू दाज्यूभाईहरू, दीदी-बहिनीहरू, आमाहरू बालकहरू अनि खेत सबै पाउनेछ। यी सहित उसले यातना पाउने छ, र तब आउनेवाला समयमा उसले अनन्त जीवन पाउनेछ।
30
but he will receive one hundred times more now in this time, houses, brothers, sisters, mothers, children, and land, with persecutions; and in the age to come eternal life.
31
अहिले जो धेरै छन् अगाडी भविष्यमा तिनीहरू अन्तमा पर्नेछन्। अनि अहिले धेरै जो अन्तमा छन् तिनीहरू भविष्यमा अगाडी हुने छन्।”
31
But many who are first will be last; and the last first."
32
येशू साथमा भएका अरू मानिसहरूसंग यरूशलेम गइरहनु भएको थियो। उहाँले मानिसहरूको अगुवाई गरिरहनु भएको थियो। येशूका चेलाहरू चकित भइरहेका थिए। अनि जुन मानिसहरू तिनीहरूका पछि-पछि थिए तिनीहरू भने डराइरहेका थिए। उहाँले बाह्रजना प्रेरितहरूलाई फेरि भेला गर्नुभयो, अनि तिनीहरूलाई भन्न लाग्नु भयो उहाँलाई के हुनेवाला छ?
32
They were on the way, going up to Jerusalem; and Jesus was going in front of them, and they were amazed; and those who followed were afraid. He again took the twelve, and began to tell them the things that were going to happen to him.
33
येशूले भन्नुभयो, “हामीहरू यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूका अघि सुम्पिइने छन्। तिनीहरूले मानिसको पुत्रलाई गैर यहूदीहरूलाई सुम्पनेछन्।
33
"Behold, we are going up to Jerusalem. The Son of Man will be delivered to the chief priests and the scribes. They will condemn him to death, and will deliver him to the Gentiles.
34
तिनीहरूले उहाँलाई थुक्नेछन् कोर्रा लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठनुहुनेछ।”
34
They will mock him, spit on him, scourge him, and kill him. On the third day he will rise again."
35
त्यसपछि जब्दीका छोराहरू, याकूब र यूहन्ना उहाँ कहाँ आए। तिनीहरूले भने, “गुरुज्यु तपाईले हाम्रो निम्ति हामी जे चाहन्छौ सो गरिदिनुहोस्।”
35
James and John, the sons of Zebedee, came near to him, saying, "Teacher, we want you to do for us whatever we will ask."
36
येशूले भन्नुभयो, “मैले तिमीहरूलाई के गरेको तिमीहरू चाहन्छौ?”
36
He said to them, "What do you want me to do for you?"
37
तिनीहरूले भने, “जब हामी तपाईंको महिमामा आउँछौं हामी एक जनालाई तपाईंको दाहिनेतिर अनि अर्कोलाई तपईंको देब्रेतिर बस्ने अनुमति दिनुहोस्।”
37
They said to him, "Grant to us that we may sit, one at your right hand, and one at your left hand, in your glory."
38
येशूले भन्नुभयो, “तिमहरूले बुझ्दैनौ कि तिमीहरू के मागिरहेका छौ। के मैले भोग्नु पर्ने जस्तै कष्टहरू तिमीहरूले सहन गर्नसक्छौ? अथ्वा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?”
38
But Jesus said to them, "You don't know what you are asking. Are you able to drink the cup that I drink, and to be baptized with the baptism that I am baptized with?"
39
छोराहरूले जवाफ दिए, “अवश्य, हामी सक्छौं।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चैनै तिमीहरूले पनि मैले सहनुपर्ने जस्तै कष्टहरू सहन्छौ, मैले लिए जस्तै बप्तिस्तमा तिमीहरूले पनि लिन्छौ।
39
They said to him, "We are able." Jesus said to them, "You shall indeed drink the cup that I drink, and you shall be baptized with the baptism that I am baptized with;
40
तर म मेरो दाहिने वा देब्रेपटी कसलाई बसाउनु पर्ने हो त्यो चुन्न सक्तिनँ। यी स्थानहरू अरूका निम्ति हुन्। तिनीहरूकै निम्ति ती ठाउँहरू तयार पारिएका हुन्।”
40
but to sit at my right hand and at my left hand is not mine to give, but for whom it has been prepared."
41
अरू दशजना चेलाहरूले यी सबै सुने। तिनीहरू याकूब र युहन्नासंग रिसाए।
41
When the ten heard it, they began to be indignant towards James and John.
42
येशूले सबै चेलाहरूलाई उपस्थित हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर, यहूदीहरूको पनि आफ्ना मानिसहरू छन् तिनीहरूलाई शासकहरू भनिन्छ। तिमीहरूले जान्दछौ कि तिनीहरूले आफ्ना शक्तिको प्रभाव देखाऊँदछन्। अनि तिनीहरूका प्रमुखहरूले आफ्नो समपूर्ण शक्तिहरू मानिसहरूमा प्रयोग गर्न मन पराऊँछन्।
42
Jesus summoned them, and said to them, "You know that they who are recognized as rulers over the Gentiles lord it over them, and their great ones exercise authority over them.
43
तर तिमीहरूसंग यस्तै अभ्यास चाँहि हुन हुँदैन। यदि तिमीहरू मध्ये कोही महान पुरुष हुन चाहन्छौ भने तब उ तिमीहरूको नोकर हुनुपर्छ।
43
But it shall not be so among you, but whoever wants to become great among you shall be your servant.
44
यदि तिमीहरूमध्ये कोही प्रमुख बन्न चाहन्छौ भने उ सबैको कमारो हुनुपर्छ।
44
Whoever of you wants to become first among you, shall be bondservant of all.
45
त्यसरी नै, मानिसको पुत्र सेवा लिनु होइन, तर सेवा गर्नु आएको हो । मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरू धेरै मानिसलाई बचाउँन आएको हो।”
45
For the Son of Man also came not to be served, but to serve, and to give his life as a ransom for many."
46
उनीहरू यरीहो शहरमा आईपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसंग त्यो शहर छोडदै हुनु हुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमैं (तिमैको छोरो) नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सँधै पैसा मगिरहन्थ्यो।
46
They came to Jericho. As he went out from Jericho, with his disciples and a great multitude, the son of Timaeus, Bartimaeus, a blind beggar, was sitting by the road.
47
त्यस अन्धो मानिसले नासरतदेखि यशू त्यत्तैतिर आउनु हुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउन लाग्यो, “हे येशु, दाऊदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्।”
47
When he heard that it was Jesus the Nazarene, he began to cry out, and say, "Jesus, you son of David, have mercy on me!"
48
धेरै मानसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चूप लाग्नु भनेर निन्दा गरे। तीनीहरूले त्यसलाई केही नबोल्नु हूकूम गरे। तर त्यो अन्धो मानिस झन झन चिच्याइनै रह्यो, “हे दाऊदका पुत्र मलाई मदत गर्नुहोस्।”
48
Many rebuked him, that he should be quiet, but he cried out much more, "You son of David, have mercy on me!"
49
येशू त्यँही रोकिनु भयो अनि भन्नुभयो, “त्यस मानिसलाई मकहाँ आउनु भन।”अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, “खुशी होऊ उठ येशूले तिमीलाई बोलाउनु हुँदैछ।”
49
Jesus stood still, and said, "Call him." They called the blind man, saying to him, "Cheer up! Get up. He is calling you!"
50
त्यो अन्धो मानिस जुरुक्क उठ्यो। उसले आफ्नो वस्त्र त्यहीं फ्याँकेर, उफ्रंदै येशूकहाँ गयो।
50
He, casting away his cloak, sprang up, and came to Jesus.
51
येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?”त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”
51
Jesus asked him, "What do you want me to do for you?" The blind man said to him, "Rhabboni, that I may see again."
52
येशूले भन्नुभयो, “जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ त्सपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो, र त्यसले येशूलाई नै पछ्यायो।
52
Jesus said to him, "Go your way. Your faith has made you well." Immediately he received his sight, and followed Jesus in the way.
Choose Theme