Home
Bibles
Bible Study with Steffi
Parallel लूका 2
Aa
Parallel लूका
Chapter 2
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
त्यसैबेला अगस्टस सिजरले रोमको अधिनमा रहेका सबै देशहरूलाई एउटा आदेश पठाए। त्यो आदेश अनुसार जम्मै मानिसले आफ्नो नाउँ पंञ्जिकृत गराउनु पर्थ्यो।
1
Now it happened in those days, that a decree went out from Caesar Augustus that all the world should be enrolled.
2
यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो।
2
This was the first enrollment made when Quirinius was governor of Syria.
3
जम्मै मानिसहरू आफ्नो शहरहरूमा नाउँ पंञ्जिकृत गराउन गए।
3
All went to enroll themselves, everyone to his own city.
4
यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो।
4
Joseph also went up from Galilee, out of the city of Nazareth, into Judea, to the city of David, which is called Bethlehem, because he was of the house and family of David;
5
यूसुफ पंञ्जिकरणको लागि मरियमसंगै गए किनभने मरियमसंग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्।
5
to enroll himself with Mary, who was pledged to be married to him as wife, being pregnant.
6
यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो।
6
It happened, while they were there, that the day had come that she should give birth.
7
अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन।
7
She brought forth her firstborn son, and she wrapped him in bands of cloth, and laid him in a feeding trough, because there was no room for them in the inn.
8
त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेडाहरू हेरचाह गरिरहेका थिए।
8
There were shepherds in the same country staying in the field, and keeping watch by night over their flock.
9
परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए।
9
Behold, an angel of the Lord stood by them, and the glory of the Lord shone around them, and they were terrified.
10
तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त र्हषित तुल्याउनेछ।
10
The angel said to them, "Don't be afraid, for behold, I bring you good news of great joy which will be to all the people.
11
किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ।
11
For there is born to you, this day, in the city of David, a Savior, who is Christ the Lord.
12
उहाँलाई तिमीहरूले यसरी चिन्नेछौः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”
12
This is the sign to you: you will find a baby wrapped in strips of cloth, lying in a feeding trough."
13
त्यसपछि अचानक अनगन्ति र्स्वगिय दूतहरू पहिलो दूतसंग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका गरे।
13
Suddenly, there was with the angel a multitude of the heavenly host praising God, and saying,
14
सर्वोच्चमा परमेश्वरलाई महिमा। अनि जति मानिसहरूसंग परमेश्वर खुशी हुनुहुन्छ तिनीहरूमा शान्ति रहोस्।”
14
"Glory to God in the highest, On earth peace, good will toward men."
15
ती स्वर्गदूतहरूले गोठालाहरूलाई छोडे अनि स्वर्गतिर प्रस्थान गरे। गोठालाहरूले आपसमा कुरा गरे, “अब हामी बेतलेहेम जाऊँ, अनि के भएको छ हेरौं जसको विषयमा परमप्रभु परमेश्वरले हामीलाई थाहा दिनु भएको छ।”
15
It happened, when the angels went away from them into the sky, that the shepherds said one to another, "Let's go to Bethlehem, now, and see this thing that has happened, which the Lord has made known to us."
16
तिनीहरू हतारहतार त्यहाँ गए अनि मरियम र यूसुफलाई भेटे अन बालक डूँडमा सुतिरहेको थियो।
16
They came with haste, and found both Mary and Joseph, and the baby was lying in the feeding trough.
17
गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए।
17
When they saw it, they publicized widely the saying which was spoken to them about this child.
18
गोठालाहरूको कुरा सुनेर सबै छक्क परे।
18
All who heard it wondered at the things which were spoken to them by the shepherds.
19
मरियमले यी सबै कुराहरू आफ्नै हृदयमा राखिन र ती विषयहरूमा सोचिरहिन्।
19
But Mary kept all these sayings, pondering them in her heart.
20
गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घटनाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेडाहरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो।
20
The shepherds returned, glorifying and praising God for all the things that they had heard and seen, just as it was told them.
21
जब बालक आठ दिनको भयो, उसको खतना गरियो अनि येशू नाउँ राखियो। यो त्यही नाउँ हो जुन बालक गर्भमा आउनअघि नै स्वर्गदूतले भनेका थियो।
21
When eight days were fulfilled for the circumcision of the child, his name was called Jesus, which was given by the angel before he was conceived in the womb.
22
मोशाको व्यवस्था अनुसार जब मरियम र येशूलाई चोख्याउने दिन आइपुग्यो तिनीहरूले बालकलाई परमप्रभु अघि समर्पण गराउन यरूशलेम लगे।
22
When the days of their purification according to the law of Moses were fulfilled, they brought him up to Jerusalem, to present him to the Lord
23
परमप्रभुको व्यवस्थामा यस्तो लेखिएको छः “यदि कुनै परिवारमा पहिलो सन्तान पुरुष जन्मे ऊ परमप्रभुको निम्ति पवित्र मानिन्छ।”‘
23
(as it is written in the law of the Lord, "Every male who opens the womb shall be called holy to the Lord"),
24
अनि, “तिमीले एक जोडी ढुकुर अथवा एक जोडी बच्चा परेवा बलिदान स्वरूप प्रदान गर्नुपर्छ।” अनि यसकारण परमप्रभुको व्यवस्था अनुसार यो बलिदान प्रदान गर्न यरूशलेममा गए।शिमियोनले येशूलाई देखे
24
and to offer a sacrifice according to that which is said in the law of the Lord, "A pair of turtledoves, or two young pigeons."
25
शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो।
25
Behold, there was a man in Jerusalem whose name was Simeon. This man was righteous and devout, looking for the consolation of Israel, and the Holy Spirit was on him.
26
परमप्रभु ख्रीष्टलाई नदेखे सम्म तिमी मर्नेछैनौ भनेर उनलाई पवित्र आत्माले भन्नु भएको थियो।
26
It had been revealed to him by the Holy Spirit that he should not see death before he had seen the Lord's Christ.
27
आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए।
27
He came in the Spirit into the temple. When the parents brought in the child, Jesus, that they might do concerning him according to the custom of the law,
28
शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भनेः
28
then he received him into his arms, and blessed God, and said,
29
अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईंको दासलाई शान्ति संग विदा दिनुहोस्।
29
"Now you are releasing your servant, Master, According to your word, in peace;
30
किनभने मेरा आँखले तपाईंको उद्धार देखेकाछन्।
30
For my eyes have seen your salvation,
31
जो तपाईंले नै समस्त राष्ट्रहरूको अघि तयार पार्नुभएको हो।
31
Which you have prepared before the face of all peoples;
32
तपाईंको पथ प्रदर्शनमा गैरयहूदीहरूको लागी प्रकाश उनी नै हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”
32
A light for revelation to the Gentiles, And the glory of your people Israel."
33
उनको विषयमा शिमियोनले यस्तो कुरा गरेको देखेर येशूको आमा बाबु छक्क परे।
33
Joseph and his mother were marveling at the things which were spoken concerning him,
34
त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियम, येशूकी आमालाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ।
34
and Simeon blessed them, and said to Mary, his mother, "Behold, this child is set for the falling and the rising of many in Israel, and for a sign which is spoken against.
35
यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ”
35
Yes, a sword will pierce through your own soul, that the thoughts of many hearts may be revealed."
36
हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात र्वष मात्र बिताइन।
36
There was one Anna, a prophetess, the daughter of Phanuel, of the tribe of Asher (she was of a great age, having lived with a husband seven years from her virginity,
37
त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी र्वष पुगेकी थिइन्। हन्ना सधैं मन्दिर रहन्थि। उनी कहीं जाँदिन थिइन्। रात दिन उपावस र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना र्गथिन्।
37
and she had been a widow for about eighty-four years), who didn't depart from the temple, worshipping with fastings and petitions night and day.
38
ठीक समयमा तिनी त्यो बालकको आमा बाबुकहाँ आई पुग्नि औ परमेश्वरलाई धन्यवाद दिन थालिन्। ती जम्मै ज जसले यरूशलेमको उद्धारको निम्ति अपेक्षा गरिरहेका थिए तिनीहरूसंग उनको विषयमा बात गरिन्।
38
Coming up at that very hour, she gave thanks to the Lord, and spoke of him to all those who were looking for redemption in Jerusalem.
39
यूसुफ र मरियमले परमप्रभुको व्यवस्था अनुसार सबै काम सिद्धाए अनि तिनीहरू गालीलको आफ्नै शहर नासरतमा गए।
39
When they had accomplished all things that were according to the law of the Lord, they returned into Galilee, to their own city, Nazareth.
40
सानो बालक दिनप्रति दिन बढदै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो।
40
The child was growing, and was becoming strong in spirit, being filled with wisdom, and the grace of God was upon him.
41
निस्तार चाडको बेला प्रत्येक र्वष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे।
41
His parents went every year to Jerusalem at the feast of the Passover.
42
जब येशू बाह्र र्वष को हुनुभयो, सधैं झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए।
42
When he was twelve years old, they went up to Jerusalem according to the custom of the feast,
43
जब भोज सिद्धियो तिनीहरू घर र्फकिरहेका थिए। तर बालक येशू यरूशलेममा नै बस्नु भयो। उहाँको विषयमा आमा -बाबुलाई केही थाहा भएन।
43
and when they had fulfilled the days, as they were returning, the boy Jesus stayed behind in Jerusalem. Joseph and his mother didn't know it,
44
तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसंग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिडीरहे । तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे
44
but supposing him to be in the company, they went a day's journey, and they looked for him among their relatives and acquaintances.
45
तर यूसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्ता तिनीहरू उहाँलाई खोज्न यरूशलेम फर्के।
45
When they didn't find him, they returned to Jerusalem, looking for him.
46
तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसंग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो।
46
It happened after three days they found him in the temple, sitting in the midst of the teachers, both listening to them, and asking them questions.
47
ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए।
47
All who heard him were amazed at his understanding and his answers.
48
जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्यौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।”
48
When they saw him, they were astonished, and his mother said to him, "Son, why have you treated us this way? Behold, your father and I were anxiously looking for you."
49
तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?”
49
He said to them, "Why were you looking for me? Didn't you know that I must be in my Father's house?"
50
तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्।
50
They didn't understand the saying which he spoke to them.
51
तब येशू तिनीहरूसंगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरूनै मनमा राखिरहेकी थिइन्।
51
And he went down with them, and came to Nazareth. He was subject to them, and his mother kept all these sayings in her heart.
52
येशू शारीरिक रूपमा र बुद्धिमा बढदै हुनुहुन्थ्यो अनि परमेश्वर र मानिसहरूबाट अनुग्रह पाइरहनु भएको थियो।
52
And Jesus increased in wisdom and stature, and in favor with God and men.
Choose Theme