Home
Bibles
Bible Study with Steffi
Parallel अय्यूब 41
Aa
Parallel अय्यूब
Chapter 41
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
“अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ? त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?
1
"Can you draw out Leviathan with a fishhook? Or press down his tongue with a cord?
2
त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ? अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ?
2
Can you put a rope into his nose? Or pierce his jaw through with a hook?
3
के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ? के उ तिमीसँग नम्र भाषामा बोल्ने छ?
3
Will he make many petitions to you? Or will he speak soft words to you?
4
के लेबीयथानले ‘तिम्रो सेवा सँधै गर्छु’ भनेर समझौता र वाचा खाएको छ?
4
Will he make a covenant with you, That you should take him for a servant forever?
5
के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ? के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?
5
Will you play with him as with a bird? Or will you bind him for your girls?
6
के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ? के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूसित बेच्छन?
6
Will traders barter for him? Will they part him among the merchants?
7
के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ?
7
Can you fill his skin with barbed irons, Or his head with fish-spears?
8
अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ। खाली चिन्ता गर युद्ध बारे जुन हुनेवाला छ।
8
Lay your hand on him. Remember the battle, and do so no more.
9
के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ? ठीकै छ, भूल यसलाई। त्यहाँ आशा छैन। खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।
9
Behold, the hope of him is in vain. Will not one be cast down even at the sight of him?
10
कुनै मानिस पनि त्यस्तो वीर छैन् जसले त्यसलाई रिस उठाउँछ। ठिक, मेरो विरूद्ध कुनै मानिस उठ्न सक्तैन्।
10
None is so fierce that he dare stir him up. Who then is he who can stand before me?
11
म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।
11
Who has first given to me, that I should repay him? Everything under the heavens is mine.
12
अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु, उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु।
12
"I will not keep silence concerning his limbs, Nor his mighty strength, nor his goodly frame.
13
कसैले पनि उसको छाला छेडन सक्तैन। उसको छाला ढाल बराबर छ।
13
Who can strip off his outer garment? Who shall come within his jaws?
14
कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन। उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँदछ।
14
Who can open the doors of his face? Around his teeth is terror.
15
त्यसको ढाड बलियो गरी जोडिएका ढालहरू झैं बलियो छ।
15
Strong scales are his pride, Shut up together with a close seal.
16
ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन् कि त्यसबाट हावासम्म छिर्न सक्तैन।
16
One is so near to another, That no air can come between them.
17
ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समिटिएका छन् कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।
17
They are joined one to another; They stick together, so that they can't be pulled apart.
18
जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ। उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।
18
His sneezing flashes forth light, His eyes are like the eyelids of the morning.
19
आगोको अगुल्टोहरू बलेको जस्तै ज्वाला उसको मुखबाट बाहिर आउँदछ।
19
Out of his mouth go burning torches, Sparks of fire leap forth.
20
पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो लेबीयथानको नाकबाट धुवाँ निस्कन्छ।
20
Out of his nostrils a smoke goes, As of a boiling pot over a fire of reeds.
21
अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ लेबीयथानको सासले कोईला जलाउँदछ।
21
His breath kindles coals. A flame goes forth from his mouth.
22
लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ, विपदहरू त्यो देखि डराएर भाग्दछन्।
22
In his neck there is strength. Terror dances before him.
23
त्यसको छालामा कतै पनि नरम भाग हुँदैन त्यो फलाम जस्तो कडा हुन्छ।
23
The flakes of his flesh are joined together. They are firm on him. They can't be moved.
24
लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ। त्यससँग डर भनेको रत्तिभर हुँदैन। यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ।
24
His heart is as firm as a stone, Yes, firm as the lower millstone.
25
जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्। जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन।
25
When he raises himself up, the mighty are afraid. They retreat before his thrashing.
26
तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ तर ती सबै उछिट्टिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन।
26
If one lay at him with the sword, it can't avail; Nor the spear, the dart, nor the pointed shaft.
27
लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ। त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ।
27
He counts iron as straw; And brass as rotten wood.
28
काँडले लेबीयथानलाई भगाउन सक्तैन। ढुङ्गाहरु पनि उसका निम्ति पराल झैं हुन्छन्।
28
The arrow can't make him flee. Sling stones are like chaff to him.
29
जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँदछन्।
29
Clubs are counted as stubble. He laughs at the rushing of the javelin.
30
लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन। उसले हलोले झैं जमीन फुटाउँछ।
30
His undersides are like sharp potsherds, Leaving a trail in the mud like a threshing sledge.
31
लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ। त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँदछ।
31
He makes the deep to boil like a pot. He makes the sea like a pot of ointment.
32
जब लेबीयथान पौरिन्छ त्यसले आफू पछाडि बाटो छाडदछ। त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फीज छोडछ।
32
He makes a path to shine after him. One would think the deep had white hair.
33
लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन त्यो भयरहित बनाइएको प्राणी हो।
33
On earth there is not his equal, That is made without fear.
34
लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो। अनि म, परमेश्वरले, लेबीयथान सृजना गरें।”
34
He sees everything that is high: He is king over all the sons of pride."
Choose Theme