Home
Bibles
Bible Study with Steffi
Parallel अय्यूब 36
Aa
Parallel अय्यूब
Chapter 36
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
एलीहू लगातार बोलिरह्यो। उसले भन्योः
1
Elihu also continued, and said,
2
“मसँग केही वेर धैर्यधारण गरी बस परमेश्वरसँग केही कुराहरू छन् जुन मसँग गर्न चाहनुहुन्छ।
2
"Bear with me a little, and I will show you; For I still have something to say on God's behalf.
3
म टाढाबाट बुद्धि पाउँछु। परमेश्वरले मलाई बनाउनु भयो अनि म प्रमाण गर्न चाहन्छु कि परमेश्वर धर्मी हुनुहुन्छ।
3
I will get my knowledge from afar, And will ascribe righteousness to my Maker.
4
अय्यूब म सत्य कुरा भनिरहेछु। म के विषयमा भनिरहेछु त्यो म जान्दछु।
4
For truly my words are not false. One who is perfect in knowledge is with you.
5
परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँले मानिसहरूलाई घृणा गर्नु हुन्न। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ तर उहाँ अत्यन्त ज्ञानी पनि हुनुहुन्छ।
5
"Behold, God is mighty, and doesn't despise anyone. He is mighty in strength of understanding.
6
परमेश्वरले दुष्ट मानिसहरूलाई बाँच्न दिनुहुन्न। परमेश्वरले सधैं दीन-दुःखी मानिसहरूलाई समान व्यवहार गर्नुहुन्छ।
6
He doesn't preserve the life of the wicked, But gives to the afflicted their right.
7
परमेश्वरले धर्मी मानिसहरूमाथि पहरा दिनु रोकिनु हुनेछैन। उहाँले राजाहरूलाई सिंहासनमा चीरकालको लागि राख्नु हुन्छ अनि तिनीहरूको उन्नति गराउनु हुन्छ।
7
He doesn't withdraw his eyes from the righteous, But with kings on the throne, He sets them forever, and they are exalted.
8
यसैले मानिसहरू दण्डित भए भने, यदि तिनीहरू साङ्गलो र डोरीहरूले बाँधिए भने, अनि तिनीहरूले गरेका कर्महरूको विषयमा परमेश्वरले भन्न हुनेछ,
8
If they are bound in fetters, And are taken in the cords of afflictions,
9
तिनीहरूले के गल्ती गरेका छन् अनि तिनीहरूले अपराधहरूमा गर्व गर्छन, परमेश्वरले तिनीहरूलाई भन्नु हुनेछ।
9
Then he shows them their work, And their transgressions, that they have behaved themselves proudly.
10
परमेश्वरले तिनीहरूलाई उहाँले दिएको चेताउनी धैर्य साथ सुन्न वाध्य गराउनु हुनेछ। उहाँले तिनीहरूलाई गल्ती कर्महरू गर्न बन्द गर भन्नुहुनेछ।
10
He also opens their ears to instruction, And commands that they return from iniquity.
11
यदि ती मानिसहरूले परमेश्वरको कुराप्रति ध्यान दिएर उहाँको आज्ञा पालन गरे परमेश्वरले तिनीहरूलाई सफल बनाउनु हुनेछ अनि तिनीहरू सुखी जीवन बाँच्नेछन्।
11
If they listen and serve him, They shall spend their days in prosperity, And their years in pleasures.
12
तर तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेनन भने तिनीहरू ध्वंश हुने छन्। तिनीहरू मूर्खहरू जस्तै मर्नेछन्।
12
But if they don't listen, they shall perish by the sword; They shall die without knowledge.
13
मानिसहरू जसले परमेश्वरको पर्वाह गर्दैनन् तिनीहरू सधैं रीस गर्छन्। परमेश्वरले तिनीहरूलाई दण्ड दिए तापनि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न अस्वीकार गर्छन्।
13
"But those who are godless in heart lay up anger. They don't cry for help when he binds them.
14
अपमानित जीवनदेखि थोकेकाहरू जस्तै तिनीहरू आफ्ना जवानीपन मै मर्छन्।
14
They die in youth. Their life perishes among the unclean.
15
तर परमेश्वरले मानिसहरूलाई उहाँमाथि ध्यान दिओस् भनी चेतना दिनको लागि कष्ट दिनुहुन्छ। उहाँले तिनीहरूको कष्ट निवारण गरिदिनु हुन्छ।
15
He delivers the afflicted by their affliction, And opens their ear in oppression.
16
अय्यूब, परमेश्वरले तिमीलाई सहयोग गर्नु हुनेछ परमेश्वरले तिमीलाई संकटहरूदेखि छुटकारा दिनुहुनेछ परमेश्वरले तिमीलाई जीवन सजिलो दिनुहुनेछ। परमेश्वरले तिम्रो टेबलमा प्रशस्त भोजनहरू राखिदिनु हुनेछ।
16
Yes, he would have allured you out of distress, Into a broad place, where there is no restriction. That which is set on your table would be full of fatness.
17
तर तिमी हैरान छौ कि तिमी दुष्ट भएको कारण परमेश्वर तिमीप्रति अन्यायी हुनु भएको छ। तिमी खाली अदालत जान र न्याय माग्ने कुरा सोचिरहन्छौ।
17
"But you are full of the judgment of the wicked. Judgment and justice take hold of you.
18
तिम्रो रीसले परमेश्वरलाई खिसी गर्न तिमीलाई वहकाउन नदेऊ। सही बाटोबाट महा-प्रलोभनले तिमीलाई खिच्न नदेऊ।
18
Don't let riches entice you to wrath, Neither let the great size of a bribe turn you aside.
19
के तिम्रो चित्कारले अथवा तिम्रो अथक चेष्टाहरूले तिमीलाई कष्टबाट बाहिर निकाल्छ?
19
Would your wealth sustain you in distress, Or all the might of your strength?
20
जो मानिसहरू राती भित्र लुक्न चाहन्छन यसर्थ तिनीहरूलाई भेट्नु रात आओस् भनी कामना गर्छन्। तिनीहरू सोच्छन् कि तिनीहरू परमेश्वरको आँखा छल्न सकछन्।
20
Don't desire the night, When people are cut off in their place.
21
अय्यूब, तिमीले धेरै कष्ट भोग्यौ। गल्ती नगर्नुको लागि होशियार बन। खराब कर्म नगर।
21
Take heed, don't regard iniquity; For this you have chosen rather than affliction.
22
हेर, परमेश्वरको शक्तिले उसलाई महान बनायो। परमेश्वर नै महान गुरू हुनुहुन्छ।
22
Behold, God is exalted in his power. Who is a teacher like him?
23
कसैले पनि परमेश्वरलाई के गर्नु पर्ने भनेर बताउनु पर्दैन। कसैले पनि परमेश्वरलाई ‘तपाईंले खराब काम गर्नु भयो’ भनी भन्न सक्तैन।
23
Who has prescribed his way for him? Or who can say, 'You have committed unrighteousness?'
24
उहाँले गर्नुभएको कामको लागि उहाँको प्रशंसा गर्नु नभूल। मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै धेरै गीतहरू लेखेका छन्।
24
"Remember that you magnify his work, Whereof men have sung.
25
परमेश्वरले के गर्नु भयो प्रत्येकले देख्न सक्छन्। धेरै टाढो देशका मानिसहरूले पनि ती कुराहरू देख्न सक्छन्।
25
All men have looked thereon. Man sees it afar off.
26
हो, परमेश्वर महान् हुनुहुन्छ। तर हामी उहाँको महानता बुझ्न सक्तैनौं। हामी जान्दैनौं कि परमेश्वर देखि हुनुहुन्छ।
26
Behold, God is great, and we don't know him. The number of his years is unsearchable.
27
परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ अनि यसलाई तुषारो र हिउँमा परिवर्तन गर्नुहुन्छ।
27
For he draws up the drops of water, Which distill in rain from his vapor,
28
यसकारण बादलले पानी बर्षाउँछ अनि धेरै पानी मानिसहरूमाथि पर्छ।
28
Which the skies pour down And drop on man abundantly.
29
परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ अथवा मेघ कसरी गर्जाउनु हुन्छ कसैले पनि बुझ्न सक्तैन।
29
Yes, can any understand the spreading of the clouds, And the thunderings of his pavilion?
30
हेर, परमेश्वरले पृथ्वीमाथि प्रकाश फैलाउनु भयो समुद्रको गहिरो भागसम्म ढाक्नु भयो।
30
Behold, he spreads his light around him. He covers the bottom of the sea.
31
मानिसहरूमाथि नियन्त्रण राख्न अनि तिनीहरूलाई प्रशस्त भोजन दिन परमेश्वरले यसो गर्नु हुन्छ।
31
For by these he judges the people. He gives food in abundance.
32
परमेश्वरले उज्यालो आफ्नो हातमा अठ्याउनु हुन्छ र उहाँले जहाँ चाहनुहुन्छ त्यहाँ हिर्काउने आदेश गर्नु हुन्छ।
32
He covers his hands with the lightning, And commands it to strike the mark.
33
आकाशको गर्जनले आँधी कहाँ आउदैछ बताउँछ। यसर्थ गाई वस्तुले पनि बुझ्छ कि आँधी बेई कहाँ आउँदैछ।
33
The noise of it tells about him, And the cattle also concerning the storm that comes up.
Choose Theme