Home
Bibles
Bible Study with Steffi
Parallel उत्पत्ति 27
Aa
Parallel उत्पत्ति
Chapter 27
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
इसहाक बूढा भइसकेका थिए र उनका आँखा यति कमजोर भएका थिए उनले राम्ररी देख्न सक्तैन थिए। एक दिन आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, “हे मेरो छोरा।”एसावले उत्तर दिए, “भन्नु होस्, बाबु।”
1
It happened, that when Isaac was old, and his eyes were dim, so that he could not see, he called Esau his elder son, and said to him, "My son?" He said to him, "Here I am."
2
इसहाकले भने, “हेर, म बूढा भइसकेकोछु। हुन सक्छ अब म चाँडै मर्नेछु।
2
He said, "See now, I am old. I don't know the day of my death.
3
अब तँ मेरो निम्ति धनु काँड लिएर शिकार खेल्न जा र एउटा जनावर मारेर।
3
Now therefore, please take your weapons, your quiver and your bow, and go out to the field, and take me venison.
4
मेरो निम्ति स्वादिष्ट भोजन बनाएर मलाई दे, म खान्छु। तब म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिन्छु।”
4
Make me savory food, such as I love, and bring it to me, that I may eat, and that my soul may bless you before I die."
5
यसर्थ एसाव शिकार खेल्न गए।याकूबले चलाखी गर्छजति बेला इसहाकले एसावसँग ती कुराहरू गरे रिबेकाले सुनिरहेकी थिइ।
5
Rebekah heard when Isaac spoke to Esau his son. Esau went to the field to hunt for venison, and to bring it.
6
रिबेकाले आफ्नो छोरो याकूबलाई भनिन्, “सुन्! तेरो बाबु र दाज्यू कुरा गरिहेको मैले सुनें।
6
Rebekah spoke to Jacob her son, saying, "Behold, I heard your father speak to Esau your brother, saying,
7
तेरो बाबुले भने, ‘मेरो निम्ति एउटा जनावर मार। मेरो निम्ति भोजन बना र म खानेछु। त्यसपछि म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिनेछु।’
7
'Bring me venison, and make me savory food, that I may eat, and bless you before Yahweh before my death.'
8
यसर्थ मेरा कुरा सुन छोरो, र म जसो भन्छु त्यसै गर।
8
Now therefore, my son, obey my voice according to that which I command you.
9
आफ्ना बाख्राहरू भएको ठाउँमा जा र दुइवटा मजाका बाख्राहरू लिएर आइज। म तिनीहरूबाट यस्तो स्वादिष्ठ भोजन तयार पार्नेछु जस्तो तेरो बाबुले मन पराउँछन्।
9
Go now to the flock, and get me from there two good kids of the goats. I will make them savory food for your father, such as he loves.
10
त्यसपछि तैंले तेरो बाबुलाई भोजन पुर्याउनु र उनको मृत्युअघि तँलाईं आशीर्वाद दिनेछन्।”
10
You shall bring it to your father, that he may eat, so that he may bless you before his death."
11
तर याकूबले आफ्नी आमालाई भने, “मेरा दाज्यू रौं नै रौं भएको मानिस हुन् म तिनी जस्तो रौं नै रौं भएको मानिस होइन।
11
Jacob said to Rebekah his mother, "Behold, Esau my brother is a hairy man, and I am a smooth man.
12
यदि मेरा बुबा मलाई छुनु हुन्छ, तब उनीले थाह पाउनेछन्, म एसाव होइन। उनले मलाई आशिर्वाद दिने छैनन्। किनभने मैले उनीसंग हिंड्ने प्रयत्न गरे।”
12
What if my father touches me? I will seem to him as a deceiver, and I would bring a curse on myself, and not a blessing."
13
यसर्थ रिबेकाले उसलाई भनिन्, “यदि केही झमेला उब्जेको खण्डमा म त्यसको दोष स्वीकार्नेछु। मैले भनेको मान अनि गएर दुइवटा छिप्पिएका बाख्राहरू लिएर आइज।”
13
His mother said to him, "Let your curse be on me, my son. Only obey my voice, and go get them for me."
14
यसर्थ याकूब बाहिर गए अनि दुइवटा बाख्राहरू समाते अनि आमाकहाँ ल्याए। उनकी आमाले मासुको उसका बुबाले मन पराउने तरकारी पकाइन्।
14
He went, and got them, and brought them to his mother. His mother made savory food, such as his father loved.
15
त्यसपछि रिबेकाले उसको जेठा छोरोले लगाउन मन पराउँने पोशक ल्याईन्। उनले आफ्नो कान्छो छोरो याकूबलाई त्यो पोशाक लगाउन दिईन्।
15
Rebekah took the good clothes of Esau, her elder son, which were with her in the house, and put them on Jacob, her younger son.
16
रिबेकाले बाख्राको पाठाका छालाहरू याकूबको गाला अनि हातमा वाँधिदिई।
16
She put the skins of the kids of the goats on his hands, and on the smooth of his neck.
17
तब उनले याकूबलाई आफूले पकाएको स्वादिष्ट भोजन अनि पोलेको रोटी दिईन्।
17
She gave the savory food and the bread, which she had prepared, into the hand of her son Jacob.
18
याकूबले आफ्नो बाबुको नजिक गएर भने, “बुबा।”अनि उसको बाबुले सोधे, “के, तँ को होस्?”
18
He came to his father, and said, "My father?" He said, "Here I am. Who are you, my son?"
19
याकूबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरें। अब उठ्नुहोस् अनि मैले शिकार गरी मारेको मृगको मासुको स्वाद चाख्नु होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।”
19
Jacob said to his father, "I am Esau your firstborn. I have done what you asked me to do. Please arise, sit and eat of my venison, that your soul may bless me."
20
तर इसहाकले आफ्नो छोरालाई भने, “तैंले यति चाँडो शिकार खेली कसरी जनावरहरू मारिस्?”याकूबले भने, “किनभने परमप्रभु परमेश्वले मलाई झट्टै नै शिकार फेला पारिदिनु भयो।”
20
Isaac said to his son, "How is it that you have found it so quickly, my son?" He said, "Because Yahweh your God gave me success."
21
तब इसहाकले याकूबलाई भने, “मेरो छोरो, मेरो छेऊमा आइज त, यदि मैले छोएँ भने म जान्न सक्छु साँच्चै तँ मेरो छोरो एसाव नै होस्।”
21
Isaac said to Jacob, "Please come near, that I may feel you, my son, whether you are really my son Esau or not."
22
यसर्थ याकूब आफ्नो बाबु इसहाक छेऊमा गए। इसहाकले छोए अनि भने, “तेरो आवाज याकूबको जस्तो सुनिन्छ, तर तेरा पाखुराहरू रौले भरिएकोले एसाव जस्तै लाग्छ।”
22
Jacob went near to Isaac his father. He felt him, and said, "The voice is Jacob's voice, but the hands are the hands of Esau."
23
इसहाकले यो याकूब नै हो भनी चिन्न सकेनन् किनभने उसको पाखुराहरू एसावको झैं थियो। यसर्थ इसहाकले याकूबलाई आशीर्वाद दिए।
23
He didn't recognize him, because his hands were hairy, like his brother, Esau's hands. So he blessed him.
24
इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव होस्?”याकूबले उत्तर दिए, “हो, म एसाव नै हुँ।”
24
He said, "Are you really my son Esau?" He said, "I am."
25
तब इसहाकले भने, “मलाई खाने कुरो ल्याइदे। म त्यो खानेछु अनि तलाईं आशीर्वाद दिनेछु।” याकूबले इसहाकलाई खान दिए अनि तिनले खाए। त्यसपछि याकूबले तिनलाई केही दाखरस पनि दिए अनि उनले पिए।
25
He said, "Bring it near to me, and I will eat of my son's venison, that my soul may bless you." He brought it near to him, and he ate. He brought him wine, and he drank.
26
त्यसपछि इसहाकले उनलाई भने, “मेरो छोरो, मेरो नजिके आएर मलाई चुम्बन गर्”।
26
His father Isaac said to him, "Come near now, and kiss me, my son."
27
तब याकूबले आफ्नो बाबुको नजिक गएर चुम्बन गरे। इसहाकले तिनका लुगाहरूको गन्ध सुँघे र उनलाई आशीर्वाद दिए। इसहाकले भने,“मेरो छोरो परमप्रभुबाट आशीर्वाद पाएको खेतको सुगन्ध झैं होस्।
27
He came near, and kissed him. He smelled the smell of his clothing, and blessed him, and said, "Behold, the smell of my son Is as the smell of a field which Yahweh has blessed.
28
परमप्रभुले तँलाईं धेरै वर्षा दिऊन् जसले गर्दा तँलाईं धेरै अन्न र दाखरसहरू प्राप्त होस्।
28
God give you of the dew of the sky, Of the fatness of the earth, And plenty of grain and new wine.
29
सबै मानिसहरूले तेरो सेवा गरून्। राष्ट्र तेरो अघि झुकोस्। तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्। तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्। प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ, अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”
29
Let peoples serve you, Nations bow down to you. Be lord over your brothers, Let your mother's sons bow down to you. Cursed be everyone who curses you, Blessed be everyone who blesses you."
30
इसहाकले याकूबलाई आशीर्वाद दिने काम पूरा गरे। याकूबले आफ्नो बाबु इसहाकलाई छोडेर गएको मात्र थिए एसाव शिकारबाट फर्केर आए।
30
It happened, as soon as Isaac had made an end of blessing Jacob, and Jacob had just gone out from the presence of Isaac his father, that Esau his brother came in from his hunting.
31
एसावले आफ्नो बुबाले मन पराउने परिकारको मासु तयार पारे अनि बुबाकहाँ ल्याए। उनले आफ्नो बुबालाई भने, “बुबा” म तपाईंको छोरो हुँ। उठ्नुहोस् अनि मृगको मासु चाख्नु होस ताकि तपाईं मलाई आशिष दिनु सक्नुहुन्छ।
31
He also made savory food, and brought it to his father. He said to his father, "Let my father arise, and eat of his son's venison, that your soul may bless me."
32
तर इसहाकले उसलाई सोधे, “तँ को होस्?”उनले उत्तर दिए, “म तपाईंको छोरो एसाव हुँ। तपाईंको जेठो छोरो।”
32
Isaac his father said to him, "Who are you?" He said, "I am your son, your firstborn, Esau."
33
तब इसहाक छक्क परे र काँपे अनि भने, “त्यो को थियो जसले तँ आउनु भन्दा अघि नै मासु ल्यायो? मैले सबै खाँए अनि त्यसलाई आशीर्वाद दिएँ। अब आशीर्वाद फर्काउन अत्यन्तै ढिलो भयो।”
33
Isaac trembled violently, and said, "Who, then, is he who has taken venison, and brought it me, and I have eaten of all before you came, and have blessed him? Yes, he will be blessed."
34
एसावले आफ्नो बाबुको कुरा सुने। तिनी अत्यन्तै क्रोधित भए अनि दुःखी भए। तिनी चिच्याए अनि बाबुलाई भने, “बुबा, मलाई पनि आशीर्वाद दिनुहोस्।”
34
When Esau heard the words of his father, he cried with an exceeding great and bitter cry, and said to his father, "Bless me, even me also, my father."
35
इसहाकले भने, “तेरो भाइले मसित ध्रूत्याइँ गर्यो। त्यो आयो अनि तैंले पाउने आशीर्वाद लिएर गयो।”
35
He said, "Your brother came with deceit, and has taken away your blessing."
36
एसावले भने, “उसको नाउँ याकूब हो। यो नाउँ उसको निम्ति उपयुक्त छ। उनले मसित दुइ पल्ट चलाखी गर्यो। उनले मबाट जेठो छोरोको अधिकार खोस्यो अनि अहिले मैले पाउँने आशीर्वाद लग्यो।” त्यसपछि एसावले भने, “मेरो निम्ति केही आशीर्वाद साँच्नु भएको छ?”
36
He said, "Isn't he rightly named Jacob? For he has supplanted me these two times. He took away my birthright. See, now he has taken away my blessing." He said, "Haven't you reserved a blessing for me?"
37
इसहाकले उत्तर दिए, “छैन, अब एकदमै ढिलो भयो। मैले याकूबलाई तँमाथि शासन गर्ने शाक्ति दिएँ। उसका सबै दाज्यू-भाइहरू उसको नोकर हुनेछन् पनि भनें। अनि मैले उसको निम्ति धेरै अन्न फलोस् अनि दाखरस होस् भनेर आशीर्वाद दिएँ। अब तेरो निम्ति मेरोमा केही छैन।”
37
Isaac answered Esau, "Behold, I have made him your lord, and all his brothers have I given to him for servants. With grain and new wine have I sustained him. What then will I do for you, my son?"
38
तर एसावले आफ्नो बाबुलाई आशीर्वाद मागिरह्यो। “के तपाईंसित खाली एउटै मात्र आशीर्वाद छ, बुबा? बुबा! मलाई पनि आशीर्वाद दिनुहोस्!” एसाव रून थाले।
38
Esau said to his father, "Have you but one blessing, my father? Bless me, even me also, my father." Esau lifted up his voice, and wept.
39
तब इसहाकले उनलाई भने, “तँ मलिलो भूमिमा बस्न पाउने छैनस्। तैंले आकाशबाट शीत सम्म पनि पाउने छैनस्।
39
Isaac his father answered him, "Behold, of the fatness of the earth will be your dwelling, And of the dew of the sky from above.
40
तैंले बाँच्नको निम्ति संघर्ष गर्नु पर्छ। अनि तँ आफ्नो भाइको कमारा बनिनेछस्। तर तैंले स्वाधीन हुन युद्ध गर्ने छस्। तैंले उसको नियन्त्रणलाई भत्काउने छस्।”
40
By your sword will you live, and you will serve your brother. It will happen, when you will break loose, That you shall shake his yoke from off your neck."
41
यस आशीर्वादको कारणले त्यसपछि एसावले याकूबलाई घृणा गर्न थाले। एसावले मनमा सोचे, “मेरा बाबु अब चाँडै मर्नु हुन्छ, अनि त्यसपछि उनको शोक गर्ने समय आउनेछ, तर त्यसपछि म उसलाई मार्नेछु।”
41
Esau hated Jacob because of the blessing with which his father blessed him. Esau said in his heart, "The days of mourning for my father are at hand. Then I will kill my brother Jacob."
42
एसावको याकूबलाई मार्ने योजना रिबेकाले सुनिन्। उनले याकूबलाई बोलाइन् र भनिन्, “सुन, तेरो दाज्यू एसावले तँलाईं मार्ने षड्यन्त्र रचिरहेको छ।
42
The words of Esau, her elder son, were told to Rebekah. She sent and called Jacob her younger son, and said to him, "Behold, your brother Esau comforts himself about you by planning to kill you.
43
यसर्थ, छोरो, म जे भन्छु त्यही गर। मेरो दाज्यू लाबान हारानमा छ, तँ त्यहाँ जा अनि लुक।
43
Now therefore, my son, obey my voice. Arise, flee to Laban, my brother, in Haran.
44
त्यहाँ उसित केही समयको निम्ति बस्। जब सम्म दाज्यू रिसाउन छाडदैन त्यतिञ्जेल तँ त्यही बस।
44
Stay with him a few days, until your brother's fury turns away;
45
केही समयपछि तेरो दाज्यूले तैंले उनलाई के गरिस् भुल्नेछ। त्यसपछि तँलाईं लिन म नोकरहरू पठाउनेछु। म एकै दिनमा दुइवटा छोराहरू हराउनु चाँहदिन।”
45
until your brother's anger turn away from you, and he forgets what you have done to him. Then I will send, and get you from there. Why should I be bereaved of you both in one day?"
46
तब रिबेकाले इसहाकलाई भनिन्, “तिम्रो छोरो एसावले हित्ती आइमाईहरू विवाह गरेको छ। म यी आइमाईहरूसित विरक्त भइसकेकी छु, कारण यी आइमाईहरू हाम्रा समाजका होइनन्। यदि याकूबले पनि ती आइमाईहरूबाट नै कसैसित विवाह गरे, म पनि मरिहाल्नेछु।”
46
Rebekah said to Isaac, "I am weary of my life because of the daughters of Heth. If Jacob takes a wife of the daughters of Heth, such as these, of the daughters of the land, what good will my life do me?"
Choose Theme