Home
Bibles
Bible Study with Steffi
Parallel उत्पत्ति 25
Aa
Parallel उत्पत्ति
Chapter 25
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
अब्राहामले फेरि विवाह गरे अनि तिनकी नयाँ पत्नीको नाउँ कतुरा थियो।
1
Abraham took another wife, and her name was Keturah.
2
कतुराले जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहालाई जन्माइन्।
2
She bore him Zimran, Jokshan, Medan, Midian, Ishbak, and Shuah.
3
योक्षान, शबा अनि ददानका बुबा थिए। ददानका सन्तानहरू, अश्शूरी, लतूशी अनि लऊम्मी हुन्।
3
Jokshan became the father of Sheba, and Dedan. The sons of Dedan were Asshurim, Letushim, and Leummim.
4
एपा, एपेर, हनोक अबीदा अनि एल्दा मिद्यानका छोराहरू थिए। अब्राहाम र कतुराको विवाहबाट यी नानीहरू भए।
4
The sons of Midian: Ephah, Epher, Hanoch, Abida, and Eldaah. All these were the children of Keturah.
5
अब्राहामको मृत्यु हुनु अघि नै आफ्नो नोकर्नीहरूका छोराहरूलाई केही उपहारहरू दिए अनि तिनीहरूलाई पूर्बतिर पठाइदिए।
5
Abraham gave all that he had to Isaac,
6
तिनीहरूलाई इसहाकदेखि टाढा पठाइदिए। त्यसपछि आफूसँग जे जति थियो अब्राहामले इसहाकलाई दिए।
6
but to the sons of the concubines who Abraham had, Abraham gave gifts. He sent them away from Isaac his son, while he yet lived, eastward, to the east country.
7
अब्राहाम एक सय पचहत्तर वर्षसम्म स्वस्थ थिए।
7
These are the days of the years of Abraham's life which he lived: one hundred seventy-five years.
8
त्यसपछि तिनी दुर्बल भए अनि मरे। तिनी घेरै वर्षसम्म आनन्दपूर्वक बाँचे। तिनलाई तिनका पुर्खाहरूसितै गाडियो।
8
Abraham gave up the spirit, and died in a good old age, an old man, and full of years, and was gathered to his people.
9
तिनका छोराहरू इसहाक अनि इश्माएलले तिनलाई मक्पेलाको ओडारमा गाडे। यो ओडार सोअरको छोरो एप्रोनको खेतमा थियो। यो मम्रेको पूर्वमा थियो।
9
Isaac and Ishmael, his sons, buried him in the cave of Machpelah, in the field of Ephron, the son of Zohar the Hittite, which is before Mamre,
10
यो त्यही ओडार थियो जुन अब्राहामले हित्ती मानिसहरूबाट किनेका थिए। अब्राहाम र तिनकी पत्नी सारालाई त्यही ओडारमा गाडे।
10
the field which Abraham purchased of the children of Heth. There was Abraham buried, with Sarah his wife.
11
अब्राहामको मृत्यु भएपछि परमेश्वरले इसहाकलाई आशीर्वाद दिनुभयो अनि तिनी बेर-लहै-रोईमा बसिरहे।
11
It happened after the death of Abraham, that God blessed Isaac, his son. Isaac lived by Beer Lahai Roi.
12
इश्माएलको परिवारको सूची यही हो। इश्माएल अब्राहाम र हागारको छोरो थिए। हागार साराकी मीश्र देशी कमारी थिइन्
12
Now this is the history of the generations of Ishmael, Abraham's son, whom Hagar the Egyptian, Sarah's handmaid, bore to Abraham.
13
इश्माएलका छोराहरूको नाउँ यस प्रकार थियो। पहिलो छोरो नबायोत थियो। त्यसपछि जन्मनेहरूको सूची अनुसार केदार, अबदेल, मिब्साम,
13
These are the names of the sons of Ishmael, by their names, according to the order of their birth: the firstborn of Ishmael, Nebaioth, then Kedar, Adbeel, Mibsam,
14
मिश्मा, दुमा, मस्सा,
14
Mishma, Dumah, Massa,
15
हदद, तेमा, यतूर, नपीश अनि केदमा थिए।
15
Hadad, Tema, Jetur, Naphish, and Kedemah.
16
तिनीहरूको पर्खालभित्र र बाहिरको सम्झौता अनुसार यिनीहरू इस्राएलका छोराहरू थिए।
16
These are the sons of Ishmael, and these are their names, by their villages, and by their encampments: twelve princes, according to their nations.
17
इश्माएल एक सय सैंतीस वर्षसम्म बाँचे। त्यसपछि उनको मृत्यु भयो। अनि उनलाई उनका आफन्तहरू गाडेको ठाउँमा गाडियो।
17
These are the years of the life of Ishmael: one hundred thirty-seven years. He gave up the spirit and died, and was gathered to his people.
18
इश्माएलका सन्तानहरू समस्त मरूभूमिको इलाकामा बसे। यिनीहरूको इलाका हवीलादेखि शूरको नजिक मिश्रको सीमा र यसको पनि अघि अश्शूरको किनारसम्म थियो। तिनीहरू घुमी हिंडे अनि आफ्नो दाज्यू-भाइ, सन्तानहरू र भूमिमाथि आक्रमण गरिरहे।
18
They lived from Havilah to Shur that is before Egypt, as you go toward Assyria. He lived opposite all his relatives.
19
इसहाक अब्राहामको छोरो थियो र यो तिनको वृत्तान्त कथा हो।
19
This is the history of the generations of Isaac, Abraham's son. Abraham became the father of Isaac.
20
जब इसहाक चालीस वर्षका भए उनले रिबेका नाउँकी कन्यासित विवाह गरे। रिबेका पद्दन-आराम भनिने ठाउँकी थिइन् अनि अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी थिइन्।
20
Isaac was forty years old when he took Rebekah, the daughter of Bethuel the Syrian of Paddan Aram, the sister of Laban the Syrian, to be his wife.
21
इसहाककी पत्नी रिबेका बाँझी थिई। यसर्थ इसहाकले आफ्नी पत्नीका निम्ति परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्नु भयो अनि रिबेका गर्भवती भइन्।
21
Isaac entreated Yahweh for his wife, because she was barren. Yahweh was entreated by him, and Rebekah his wife conceived.
22
जब रिबेका गर्भवती भइन्, उनले आफ्नो गर्भमा भएको शिशुबाट अत्यन्तै कष्ट सहनु पर्यो। उनको गर्भमा भएको शिशुहरू गर्भभित्रै आपसमा एका-अर्कामा लडाइँ गर्थे। रिबेकाले परमप्रभुसित प्रार्थना गरिन् अनि भनिन्, “मसित यस्तो किन भइरहेकोछ?”
22
The children struggled together within her. She said, "If it be so, why do I live?" She went to inquire of Yahweh.
23
परमप्रभुले उनलाई भन्नुभयो, “तिम्रो कोखमा दुइवटा राष्ट्रहरू छन्। दुइवटा राष्ट्रका राजाहरू तिमीबाट जन्मनेछन् र तिनीहरू छुट्टीनेछन्। एउटा छोरो अर्को छोरोभन्दा शाक्तिशाली हुनेछ अनि जेठाले कान्छाको सेवा गर्नेछ।”
23
Yahweh said to her, Two nations are in your womb, Two peoples will be separated from your body. The one people will be stronger than the other people. The elder will serve the younger.
24
अनि जब समय पूरा भयो तब रिबेकाले जुमल्याहा छोरा जन्माइन्।
24
When her days to be delivered were fulfilled, behold, there were twins in her womb.
25
पहिलो छोरो रातो वर्णको थियो अनि उसको छाला भुत्लाले बनिएको लुगा जस्तो थियो। यसर्थ उसको नाउँ एसाव राखियो।
25
The first came out red all over, like a hairy garment. They named him Esau.
26
जब दोस्रो छोरो जन्मियो। उनले पहिलो छोरो एसावको कुर्कुच्चा बलियोसित समातेको थियो। यसैले उसको नाउँ याकूब राखियो। एसाव र याकूब जन्मदा इसहाक साठी वर्ष पुगेका थिए।
26
After that, his brother came out, and his hand had hold on Esau's heel. He was named Jacob. Isaac was sixty years old when she bore them.
27
केटाहरू हलहली बढे। एसाव एकजना सिपालु शिकारी भयो अनि ऊ मैदानतिरै बस्न मन पराउँथ्यो। तर याकूब शान्त स्वभावको थियो अनि पाल भित्रै बस्थयो।
27
The boys grew. Esau was a skillful hunter, a man of the field. Jacob was a quiet man, living in tents.
28
इसहाकले एसावलाई मन पराउँथिए अनि उनले मारेको जनवारहरूको मासु खान रूचाउँथिए। तर रिबेकाले याकूवलाई माया गर्थिन्।
28
Now Isaac loved Esau, because he ate his venison. Rebekah loved Jacob.
29
एकदिन एसाव शिकारबाट थाकेर भोकले हत्तु भएर फर्केर आयो। याकूब एक भाँडा सिमी उसिनिरहेको थियो।
29
Jacob boiled stew. Esau came in from the field, and he was famished.
30
यसर्थ एसावले याकूबलई भने, “म भोकले दुर्बल भइरहेकोछु। मलाई त्यो केही रातो सिमी खान देऊ। (यही कारणले मानिसहरूले उसलाई एदोम भन्ने गर्द थिए।)
30
Esau said to Jacob, "Please feed me with that same red stew, for I am famished." Therefore his name was called Edom.
31
तर याकूबले उनलाई भने, “पहिला तिमीले मलाई जेठा छोराको जन्मअधिकार बेच्नु पर्छ।”
31
Jacob said, "First, sell me your birthright."
32
एसावले भने, “म भोकले मर्न आँटेकोछु। यदि म मरें भने मेरो बाबुको सबै सम्पत्तिले पनि केही सहायता गर्न सक्तैन। यसर्थ म मेरो अंश दिइहाल्छु।”
32
Esau said, "Behold, I am about to die. What good is the birthright to me?"
33
तर याकूबले भने, “पहिले मलाई वचन दे तैंले मलाई त्यो दिन्छस्।” यसकारण एसावले याकूबलाई वचन दियो। एसावले आफ्नो बाबुको सम्पत्तिको आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचि दियो।
33
Jacob said, "Swear to me first." He swore to him. He sold his birthright to Jacob.
34
तब याकूबले एसावलाई रोटी र भोजन दियो। एसावले खायो, र हिड्यो। यस प्रकारले एसावले यो देखायो आफू पहिलो छोरो भएकोमा उसलाई आफ्नो ज्येष्ठ-अधिकारको कुनै पर्वाह छैन।इसहाकले अबीमेलेकसित झुट्टो कुरा गर्छन
34
Jacob gave Esau bread and stew of lentils. He ate and drank, rose up, and went his way. So Esau despised his birthright.
Choose Theme