Home
Bibles
Bible Study with Steffi
Parallel उत्पत्ति 21
Aa
Parallel उत्पत्ति
Chapter 21
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो।
1
Yahweh visited Sarah as he had said, and Yahweh did to Sarah as he had spoken.
2
सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो।
2
Sarah conceived, and bore Abraham a son in his old age, at the set time of which God had spoken to him.
3
साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे।
3
Abraham called his son who was born to him, whom Sarah bare to him, Isaac.
4
परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए।
4
Abraham circumcised his son, Isaac, when he was eight days old, as God had commanded him.
5
अब्राहाम एक सय वर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो।
5
Abraham was one hundred years old when his son, Isaac, was born to him.
6
अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ।
6
Sarah said, "God has made me laugh. Everyone who hears will laugh with me."
7
कसैले पनि त्यो सोचेको थिएन अब्राहामको बुढेसकालमा साराले तिनलाई एउटा छोरो जन्माउनेछिन्। तर मैले बूढो अब्राहामको निम्ति छोरो जन्माइ दिएँ।”
7
She said, "Who would have said to Abraham, that Sarah would nurse children? For I have borne him a son in his old age."
8
इसहाक लगातर बढी रह्यो र चाँडै खँदिलो खाना खान शुरू गर्ने भयो। यसर्थ अब्राहामले एउटा ठूलो भोज खुवाए।
8
The child grew, and was weaned. Abraham made a great feast on the day that Isaac was weaned.
9
एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्।
9
Sarah saw the son of Hagar the Egyptian, whom she had borne to Abraham, mocking.
10
साराले अब्राहामलाई भनी, “त्यो कमारी स्त्री र उसको छोरोलाई खेदि दिनु होस्, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारी स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।”
10
Therefore she said to Abraham, "Cast out this handmaid and her son! For the son of this handmaid will not be heir with my son, even with Isaac."
11
यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए।
11
The thing was very grievous in Abraham's sight on account of his son.
12
तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ।
12
God said to Abraham, "Don't let it be grievous in your sight because of the boy, and because of your handmaid. In all that Sarah says to you, listen to her voice. For from Isaac will your seed be called.
13
तर म तिम्रो कमारी स्त्रीको छोरालाई पनि आशीर्वाद दिनेछु। उ पनि तिम्रो पुत्र हो र उनले पनि आफ्नो परिवारबाट एउटा विशाल राष्ट्र बनाउने छ।”
13
Also of the son of the handmaid will I make a nation, because he is your seed."
14
अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरूभूमिमा यता उता घुमी हिंड्न थालिन्।
14
Abraham rose up early in the morning, and took bread and a bottle of water, and gave it to Hagar, putting it on her shoulder, and gave her the child, and sent her away. She departed, and wandered in the wilderness of Beersheba.
15
केही समयपछि मशकको पानी सिद्धियो र पिउने पानी पनि थिएन। यसर्थ उनले आफ्नो छोरोलाई पोथ्रोमुनि राखिन्।
15
The water in the bottle was spent, and she cast the child under one of the shrubs.
16
तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्।
16
She went and sat down opposite him, a good way off, about a bow shot away. For she said, "Don't let me see the death of the child." She sat over against him, and lifted up her voice, and wept.
17
परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो।
17
God heard the voice of the boy. The angel of God called to Hagar out of the sky, and said to her, "What ails you, Hagar? Don't be afraid. For God has heard the voice of the boy where he is.
18
जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सगँ-संगै हिंडाऊ। म उसलाई धेरै धेरै मानिसहरूको पिता बनाउनेछु।”
18
Get up, lift up the boy, and hold him in your hand. For I will make him a great nation."
19
परमेश्वरले हागारको आँखा यसरी उघारी दिनु भयो उनले एउटा पानीको कूवा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यपछि छोरोलाई पानी पिउन दिइन्।
19
God opened her eyes, and she saw a well of water. She went, filled the bottle with water, and gave the boy drink.
20
जबसम्म हागारको छोरो ठूलो भएन परमेश्वर ऊसंग नै रहनु भयो। इश्माएल मरूभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो।
20
God was with the boy, and he grew. He lived in the wilderness, and became, as he grew up, an archer.
21
उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्माएल पारान मरूभूमिमा बसो-बास गर्न थाल्यो।
21
He lived in the wilderness of Paran. His mother took a wife for him out of the land of Egypt.
22
त्यही समय अबीमेलेक र उसको सेनापतिले अब्राहामसित कुरा गरे। तिनीहरूले अब्राहामलाई भने, “तिमी जे पनि गर्छौ परमेश्वरले तिमीलाई सघाउनु हुन्छ।
22
It happened at that time, that Abimelech and Phicol the captain of his host spoke to Abraham, saying, "God is with you in all that you do.
23
यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौ। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।”
23
Now therefore swear to me here by God that you will not deal falsely with me, nor with my son, nor with my son's son. But according to the kindness that I have done to you, you shall do to me, and to the land in which you have lived as a foreigner."
24
अब्राहामले भने, “म शपथ दिन्छु तिमीले मसित जस्तो व्यवहार गरेका छौ त्यही व्यवहार म पनि तिमीसित गर्नेछु।”
24
Abraham said, "I will swear."
25
तब अब्राहामले अबीमेलेकसित नालिश गरे। उनले नालिश गरे कारण अबीमेलेकका नोकरहरूले एउटा पानीको कूवा खोसेका थिए।
25
Abraham complained to Abimelech because of a water well, which Abimelech's servants had violently taken away.
26
तर अबीमेलेकले भने, “म जान्दिन कसले यस्तो काम गर्यो, तिमीले यस विषयमा मलाई भनेका थिएनौ, नत्र मैले आज भन्दा पहिला नै थाहा पाएँ।”
26
Abimelech said, "I don't know who has done this thing. Neither did you tell me, neither did I hear of it, until today."
27
यसकारण अब्राहाम र अबीमेलेकले एउटा सम्झौता गरे। यस सम्झौताको चिन्ह स्वरूप अब्राहामले अबीमेलेकलाई केही भेडाहरू र गाई वस्तुहरू दिए।
27
Abraham took sheep and oxen, and gave them to Abimelech. Those two made a covenant.
28
अब्राहामले सातवटा पाठी अबीमेलेकअघि राखि दिए।
28
Abraham set seven ewe lambs of the flock by themselves.
29
अबीमेलेकले अब्राहामलाई सोधे, “तिमीले यी सातओटा पाठीहरू चाँहि किन अलग्गै राखेका छौ?”
29
Abimelech said to Abraham, "What do these seven ewe lambs which you have set by themselves mean?"
30
अब्राहामले भने, “जब तिमीले मबाट यी सातवटा पाठीहरू लिन्छौ तब यो प्रमाण हुन्छ त्यो कूवा मैले खनाएको हो।”
30
He said, "You shall take these seven ewe lambs from my hand, that it may be a witness to me, that I have dug this well."
31
यसकारण यस घटनापछि त्यस कूवाको नाउँ बर्शेबा भयो। तिनीहरूले यस कूवाको नाउँ यस्तो राखे किन भने यस भूमिमा जहाँ तिनीहरूले एक अर्कालाई वचन दिएका थिए।
31
Therefore he called that place Beersheba, because they both swore there.
32
यस प्रकारले अब्राहाम र अबीमेलेकले बर्शेबामा सम्झौता गरेका थिए। त्यसपछि अबीमेलेक अनि उनको सेनापति पलिश्तीहरूको देशतिर फर्किए।
32
So they made a covenant at Beersheba. Abimelech rose up with Phicol, the captain of his host, and they returned into the land of the Philistines.
33
अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो संधै जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे।
33
Abraham planted a tamarisk tree in Beersheba, and called there on the name of Yahweh, the Everlasting God.
34
अनि अब्राहाम बाहिरको मानिस जस्तो भएर धेरै वर्षसम्म पलिश्तीहरूको देशमा बसे।
34
Abraham lived as a foreigner in the land of the Philistines many days.
Choose Theme