Home
Bibles
Bible Study with Steffi
Parallel प्रस्थान 40
Aa
Parallel प्रस्थान
Chapter 40
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
तब परमप्रभु मोशालाई भन्नु हुन्छ,
1
Yahweh spoke to Moses, saying,
2
“पवित्र पाललाई जुन भेट हुने पाल पनि भनिन्छ पहिलो महीनाको पहिलो दिन स्थापना गरिनु पर्छ।
2
"On the first day of the first month you shall raise up the tent of the Tent of Meeting.
3
पवित्र पालभित्र करारको सन्दूक राखेर त्यसलाई पर्दाले ढाकिदेऊ।
3
You shall put the ark of the testimony in it, and you shall screen the ark with the veil.
4
त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ।
4
You shall bring in the table, and set in order the things that are on it. You shall bring in the lampstand, and light the lamps of it.
5
धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ।
5
You shall set the golden altar for incense before the ark of the testimony, and put the screen of the door to the tent.
6
“तब होम बलिको लागि पवित्र पालको प्रवेशद्वारमा जसलाई भेट हुने पाल पनि भनिन्छ वेदी राख।
6
You shall set the altar of burnt offering before the door of the tent of the tent of meeting.
7
भेट हुने पाल र वेदीको बीचमा बाटा राख। त्यस बाटामा पानी हाल।
7
You shall set the basin between the tent of meeting and the altar, and shall put water therein.
8
आँगनको वरिपरि पर्दाको पर्खाल लगाऊ। तब आँगनको प्रवेश द्वारको अघि पर्दा लगाऊ।
8
You shall set up the court around it, and hang up the screen of the gate of the court.
9
“अभिषेक गर्ने तेल लिएर पाल तथा त्यसमा भएका प्रत्येक चीजलाई अभिषेक गर। यदि तिमीले ती सबै चीजमा अभिषेक तेलले अभिषेक गरेर तिनीहरू सबैलाई पवित्र पार्नेछौ।
9
You shall take the anointing oil, and anoint the tent, and all that is in it, and shall make it holy, and all its furniture: and it will be holy.
10
0होमबलिको वेदीमाथि अनि वेदीको निम्ति प्रयोग गरिने सबै चीजहरूमा तेल छर्क। यसले ती सबै चीजहरूलाई पवित्र अनि वेदी अति पवित्र बनाउँछ।
10
You shall anoint the altar of burnt offering, with all its vessels, and sanctify the altar: and the altar will be most holy.
11
बाटा र त्यस मुनिको आधार पवित्र पार्न तिनीहरूमाथि अभिषेक गर।
11
You shall anoint the basin and its base, and sanctify it.
12
“हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेश द्वारमा ल्याएर पानीले नुहाउन लगाऊ।
12
You shall bring Aaron and his sons to the door of the tent of meeting, and shall wash them with water.
13
त्यसपछि हारूनलाई विशेष लुगा लगाई पवित्र पार्न तेलले अभिषेक गर। त्यसपछि उसले पूजाहारी भई मेरो सेवा गर्न सक्छ।
13
You shall put on Aaron the holy garments; and you shall anoint him, and sanctify him, that he may minister to me in the priest's office.
14
त्यसपछि उसका छोराहरूलाई लुगा लगई देऊ।
14
You shall bring his sons, and put coats on them.
15
छोराहरूलाई पनि बुबालाई गरेकै प्रकारले अभिषेक गरिदेऊ। तब तिनीहरूले पनि पूजाहारी भई मेरो सेवा गर्न सक्छन्। जब तिमी तिनीहरूलाई अभिषेक गर्छौ तब तिनीहरू पूजाहारी हुन्छन्। भविष्यमा पनि त्यो परिवार पूजाहारी नै भइरहनेछ।”
15
You shall anoint them, as you anointed their father, that they may minister to me in the priest's office. Their anointing shall be to them for an everlasting priesthood throughout their generations.
16
परमप्रभुले आज्ञा गर्नु भए अनुसार नै मोशाले प्रत्येक चीज गरे।
16
Thus did Moses: according to all that Yahweh commanded him, so he did.
17
त्यसकारण पवित्र पाल ठीक समयमा स्थापन गरियो। इस्राएलीहरूले मिश्र छोडेको यो दोस्रो वर्षको पहिलो महीनाको पहिलो दिन थियो।
17
It happened in the first month in the second year, on the first day of the month, that the tent was raised up.
18
मोशाले पवित्र पाल स्थापित गरे। तिनले पहिले आधारहरू राखे अनि त्यसपछि आधारहरूमाथि फल्याकहरू राखे। तब उसले बार र तक्ताहरू भित्र लगाए अनि खम्बाहरू ठडाए।
18
Moses raised up the tent, and laid its sockets, and set up the boards of it, and put in the bars of it, and raised up its pillars.
19
तब मोशाले पवित्र पालमाथि कृपा-आसान राखे परमप्रभुले दिनु भएको आज्ञा अनुसार तिनले यसो गरे।
19
He spread the covering over the tent, and put the roof of the tent above on it, as Yahweh commanded Moses.
20
मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके।
20
He took and put the testimony into the ark, and set the poles on the ark, and put the mercy seat above on the ark.
21
तब मोशाले पवित्र सन्दूक पवित्र पालभित्र राखे अनि यसको अघि पर्दा झुण्डाइदिए। यस प्रकारले पर्दा पछाडी करारको सन्दूकलाई तिनले सुरक्षित पारे। तिनले परमप्रभुले दिनु भएको निर्देशन अनुसार गरे।
21
He brought the ark into the tent, and set up the veil of the screen, and screened the ark of the testimony, as Yahweh commanded Moses.
22
तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे।
22
He put the table in the tent of meeting, on the side of the tent northward, outside of the veil.
23
तब उनले टेबलमाथि परमप्रभुको सामने रोटी राखे। तिनले परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार यसो गरे।
23
He set the bread in order on it before Yahweh, as Yahweh commanded Moses.
24
उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे।
24
He put the lampstand in the tent of meeting, opposite the table, on the side of the tent southward.
25
उनले परमप्रभुको अघि दियोहरू बाले। तिनले यी सब कामहरू परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार गरे।
25
He lit the lamps before Yahweh, as Yahweh commanded Moses.
26
तब तिनले सुनको वेदी भेट हुने पाल भित्र राखे। वेदी पर्दाको अघिललातिर राखे।
26
He put the golden altar in the tent of meeting before the veil;
27
तब तिनले वेदीमा सुगन्धित धूप बाले। उनले यो परमप्रभुले दिनु भएको आज्ञा अनुसार गरे।
27
and he burnt incense of sweet spices on it, as Yahweh commanded Moses.
28
तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए।
28
He put up the screen of the door to the tent.
29
मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे।
29
He set the altar of burnt offering at the door of the tent of the tent of meeting, and offered on it the burnt offering and the meal-offering, as Yahweh commanded Moses.
30
तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे।
30
He set the basin between the tent of meeting and the altar, and put water therein, with which to wash.
31
मोशा, हारून र तिनका छोराहरूले आफ्नो हात-खुट्टा धुन यो बाटामा प्रयोग गरे।
31
Moses, Aaron, and his sons washed their hands and their feet there.
32
तिनीहरू भेट हुने पालमा पस्दा प्रत्येक पल्ट आफ्नो हात-खुट्टा धोए अनि त्यसरी नै तिनीहरू वेदी सामने जाँदा पनि हात-खुट्टा धोए। तिनीहरूले परमप्रभुले आज्ञा गरे अनुसार यसो गरे।
32
When they went into the tent of meeting, and when they came near to the altar, they washed, as Yahweh commanded Moses.
33
मोशाले पवित्र पालको आँगन वरिपरि पर्दा लगाए। तिनले आँगनमा वेदी राखे। अनि आँगनको प्रवेशद्वारमा पर्दा लगाए। मोशाले यी सबै काम समाप्त गरे।
33
He raised up the court around the tent and the altar, and set up the screen of the gate of the court. So Moses finished the work.
34
भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल परिपूर्ण भयो।
34
Then the cloud covered the tent of meeting, and the glory of Yahweh filled the tent.
35
बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेट हुने पालभित्र जान सकेनन्।
35
Moses wasn't able to enter into the tent of meeting, because the cloud stayed on it, and Yahweh's glory filled the tent.
36
जब बादल पवित्र पालबाटमाथि उठ्थ्यो इस्राएलीहरूले आफ्नो यात्रा शुरू गर्थे।
36
When the cloud was taken up from over the tent, the children of Israel went onward, throughout all their journeys;
37
तर जब बादल पवित्र पालबाटमाथि उठ्दैनथ्यो भने मानिसहरू हिंड्ने चेष्टा गर्दैनथे। तिनीहरू बादलमाथि नउठुञ्जेलसम्म एकै ठाउँमा बसिरहन्थे।
37
but if the cloud wasn't taken up, then they didn't travel until the day that it was taken up.
38
यसर्थ दिउँसो पवित्र पालमाथि परमप्रभुको बादल रहन्थ्यो अनि राती बादलमा आगो देखिन्थ्यो। यसर्थ जब यात्रा गर्थे समस्त इस्राएलीहरू बादल देख्न सक्थे।
38
For the cloud of Yahweh was on the tent by day, and there was fire in the cloud by night, in the sight of all the house of Israel, throughout all their journeys.
Choose Theme