Home
Bibles
Bible Study with Steffi
Parallel 2 राजा 3
Aa
Parallel 2 राजा
Chapter 3
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। यहोशापात यहुदाको राजा हुँदा अठाह्रौं वर्षकोसमयमा उनले शासन शुरू गरे। योरामले बाह्र वर्ष शासन गरे।
1
Now Jehoram the son of Ahab began to reign over Israel in Samaria in the eighteenth year of Jehoshaphat king of Judah, and reigned twelve years.
2
योरामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल कार्य भन्नु भएको थियो। तर योराम आफ्ना पिता र माता जस्ता थिएनन् किनभने उनले ती खाँबाहरू उखाले जसलाई उनका पिताले बालको पूजा गर्नका लागि बनाएका थिए।
2
He did that which was evil in the sight of Yahweh, but not like his father, and like his mother; for he put away the pillar of Baal that his father had made.
3
तर उनले नबातका छोरा यरोबामको जस्तो पाप गरिनै रहे। यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। योरामले यारोबामको पाप गर्न रोकेनन्।
3
Nevertheless he cleaved to the sins of Jeroboam the son of Nebat, with which he made Israel to sin; he didn't depart from it.
4
मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेडा थिए। मेशाले एक लाख भेडा र एक लाख भेडाका ऊन इस्राएलका राजालाई दिए।
4
Now Mesha king of Moab was a sheep-master; and he rendered to the king of Israel the wool of one hundred thousand lambs, and of one hundred thousand rams.
5
तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरूद्धमा बागी भए।
5
But it happened, when Ahab was dead, that the king of Moab rebelled against the king of Israel.
6
तब राजा योराम सामरियाबाट निस्किए अनि इस्राएलका मानिसहरूलाई भेला गरे।
6
King Jehoram went out of Samaria at that time, and mustered all Israel.
7
योरामले यहूदाका राजा यहोशापात कहाँ दूतहरूलाई पठाए। योरामले भने, “मोआबका राजा मेरो विरूद्धमा बागी भएका छन्। के तिमी मोआबको विरूद्धमा लड्न मसँग जाने छौ?”यहोशापातले भने, “अवश्य, म तिमीसँग जानेछु। मेरो मानिसहरू तिम्रा मानिसहरू जस्तै हुनेछन्। र मेरो घोडाहरू तिम्रा घोडाहरू जस्तै हुनेछन्।”
7
He went and sent to Jehoshaphat the king of Judah, saying, The king of Moab has rebelled against me: will you go with me against Moab to battle? He said, I will go up: I am as you are, my people as your people, my horses as your horses.
8
यहोशापातले योरामलाई सोधे, “हामी कुन बाटोबाट जाऊँ?”योरामले जवाफ दिए, “हामी एदोमको मरूभूमिबाट जानुपर्छ।”
8
He said, Which way shall we go up? He answered, The way of the wilderness of Edom.
9
यसकारण इस्राएलका राजा यहूदा र एदोमका राजाहरूसँगै गए। तिनीहरूलाई यात्रा गर्न सात दिन लाग्यो, त्यहाँ सेना र अरू पशुहरूका लागि पर्याप्त पानी थिएन।
9
So the king of Israel went, and the king of Judah, and the king of Edom; and they made a circuit of seven days' journey: and there was no water for the host, nor for the animals that followed them.
10
अन्तमा, इस्राएलका राजा योरामले भने, “हाय, मेरो विचारमा मोआबीलीहरूबाट परास्त गर्नका लागि परमप्रभुले हामी तीन जना राजाहरूलाई एउटा ठाउँमा ल्याउनुभयो।”
10
The king of Israel said, Alas! for Yahweh has called these three kings together to deliver them into the hand of Moab.
11
तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ताछन् यदि यहाँ छन भने हामी अगमवक्तालाई सोध्नु पर्छ जे परमप्रभु भन्नु हुन्छ हामीले त्यही गर्नु पर्छ।”इस्राएलका राजाका सेवकहरूमध्ये एक जनाले भने, “शापातका छोरा एलीशा यहाँ छन्। एलीशा एलियाका सेवक थिए।”
11
But Jehoshaphat said, Isn't there here a prophet of Yahweh, that we may inquire of Yahweh by him? One of the king of Israel's servants answered, Elisha the son of Shaphat is here, who poured water on the hands of Elijah.
12
यहोशापातले भने, “परमप्रभुको वाणी एलीशासँग छ।”यसकारण इस्राएलका राजा योराम, यहोशापात अनि एदोमका राजा एलीशालाई भेट्न गए।
12
Jehoshaphat said, The word of Yahweh is with him. So the king of Israel and Jehoshaphat and the king of Edom went down to him.
13
एलीशाले इस्राएलका राजा (योरामलाई) भने, “तपाईं मबाट के चाहनुहुन्छ? आफ्ना माता-पिताका अगमवक्ताहरूकहाँ जानुहोस्!”इस्राएलका राजाले एलीशालाई भने, “होइन, हामी तपाईसँग भेट्न आएका छौं किनभने परमप्रभुले हामी तीन जना राजाहरूलाई सँगै भेला हुन बोलाउनु भएको छ ताकि मोआबीहरूले हामीलाई परास्त गर्न नसकोस्।”
13
Elisha said to the king of Israel, What have I to do with you? get you to the prophets of your father, and to the prophets of your mother. The king of Israel said to him, No; for Yahweh has called these three kings together to deliver them into the hand of Moab.
14
एलीशाले भने, “यहूदाका राजा यहोशापातको म सम्मान गर्छु अनि म सर्वशक्तिमान परमप्रभुको सेवा गर्दछु। उनी जिउँदै छन् भनेर नै म यहोशापातसँग मात्र भेट्न यहाँ आएँ। म तिम्रो अघि साँचो कुरा भन्छु, यदि यहोशापात यहाँ नभए, म तिमी प्रति ध्यान दिने थिईंन। म सम्पूर्ण रूपमा तिम्रो अवहेलना गर्ने थिएँ।
14
Elisha said, As Yahweh of Hosts lives, before whom I stand, surely, were it not that I regard the presence of Jehoshaphat the king of Judah, I would not look toward you, nor see you.
15
तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।”जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो।
15
But now bring me a minstrel. It happened, when the minstrel played, that the hand of Yahweh came on him.
16
तब एलिशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन।
16
He said, Thus says Yahweh, Make this valley full of trenches.
17
परमप्रभु भन्नुहुन्छः तिमीले हावा देख्ने छैनौं, तिमीले पानी परेको देख्ने छैनौं। तर त्यो बेंसी पानीले भरिने छ। तब तिमी र तिम्रा गाईहरू र अरू पशुहरूले पिउने पानी पाउने छन्।
17
For thus says Yahweh, You shall not see wind, neither shall you see rain; yet that valley shall be filled with water, and you shall drink, both you and your cattle and your animals.
18
परमप्रभुका लागि यो गर्न सजिलो छ। उहाँले तिमीहरूलाई मोआबीलीहरूलाई जिताउनुहुनेछ।
18
This is but a light thing in the sight of Yahweh: he will also deliver the Moabites into your hand.
19
तिमीहरूले प्रत्येक दरिलो शहर अनि प्रत्येक राम्रो शहरमाथि आक्रमण गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो रूख काट्ने छौ। तिमीहरूले सबै पानीको श्रोतहरू बन्द गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो खेतलाई ढुंङ्गाले नष्ट पार्ने छौ जुन तिमीले फ्याँक्ने छौ।”
19
You shall strike every fortified city, and every choice city, and shall fell every good tree, and stop all springs of water, and mar every good piece of land with stones.
20
बिहानै बिहानको बलि दिने समयमा एदोमतिरबाट पानी बग्नथाल्यो अनि बेंसी भरियो।
20
It happened in the morning, about the time of offering the offering, that behold, there came water by the way of Edom, and the country was filled with water.
21
मोआबका मानिसहरूले सुने, राजाहरू तिनीहरूको विरोधमा लडाइँ गर्न आएका छन्। यसकारण मोआबमा मानिसहरूले ती सबै मानिसहरूलाई जो बूढो भए पनि कवच धारणगर्न सक्थे तिनीहरूलाई जम्मा गरे। तिनीहरूले तयार भएर लडाइँका लागि सीमानामा पर्खिने काम गरे।
21
Now when all the Moabites heard that the kings had come up to fight against them, they gathered themselves together, all who were able to put on armor, and upward, and stood on the border.
22
मोआबका मानिसहरू त्यस बिहान सबेरै उठे। उदाउँदै गरेको घाम घाँटीको पानी माथि चम्किरहेको थियो, अनि यो मोआबका मानिसहरूको रगत जस्तो देखिन्थ्यो।
22
They rose up early in the morning, and the sun shone on the water, and the Moabites saw the water over against them as red as blood:
23
मोआबका मानिसहरूले भने, “रगत हेर! राजाहरूले अवश्य नै एक अर्कासँग लडाइँ गरे। तिनीहरूले एक अर्कालाई सर्वनाश पारे होलान्। हामी लाशहरूबाट बहुमूल्य वस्तुहरू लिन जाऔं।”
23
and they said, This is blood; the kings are surely destroyed, and they have struck each man his fellow: now therefore, Moab, to the spoil.
24
मोआबीली मानिसहरू इस्राएलीहरूको शिबिरमा आए। तर इस्राएलीहरू बाहिर निस्किए अनि मोआबी सेनामाथि आक्रमण गरे। इस्राएलीहरूले मोआबीहरूलाई लखेटे। इस्राएलीहरूले मोआबीसँग लडाइँ गर्न तिनीहरूलाई मोआबसम्म पछ्याए।
24
When they came to the camp of Israel, the Israelites rose up and struck the Moabites, so that they fled before them; and they went forward into the land smiting the Moabites.
25
इस्राएलीहरूले शहरहरू असल पारे। तिनीहरूले मोआबमा प्रत्येक असल खेतमा ढुङ्गा फ्याँके। तिनीहरूले पानीका सबै मुहानहरू बन्दगरे। र तिनीहरूले सबै असल रूख काटेर ढालिदिए। कीरहेरशेत मात्र ढुङ्गाको पर्खालसंग छोडियो। तर घुँयेत्रो हान्ने मानिसहरूले कीरहेरशेतलाई घेरे र त्यसमाथि आक्रमण गरे।
25
They beat down the cities; and on every good piece of land they cast every man his stone, and filled it; and they stopped all the springs of water, and felled all the good trees, until in Kir Hareseth only they left the stones of it; however the men armed with slings went about it, and struck it.
26
मोआबका राजाले थाह पाए, युद्ध जित्न उनकालागि साह्रै नै मुश्किल छ। यसकारण उनले तरवारसमेत सात सय मानिसहरूलाई एदोमका राजाको हत्या गर्न अनि सेनालाई परास्त गर्न पठाए। तर तिनीहरूले एदोमका राजालाई परास्त गर्न सकेनन्।
26
When the king of Moab saw that the battle was too severe for him, he took with him seven hundred men who drew sword, to break through to the king of Edom; but they could not.
27
तब मोआबका राजाले आफ्नो जेठो छोरालाई लगे। यो त्यही छोरा थियो जो उनीपछि राजा हुनेवाला थिए। शहरको चारैतिर भित्ताहरूमाथि मोआबका राजाले आफ्नो छोरालाई होमबलिको रूपमा बलि चढाउन तयार भए। ठूलो रीस इस्राएलमाथि पर्यो। यसकारण इस्राएलका मानिसहरू मोआबका राजालाई छोडेर आफ्नो देशतिर फर्किए।
27
Then he took his eldest son who would have reigned in his place, and offered him for a burnt offering on the wall. There was great wrath against Israel: and they departed from him, and returned to their own land.
Choose Theme