Home
Bibles
Bible Study with Steffi
Parallel 1 इतिहास 2
Aa
Parallel 1 इतिहास
Chapter 2
नेपाली बाइबल · World English Bible
Change versions
Left Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Right Bible
Bible in Basic English
King James Version
New King James Version
World English Bible
Young's Literal Translation
বাংলা বাইবেল
ગુજરાતી બાઇબલ
हिन्दी बाइबिल
ಕನ್ನಡ ಬೈಬಲ್
മലയാളം ബൈബിൾ
मराठी बायबल
नेपाली बाइबल
ଓଡ଼ିଆ ବାଇବେଲ
தமிழ் பரிசுத்த வேதாகமம்
తెలుగు బైబిల్
Back to नेपाली बाइबल chapter
Back to World English Bible chapter
नेपाली बाइबल
World English Bible
1
इस्राएलका छोराहरू- रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून
1
These are the sons of Israel: Reuben, Simeon, Levi, and Judah, Issachar, and Zebulun,
2
दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए। यहूदाका छोराहरू
2
Dan, Joseph, and Benjamin, Naphtali, Gad, and Asher.
3
यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एरलाई मारिदिनु भयो।
3
The sons of Judah: Er, and Onan, and Shelah; which three were born to him of Shua's daughter the Canaanitess. Er, Judah's firstborn, was wicked in the sight of Yahweh; and he killed him.
4
यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।
4
Tamar his daughter-in-law bore him Perez and Zerah. All the sons of Judah were five.
5
पेरेसका छोराहरू- हेस्रोन र हामूल थिए।
5
The sons of Perez: Hezron, and Hamul.
6
जेरहका पाँचजना छोराहरू- थिए तिनीहरू जिम्री, एतान, हेमान, कल्कोल अनि दारा थिए।
6
The sons of Zerah: Zimri, and Ethan, and Heman, and Calcol, and Dara; five of them in all.
7
जिम्रीका छोरा कर्मी थिए। कर्मीको छोरा आकान थिए। आकान ती मानिस थिए जसले इस्राएल माथि धेरै कष्ट ल्याएका थिए। आकानले युद्धबाट लिएका चीजहरू राखे। उसले ती सबै चिजहरू परमेश्वरलाई दिनु पर्ने थियो।
7
The sons of Carmi: Achar, the troubler of Israel, who committed a trespass in the devoted thing.
8
एतानका छोरा अजर्याह थिए।
8
The sons of Ethan: Azariah.
9
हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए। रामका सन्तानहरू
9
The sons also of Hezron, who were born to him: Jerahmeel, and Ram, and Chelubai.
10
राम अम्मीनादाबका पिता थिए, अम्मीनादाब नहशोनका पिता थिए। नहशोन यहूदामा अगुवा थिए।
10
Ram became the father of Amminadab, and Amminadab became the father of Nahshon, prince of the children of Judah;
11
नहशोन सल्माका पिता थिए। सल्मा बोअजका पिता थिए।
11
and Nahshon became the father of Salma, and Salma became the father of Boaz,
12
बोअज ओबेदका पिता थिए। ओबेद यिशैका पिता थिए।
12
and Boaz became the father of Obed, and Obed became the father of Jesse;
13
यिशै एलीआबका पिता थिए। एलीआब यिशैका जेठा छोरा थिए। यिशैका माहिला छोरा अबीनादाब थिए। तिनका साहिंला छोरा शिमा थिए।
13
and Jesse became the father of his firstborn Eliab, and Abinadab the second, and Shimea the third,
14
नतनेल यिशैका काहिंला छोरा थिए। यिशैका अन्तरे छोरा रद्दै थिए।
14
Nethanel the fourth, Raddai the fifth,
15
ओसेम यिशैक जन्तरे छोरा थिए अनि दाऊद कान्छा छोरा थिए।
15
Ozem the sixth, David the seventh;
16
तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए।
16
and their sisters were Zeruiah and Abigail. The sons of Zeruiah: Abishai, and Joab, and Asahel, three.
17
अबीगेल अमासाका आमा थिइन्। अमासाका पिता येतेर थिए। येतेर इश्माएली थिए। कालेबका सन्तानहरू
17
Abigail bore Amasa; and the father of Amasa was Jether the Ishmaelite.
18
कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो। अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।
18
Caleb the son of Hezron became the father of children of Azubah his wife, and of Jerioth; and these were her sons: Jesher, and Shobab, and Ardon.
19
जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे।
19
Azubah died, and Caleb took to him Ephrath, who bore him Hur.
20
हूर ऊरीका पिता थिए। ऊरी बसलेलका पिता थिए।
20
Hur became the father of Uri, and Uri became the father of Bezalel.
21
पछि, जब हेस्रोन साठ्ठी बर्षका थिए, तिनले माकीरकी छोरीलाई विवाह गरे। माकीर गिलादका पिता थिए। हेस्रोनले माकीरकी छोरीसित शारीरिक सम्बन्ध गरे अनि तिनले सगूबलाई जन्म दिइन्।
21
Afterward Hezron went in to the daughter of Machir the father of Gilead, whom he took as wife when he was sixty years old; and she bore him Segub.
22
सगूब याईरका पिता थिए। याईरको गिलाद देशमा तेईसवटा शहरहरू थिए।
22
Segub became the father of Jair, who had twenty-three cities in the land of Gilead.
23
तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका स-साना शहरहरू थिए। जम्मा साठ्ठीवटा स-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।
23
Geshur and Aram took the towns of Jair from them, with Kenath, and the villages of it, even sixty cities. All these were the sons of Machir the father of Gilead.
24
हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए। यरहमेलका सन्तानहरू
24
After that Hezron was dead in Caleb Ephrathah, then Abijah Hezron's wife bore him Ashhur the father of Tekoa.
25
यरहमेल हेस्रोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए।
25
The sons of Jerahmeel the firstborn of Hezron were Ram the firstborn, and Bunah, and Oren, and Ozem, Ahijah.
26
यरहमेलकी अर्की पत्नी अतारा थिइन्। ओनामकी आमा अतारा थिइन्।
26
Jerahmeel had another wife, whose name was Atarah; she was the mother of Onam.
27
यरहमेलका जेठा छोरा रामका छोराहरू थिए। तिनीहरू मास, यामीन अनि एकेर थिए।
27
The sons of Ram the firstborn of Jerahmeel were Maaz, and Jamin, and Eker.
28
ओनामका छोराहरू शम्मै अनि यादा थिए। शम्मैका छोराहरू नादाब अनि अबीशूर हो।
28
The sons of Onam were Shammai, and Jada. The sons of Shammai: Nadab, and Abishur.
29
अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए।
29
The name of the wife of Abishur was Abihail; and she bore him Ahban, and Molid.
30
नादाबका छोराहरू सेलेद अनि अप्पेम थिए। सेलेदको मृत्यु बिनासन्तान भयो।
30
The sons of Nadab: Seled, and Appaim; but Seled died without children.
31
अप्पेमका छोरा यिशी थिए। यिशीका छोरा शेशान थिए। शेशानका छोरा अहलै थिए।
31
The sons of Appaim: Ishi. The sons of Ishi: Sheshan. The sons of Sheshan: Ahlai.
32
यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो।
32
The sons of Jada the brother of Shammai: Jether, and Jonathan; and Jether died without children.
33
जोनाथनका छोराहरू पेलेत र जाजा थिए। यो यरहमेलका सन्तानको सूची थियो।
33
The sons of Jonathan: Peleth, and Zaza. These were the sons of Jerahmeel.
34
शेशानका छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। शेशानकहाँ यर्हा नाउँ गरेका एउटा मिश्री सेवक थिए।
34
Now Sheshan had no sons, but daughters. Sheshan had a servant, an Egyptian, whose name was Jarha.
35
शेशानले आफ्नी छोरीको विवाह यर्हासित गरी दिए। तिनीहरूका एक छोरा थिए। उसको नाउँ अत्तै थियो।
35
Sheshan gave his daughter to Jarha his servant as wife; and she bore him Attai.
36
अत्तै नातानका पिता थिए। नातान जाबादका पिता थिए।
36
Attai became the father of Nathan, and Nathan became the father of Zabad,
37
जाबाद एपलालका पिता थिए। एपलाल ओबेदका पिता थिए।
37
and Zabad became the father of Ephlal, and Ephlal became the father of Obed,
38
ओबेद येहूका पिता थिए। येहू अजर्याहका पिता थिए।
38
and Obed became the father of Jehu, and Jehu became the father of Azariah,
39
अजर्याह हेलेसका पिता थिए। हेलेस एलासाका पिता थिए।
39
and Azariah became the father of Helez, and Helez became the father of Eleasah,
40
एलासा सिम्मैका पिता थिए। सिम्मै शल्लूमका पिता थिए।
40
and Eleasah became the father of Sismai, and Sismai became the father of Shallum,
41
शल्लूम यकम्याहका पिता थिए अनि यकम्याह एलीशामाका पिता थिए।
41
and Shallum became the father of Jekamiah, and Jekamiah became the father of Elishama.
42
कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।
42
The sons of Caleb the brother of Jerahmeel were Mesha his firstborn, who was the father of Ziph; and the sons of Mareshah the father of Hebron.
43
हेब्रोनका छोराहरू- कोरह, तम्पूह, रेकेम अनि शेमा थिए।
43
The sons of Hebron: Korah, and Tappuah, and Rekem, and Shema.
44
शेमा रहमका पिता थिए। रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।
44
Shema became the father of Raham, the father of Jorkeam; and Rekem became the father of Shammai.
45
शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।
45
The son of Shammai was Maon; and Maon was the father of Beth Zur.
46
कालेबकी उप-पत्नीको नाउँ एपा थियो। एपा हारान, मोसा अनि गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए।
46
Ephah, Caleb's concubine, bore Haran, and Moza, and Gazez; and Haran became the father of Gazez.
47
यहदैका छोराहरू- रेगेम, योताम, गेशान, पेलेत, एपा अनि शाम हुन्।
47
The sons of Jahdai: Regem, and Jothan, and Geshan, and Pelet, and Ephah, and Shaaph.
48
माका कालेबकी अर्की उप-पत्नी थिइन्। माका शेबेर अनि तिर्हानकी आमा थिइन्।
48
Maacah, Caleb's concubine, bore Sheber and Tirhanah.
49
माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्।
49
She bore also Shaaph the father of Madmannah, Sheva the father of Machbena, and the father of Gibea; and the daughter of Caleb was Achsah.
50
यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल,
50
These were the sons of Caleb, the son of Hur, the firstborn of Ephrathah: Shobal the father of Kiriath Jearim,
51
बेतलेहेमका संस्थापक सल्मा अनि बेत-गादेरका संस्थापक हारेप थिए।
51
Salma the father of Bethlehem, Hareph the father of Beth Gader.
52
शोबाल किर्यात-यारीमका संस्थापक थिए। यो शोबालका सन्तानहरूको सूची हो- हारोए, मनुहोनीहरूका आधा मानिसहरू,
52
Shobal the father of Kiriath Jearim had sons: Haroeh, half of the Menuhoth.
53
अनि किर्यात यारीमका परिवार समूह यिनीहरू- यित्री, पूही, शुमाती अनि मिश्राती मानिसहरू हुन्। सोराती अनि एश्ताओलीहरू मिश्रानी मानिसहरूबाट आएका थिए।
53
The families of Kiriath Jearim: The Ithrites, and the Puthites, and the Shumathites, and the Mishraites; of them came the Zorathites and the Eshtaolites.
54
यो सल्माका सन्तानहरूको सूची हो- बेतलेहेमबाट मानिसहरू नतोपाती थिए, अतारोत, बेतयोआब, मानहतका आधा जनसंख्याहरू, सोरी मानिसहरू, थिए।
54
The sons of Salma: Bethlehem, and the Netophathites, Atroth Beth Joab, and half of the Manahathites, the Zorites.
55
अनि ती पूजाहरीहरूका परिवार जो याबेशमा, तिरातमा, शिमातमा अनि सुचामा बस्थे। यी शास्त्रीहरू र केनी मानिसहरू हुन जो हम्मतबाट आए। हम्मत बेत-रेकाबका घरका संस्थापक थिए।
55
The families of scribes who lived at Jabez: the Tirathites, the Shimeathites, the Sucathites. These are the Kenites who came of Hammath, the father of the house of Rechab.
Choose Theme