Home Bibles जकरिया 7:6 · नेपाली बाइबल
जकरिया 7:6 · नेपाली बाइबल

जब तिमीले खायौ अनि दाखरस पियौ के त्यो मेरो निम्ति हो? होइन! यो तिमीहरूको भलाईका निम्ति हो।

Cross references

व्यवस्था 12:7

परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरूले खानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यही आशीर्वाद दिनु हुनेछ, अनि तिमीहरूले आफूले सबै काममा आनन्द भोग गर्नेछौ।

व्यवस्था 14:26

तिमीहरूले जे रूचाउँछौ त्यही किन्न त्यो पैसा खर्च गरः जस्तै-गाई, भेडा, दाखरस अथवा कुनै अन्य सामग्री। तब तिमीहरू अनि तिम्रो परिवारहरूले खाएर अनि परमप्रभु तिमीहरूको परमेश्वरसित त्यस भूमिमा आनन्द मनाऊ।

1 शमूएल 16:7

तर परमप्रभुले शमूएललाई भन्नु भयो, “एलीआब अग्लो र सुन्दर छ। तर यस्तो विचार गर्नु हुदैन। परमेश्वरले ती चीजहरू हेर्नु हुन्न हो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।”

1 इतिहास 29:22

त्यस दिन मानिसहरू अत्यन्त खुशी थिए किनभने तिनीहरूले त्यहाँ परमप्रभुका साथ खानपीन गरे।अनि तिनीहरूले दाऊदका छोरा सुलेमानलाई दोस्रो पल्ट राजा बनाए। तिनीहरूले सुलेमानलाई राजाको रूपमा नियुक्त गरे साथै सादोकलाई पनि पूजाहारीको रूपमा नियुक्त गरे। तिनीहरूले यो काम त्यस स्थानमा परमप्रभुको सामुन्ने गरे।

यर्मिया 17:9

“मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ। त्यो कहिल्यै निको नहुने हुन्छ। यसलाई कसैले बुझ्न सक्तैन।

होशे 8:13

मेरो भेटीको लागि तिनीहरूले मासु चढाउँछन् र खान्छन्, तर परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न। अब उहाँले तिनीहरूलाई तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ। तिनीहरूलाई मिश्रमा नै फर्काइँनेछ।

होशे 9:4

इस्राएलका मानिसहरूले परमप्रभुलाई अर्धको रूपमा दाखरस चढाउने छैनन्। न त उनीहरूले बलि नै चढाउँन पाउनेछन्। यो बलिदान उनीहरूको निम्ति मरेकाहरूका निम्ति शोक गर्ने रोटी जस्तै हुनेछ। त्यो खानेहरू सबै अशुद्ध हुनेछन्। परमप्रभुको मन्दिरमा उनीहरूको त्यो रोटी जान पाउँदैन। उनीहरूसंग त्यति मात्र रोटी हुन्छ जसले उनीहरू मात्र जीवित रहन सक्छन्।

1 कोरिन्थी 10:31

यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर।

1 कोरिन्थी 11:20

जब तिमीहरू सबै एकत्र हुन्छौ तिमीहरूले वास्तवमा प्रभुको भोज खाइरहेका हुँदैनौ।

1 कोरिन्थी 11:26

जब-जब तिमीहरू यो रोटी खाँद्छौ र यो कचौराबाट पिउँदछौ उहाँ नआउञ्जेल प्रभुको मृत्युको घोषणा गर्दछौ।

कलस्सी 3:17

तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिम्रो प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ।

Interlinear

Choose Theme