मैले भनें, “यो के हो?” उनले भने, “त्यो एउटा नाप्ने बाल्टी हो जो उनले बकिरहेकी छे।” उनले यसो पनि भने, “यो बाल्टी सम्पूर्ण भूमीको पापहरु नाप्न बनिएको हो।”
Cross references
अतीतमा लेवीहरूले मलाई त्यस बेला छोडिदिए जतिबेला इस्राएलीहरू मेरो विरूद्धमा गएका थिए। इस्राएलले मलाई आफ्नो मूर्तिहरू अनुसरण गर्नको लागि छोडिदियो। लेवीहरू आफ्नो पापको निम्ति दण्डित हुनेछन्।
सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्। तिमीहरुले यस देशको गरीबहरु नष्ट पार्न चाहन्छौ।
हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ, “औंसी कहिले बित्छ ता कि हामी गहुँ बेच्न सक्छौं। कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने? तब हामीले खोटो तराजुप्रयोग गरेर ठग्न सक्छौ र हाम्रा ग्राहकहरुलाई धोका दिन सक्छौ।
तिमीले आफैलाई भन्छौ, “हामीले गरीबलाई चाँदीले किन्छौं अनि दरिद्रलाई एक जोडी जुत्ताले किन्छौं। हामी सडेको गहुँ पनि बेच्छौं।”
के अझै पनि दुष्टहरुले चोरेको धन सम्पत्ति लुकाएर राखेको छ? के दुष्टहरुले अझै पनि मानिसहरुलाई टोकरीहरुले धोका दिइ रहेकोछ जुन टोकरीहरु सानो छ।
त्यसदिन म त्यो सँघारमाथि उफ्रने सबै मानिसहरूलाई दण्ड दिनेछु,अनि ती जसले तिनीहरूका स्वामीको घर झूटो अनि हिंसाले भरि दिन्छन्।”