Home Bibles ☰ Books जकरिया 14:18 · नेपाली बाइबल
जकरिया 14:18 · नेपाली बाइबल

यदि माश्रदेशका कुनै पनि परिवारका मानिस छाप्रो-बासको चाड मान्न आएन भने तिनीहरू डरलाग्दो रोगको शिकार हुनेछन्, जस्तो परमप्रभुले अरू शत्रु देशहरूलाई लगाई दिनु भएको थियो।

Cross references

लेवी 23:34

“इस्राएलका मानिसहरूलाई भनः सातौं महीनाको पन्ध्रौं दिनमा छाप्रो-बासको चाड मनाउनुपर्छ। यो चाड परमप्रभुको निम्ति सात दिनसम्म चली रहनुपर्छ।

व्यवस्था 11:10

जुन भूमि तिमीहरू लिंदैछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्थ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्थ्यो।

यशैया 60:12

कुनै कुनै जाति अथवा राष्ट्रले तिमीहरूको सेवा गर्दैनन् तर तिनीहरू नाश हुनेछन्।

यशैया 66:23

सारा मानिसहरू प्रत्येक आराधनाको दिनमा मकहाँ उपासना गर्न आउनेछन् तिनीहरू प्रत्येक विश्राम दिन र प्रत्येक महिनाको प्रथमा दिन आउनेछन्। परमप्रभु भन्नुहुन्छ।

मीका 5:8

अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै जनताको बीचमा जङ्गलका पशुहरुका बीचमा सिंह र जीव-जन्तुहरुको बिच सिंहको बच्चा जस्तै हुनेछन् जो तिनका बीचमा कुल्चँदै र तिनीहरुलाई टुक्रा पार्दै जानेछन्, र बचाउँने कोही पनि हुनेछैन।

जकरिया 14:12

तर जो कोहि जाति यरूशलेमको बिरूद्धमा युद्ध लडे, परमप्रभुले ती राष्ट्रहरूलाई दण्ड दिनुहुनेछ। उहाँले तिनीहरूलाई डरलाग्दो बिमारद्वारा आक्रमण गर्नुहुनेछ। तिनीहरू उभिरहेको बेला तिनीहरूको शरीर सड्नेछ। तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहिनेछ अनि जिब्रो तिनीहरूको मुखमा नै कुहिने छ।

जकरिया 14:15

यहूदाका मानिसहरूले यरूशलेममा युद्ध गर्नेछन्। तर तिनीहरूले शहरको चारैतिरका जातिहरूबाट धन प्राप्त गर्नेछन्। उनीहरूले एकदमै ज्यादा सुन, चाँदी अनि लुगा फाटाहरू प्राप्त गर्नेछन्।

Interlinear

Choose Theme