त्यपछि मैले अनुग्रह नामको लौरो लिएँ अनि त्यसलाई टुक्रा-टुक्रा पारिदिएँ। मैले सबै मानिसहरूसंग मेरो करार रद्द गर्न यसो गरें।
Cross references
त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक वर्षको हिसाबले तिमीहरूले चालीस वर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।
“परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो अनादर गर्छ ऊ अपमानित हुनेछ।
सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।
तपाईंले आफ्नो दाससँगको करार तोड्नुभएको छ, तपाईंले उनको मुकुट धूलोमा मिलाएर अशुद्ध तुल्याउनुभएको छ।
हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्। हामी जे काम गछौ त्यो फलदायक होस, हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।
हे परमप्रभु, तपाईंको नाउँको लागि हामीलाई तिरस्कार नगर्नुहोस्। महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्। हामीसित रहेको तपाईंको करार भंग नपार्नुहोस्।
परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग गरेर नयाँ करार स्थापित गर्नेछु।
“ती मानिसहरूले तिनीहरूको सुन्दर गहना उपयोग गरेर मूर्ति बनाए। तिनीहरूले त्यो मूर्तिमाथि घमण्ड गरे। तिनीहरूले तिनीहरूको डरलाग्दो मूर्तिहरू बनाए। तिनीहरूले अपवित्र चीजहरूको बनाए। त्यसकारण म तिनीहरूलाई अशुद्ध चीज जस्तै फ्याँकिदिनेछु।
परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो, “तिमीले आफ्नो विवाहको प्रतिज्ञा भंग गर्यौ। तिमीले हाम्रो करारको आदर गरेनौ।
इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट पार्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्।
त्यस समयमा अर्थात बैसठ्ठी हप्तापछि अभिषेक गरिएको मानिस हटाइनेछ। त्यसपछि एकजना राजकुमारको सेनाले आक्रमण गर्नेछ अनि शहरका पवित्र स्थान ध्वंश गर्नेछ। तब त्यहाँ ठूलो युद्ध हुनेछ अनि सम्पूर्ण ध्वंशको योजना बनाइनेछ।
तब परमप्रभुले भन्नुभयो, “यसको नाउँ लो-अम्मी राख्नु। किन? किनभने त्यो मेरो मानिस होइन। म तिमीहरूको परमेश्वर होइन।”