Home Bibles श्रेष्ठगीत 2:10 · नेपाली बाइबल
श्रेष्ठगीत 2:10 · नेपाली बाइबल

मेरा प्रेमीले भन्नु भयो, हे सुन्दरी, मेरी प्यारी उठ, कतै टाडा जाऊँ।

Cross references

उत्पत्ति 12:1

परमप्रभुले अब्रामलाई भन्नुभयो, “तिम्रो देश र तिम्रा मानिसहरूलाई छोड र मैले देखाएको देशमा जाऊ।

2 शमूएल 23:3

इस्राएलको परमेश्वरले भन्नु भयो। इस्राएलको चटानले मलाई भन्नुभयो, “जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ, जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ,

भजनसंग्रह 45:10

हे मेरी स्त्री, मेरा कुरा सुन। ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ। आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।

भजनसंग्रह 85:8

उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाए। परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ। यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने उनीहरूले शान्ति पाउने छन्।

श्रेष्ठगीत 2:8

मेरो प्रेमीकाको स्वर सुन! लौ हेर, उहाँ आउँनु हुँदैंछ, पहाडहरूमा उफ्रँदै अनि डाँडाहरूमा दगुर्दै।

श्रेष्ठगीत 2:13

नेभाराका चिचिलाहरू लाग्न थाल्यो, दाखका फूलहरूबाट वासना फैलिन थाल्यो। मेरी प्रियतमा उठ, हे मेरी सुन्दरी हिंड कतै टाढा जाऊँ।

श्रेष्ठगीत 4:7

मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ, तिमीमा कुनै प्रकारको दाग छैन।

श्रेष्ठगीत 5:2

म मस्त सुतें, तर मेरो हृदय जाग्रित थियो। मैले मेरा प्रेमीले ढोका ढक्ढकाइरहेको सुन्छु। ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर, मेरी प्रियतमा, पुर्णता मेरो शीर शीतले भिजेकोछ, मेरो केश मध्य रातले भिजाएकोछ।

यर्मिया 31:3

टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नु हुन्छ। परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु।

मत्ती 4:19

येशूले भन्नुभयो, “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु।’

मत्ती 9:9

जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेटनु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे।

2 कोरिन्थी 6:17

“यसैले ती मानिसहरूबाट निस्केर आऊ आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ, केही नछोऊ जो असुद्ध छ अनि म तिमीरूलाई स्वीकार गर्नेछु।”

2 कोरिन्थी 11:2

मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु।

प्रकाश 19:7

हामी खुशी मनाऔं अनि खुशी होऔं अनि परमेश्वरलाई महिमा प्रदान गरौं! परमेश्वरको थुमाको विवाहको आएकोछ। अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।

प्रकाश 22:17

आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्।

Interlinear

Choose Theme