Home Bibles रूथ 2:1 · नेपाली बाइबल
रूथ 2:1 · नेपाली बाइबल

बेतलेहेममा एकजना धनी मानिस थिए। तिनको नाउँ बोअज थियो। बोआज नाओमीका एलीमेकका परिवारका नजिकका आफन्तहरू मध्ये एक थिए।

Cross references

व्यवस्था 8:17

यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’

न्यायकर्ता 12:8

यिप्तह पछि इब्सान नाउँका मानिस इस्राएलका मानिसहरूका न्यायकर्त्ता थिए। इब्सान बेतलेहेम शहरका थिए।

रूथ 1:2

त्यो मानिसको नाउँ एलीमेलेक थियो अनि त्यो मानिसको पत्नीको नाउँ नाओमी थियो अनि दुइ छोराहरूको नाउँ महलोन र किल्योन थियो। यी मानिसहरू यहूदाको बेतलेहेमका, ओप्राती परिवारका थिए। त्यो परिवार मोआबको खेतहरूमा यात्रा गरे अनि त्यहीं बसोबास गरे।

रूथ 3:2

सम्भवत बोअज नै सही व्यक्ती हुन सक्छन्। बोअज हाम्रो नजिकको आफन्त हुन। तिमीले उसका स्त्री सेविकाहरूका साथ काम गर्यौ। आज राती उनी खलामा काम गरिरहेका हुनेछन्।

रूथ 3:12

अनि यो सत्य हो। म एक नजिकको आफन्त हुँ। तर एकजना मान्छे छ जो तिमीसित म भन्दा नजिकको आफन्त हो।

रूथ 4:21

सलमोन बोअजका पिता थिए। बोअज ओबेदका पिता थिए।

2 राजा 15:20

मनहेमले सबै धनी र शक्तिशाली मानिसहरूलाई कर दिन लगाएर धन संग्रह गरे। मनहेमले प्रत्येक मानिसबाट पचास शेकेल चाँदी कर लिए। त्यसपछि मनहेमले अश्शूरका राजालाई धन दिए। यस प्रकार अश्शूर त्यहाँबाट गए अनि इस्राएलमा बसेनन्।

1 इतिहास 2:10

राम अम्मीनादाबका पिता थिए, अम्मीनादाब नहशोनका पिता थिए। नहशोन यहूदामा अगुवा थिए।

अय्यूब 1:3

अय्यूबको आफ्नै 7,000 भेडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए।

अय्यूब 31:25

म धनी थिएँ तर धनले मेरो घमण्ड बढाएन। मैले प्रशस्त धन कमाएँ तर त्यसले मलाई सुखी बनाएन।

मत्ती 1:5

सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।) बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिईन्)। ओबेद यस्सीका पिता थिए।

लूका 3:32

दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए।

Interlinear

Choose Theme