यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोराछोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारामा अब्राहामका खास छोराछोरीहरू ती हुन् जो परमेश्वरका छोराछोरीहरू भए।
Cross references
उनले हामीलाई तिमीकहाँ बेचिदिए। अनि त्यो बाहेक उनले पैसाको प्रत्येक भाग खर्च गरे जो हाम्रो कारण पाएका थिए।
अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्। मानिसहरूले सदा सर्वदा उहाँको विषयमा भन्ने छन्।
परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ। तिनीहरू कहाँ, कहाँ जन्मेका हुन् भन्ने कुरा परमेश्वरले जान्नु हुन्छ।
ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।
परमेश्वरले स्वीकार गर्नुभयो भनेर देखाउनाका लागि अब्राहामले पछि खतना गरे। परमेश्वरले स्वीकार गरेको देखाउनका लागि उनले आफ्नो खतना परमेश्वरको अगाडी विश्वास गरेको प्रमाणित गरे। यसैले अब्राहाम सबैका पिता हुन जसलाई खतना नगरेकाहरूले पनि विश्वास गर्दछन्। जसले विश्वास गर्दछ उसलाई पनि धर्मीको रूपमा ग्रहण गरिने छ।
परमेश्वरका साँचो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्।
यसकारण अब विश्वासद्वारा ख्रीष्टमा तिमीहरू परमेश्वरका बालकहरू हौ।
धर्मशास्त्रले भन्छ, अब्राहामाका दुइ छोराहरू थिए। तिनीहरू मध्ये एउटाकी आमा कमारी थिई र अर्को चाँहिकी आमा मुक्त स्त्री थिई।
हामीलाई पिताले यति विघ्न प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको बालकहरु भनिनु योग्यका छौं। अनि वास्तवमा हामी परमेश्वरका बालकहरु हौं। तर संसारका मानिसहरु यो बुइदैनन् कि हामीहरु परमेश्वरका बालकहरु हौं, किनभने तिनीहरुले उहाँलाई चिनेका छैनन्।