तर दुईजना छोराहरू जन्मनू भन्दा अघाडी परमेश्वरले रिबेकालाई भन्नुभयो, “ठूलो छोराले सानालाई सेवा गर्नेछ।”केटाहरू जन्मनु भन्दा र तिनीहरूले राम्रो वा नराम्रो कुनै काम गर्न भन्दा अगाडी यसो भनिएको थियो। आफूले चुनेको केटो आफ्नो योजनाकै आधारमा होस् भन्नालाई परमेश्वरले यसो भन्नुभएको थियो।
Cross references
पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन् अनि म पापमा नै जन्मेको थिएँ।
सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो। र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ।
त्यस्तो योजना मैले मेरो मानिसहरूका लागि बनाएकोछु। अनि सारा जातिहरूलाई दण्ड दिनका लागि म आफ्ना शक्ति प्रयोग गर्नेछु।”
उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ। उहाँले तिनीहरूलाई महत्व नदिने निर्णय गर्नु भयो।
“शुरूमा मैले जो कुराहरू भने ती अन्तमा हुनेछन्। धेरै वर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु।
जब बाबेललाई जुन शून्य उजाड भूमि बनाउन परमप्रभुको काम धर्ती थर-थराउनेछ अनि बेदनामा परे झैं माडिनेछ।
धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मैले तिमीलाई सबै जातिका पिता बनाएँ”यो परमेश्वर समक्ष सत्य छ। अब्राहामले परमेश्वरमा विश्वास गरे जसले मृतहरूलाई जीवन दिनुहुन्छ र जुन कुराहरू अहिलेसम्म भएको छैन त्यसको निर्णय दिनुहुन्छ।
हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।
यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्।
ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो।
आफ्ना गुप्त योजना हामीलाई जनाउँनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्ने योजना गर्नुभयो।
गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ।
तिमीहरू आफ्नो काम-कुराले बाँचेका हुँदै होइनौ। यसैले कसैले यसको गर्व गर्न सक्दैनौं।
युगौं अघि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो।
दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो।