यदि हामी ख्रीष्टसँगै मरेका छौं भने, हामी जान्दछौं कि हामी पनि उहाँसँगै बाँच्ने छौं।
Cross references
केही समय पछि बाटै मलाई संसारमा मान्छेहरूले फेरि देख्नेछैन। तर तिमीहरूले मलाई देख्नेछौं। तिमीहरू बाँच्नेछौं किनभने म बाँच्छु।
के तिमीहरूले भुल्यौ, जब हामी बप्तिस्मा भयौं तबदेखि नै हामी येशू ख्रीष्टका एक अंश बन्यौं? हामीले बप्तिस्मा लियौं, हामी उहाँको मृत्युमा भागीदार बन्यौं।
येशूको मृत्यु हाम्रै शरीरमा छ। हामी यो प्रत्येक ठाउँ मृत्यु लिई हिंड्छौं जसमा कि येशूको जीवन हाम्रा शरीरमा पनि देख्न सकियोस्।
यो साँचो हो कि ख्रीष्ट दुर्बल हुनु हुन्थ्यो। जति बेला क्रूसमा टाँगिए। तर यस घरीष्ठ्व उहाँ परमेश्वरको शक्तिले जीवित हुनु हुन्छ। अनि यो पनि साँचो हो कि हामी ख्रीष्टमा दुर्बल छौं। तर तिमीहरूकालागि परमेश्वरको शक्तिले हामी ख्रीष्टसित रहनेछौं।
तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमश्वरमा ख्रीष्टसित छ।
हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ।
यो एक साँचो शिक्षा होःयदि हामी उहाँसित मरेका भए, तब हामी पनि उहाँसितै जिउने थियौं।