Home Bibles रोमी 2:28 · नेपाली बाइबल
रोमी 2:28 · नेपाली बाइबल

यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने उ साँचो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन।

Cross references

भजनसंग्रह 73:1

साँच्चै नै इस्राएल को निम्ति परमेश्वर राम्रो हुनुहुन्छ। परमेश्वर ती मानिसहरूका निम्ति राम्रो हुनुहुन्छ जसको हृदय शुद्ध छ।

यशैया 1:9

यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा ध्वंस्त भएका छैनौं।

यशैया 48:1

परमप्रभु भन्नुहुन्छ, “हे याकूबका परिवार हो मलाई ध्यान दिएर सुन्। तिमीहरू आफैले आफूलाई इस्राएल भन्यौ। तिमीहरू यहूदाको वंशहरू हौं। तिमीले वचन राख्नलाई परमप्रभुको नाउँ चलायौ, तिमीले इस्राएलको परमेश्वरको स्तुति गान गर्यौ। तर तिमी धार्मिक र निष्कपट थिएनौ जब तिमीले ती कुराहरू गर्यौ।”

यर्मिया 9:26

म ती मानिसहरूका बारेमा भनिरहेछु जो मिश्र देश, यहूदा, एदोम, अम्मोन, मोआबका बसिन्दा हुन अनि तिनीहरू सबै जो जंगलमा बस्छन्। ती सारा देशहरूमा बस्ने मानिसहरू वास्तवमा खतना गरिएको थिएन अनि इस्राएलबाट आउने मानिसहरूका खतना तिमीहरूको हृदयमा गरिएको थिएन।”

होशे 1:6

तब फेरि गोमेर गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “छोरीको नाउँ लो-रूहाम” राख्नु। किन? किनभने म अब इस्राएलको जाति प्रति दया देखाउने छैन। न त म तिनीहरूलाई क्षमा नै प्रदान गर्नेछु।

मत्ती 3:9

अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी दुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ।

यूहन्ना 1:47

येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”

यूहन्ना 8:37

म जान्दछु तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न चाहन्छौ। किनभने तिमीहरू मेरो वचन स्वीकार गर्न चाहँदैनौ।

रोमी 2:17

तिमी को हौ? तिमी आफैले आफूलाई यहूदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ।

रोमी 4:10

यो कसरी हुन गयो? के परमेश्वरले अब्राहामलाई उनले खतना गर्न अगाडी अथवा खतना गरे पछाडी स्वीकार गर्नुभयो? परमेश्वरले उनलाई खतना गर्न अगाडी स्वीकार गर्नु भएको थियो।

रोमी 9:6

हो, म यहूदीहरूको लागि दुःख अनुभव गर्छु। म भन्दिनँ कि परमेश्वर उनीहरूको लागि आफ्नो प्रतिज्ञा राख्नमा चुक्नु भयो। तर इस्राएलका कतिपय मानिसहरू मात्र परमेश्वरका साँचो मानिस छन्।

गलाती 6:15

खतना गर्नु कि न गर्नु त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु।

1 पत्रुस 3:21

त्यो पानी बप्तिस्मा जस्तै थियो जसले आहिले तिमीहरुलाई बचाउँछ। बप्तिस्मा शरीरको मैला धुने होइन। बप्तिस्मामा हामी परमेश्वरसित पवित्र ह्रदयको निम्ति याचना गरिरहेकाछौं। यसले तिमीहरुलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो।

प्रकाश 2:9

मलाई तिमीहरुको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरु निर्धन छौ। तर वास्तवमा तिमीहरु धनवान् छौ। कोही मानिसहरुले तिमीहरुको विरोधमा भनेको नराम्रा कुराहरु मलाई थाहा छ। तितीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरु साँचो यहूदीहरु होइनन्। तिनीहरु शैतानको सभा-घर हुन्।

Interlinear

Choose Theme