प्रार्थना गर कि म यहूदियाका अविश्वासीहरूबाट जोगिन सकूँ। मैले उनीहरूका निम्ति लगेको सहयोगलाई यरूशलेममा परमेश्वरका मानिसहरूले सर्हष स्वीकार गरून् भनेर पनि प्रार्थना गरिदेऊ।
Cross references
यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए।
तब सेनापतिले सिपाहीहरूलाई भने पावललाई सैन्य भवनमा लैजाऊ। उनले सिपाहीहरूलाई कुटपीट गरेर तिनलाई जाँच गर्ने आदेश दिए। यसो गर्दा कतै मानिसहरू किन यसरी तिनको विरोधमा कराईरहेछन् जान्न सकिने तिनी आशा गर्दैं थिए।
अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतिज्ञा गरे।
पाँचदिन पछि हनानिया सिजरिया गए। उनी प्रधान पूजाहारी थिए। उनले कतिपय बुढा यहूदी अगुवाहरू र तर्तुल्लस नाउँका वकीललाई आफ्नो साथमा ल्याए। तिनीहरू राज्यपालकको सामु पावलको विरुद्ध मुद्दा उठाउन सिजरिया गए।
मुख्य पूजाहारीहरू र अति मुख्य यहूदी अगुवाहरूले पावलको विरुद्ध तिनीहरूको मुद्दा पेश गरे।
फेस्तसले भने, “राजा अग्रिपा र तिमीहरू सबैजना हामीसंग भेला भएका छौ, यस मानिसलाई हेर। यहाँ भएका सबैजना यहूदीहरू र यरूशलेममा भएका यहूदीहरूले यस मानिसको विरुद्ध गुनासो पोखेका छन् र कराए कि उसको बाँच्ने अधिकार छैन।
अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु।
तर तिनीहरूले हामीलाई घरिघरि सोध्थे परमेश्वरका मानिसहरूको यस सेवामा भागीदार बन्न पाऊँ भनेर हामीलाई विन्ती गर्थे।
परमेश्वरका मानिसहरूलाई गरिने सहायताको विषयमा मैले तिमीहरूलाई लेख्नु पर्दैन।
ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्।
अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्।
तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घटनाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो।
तर प्रभु मेरो साथ हुनुहुन्थ्यो। उहाँले मलाई शक्तिवान तुल्याउनु भयो जसद्वारा मैले अयहूदीहरूलाई सुसमाचार व्याख्या गर्न सकें। प्रभु चाहनुहुन्थ्यो कि सबै अयहूदीहरूले सुसमाचार सुन्नु पर्छ। म सिंहको मुखबाट उम्किएँ।